मेरो एउटा साथी

                मैले जिन्दगीमा धेरै साथी बनाए तर धेरै साथीहरु मध्ये थोरैसँग मात्र मेरो राम्रो सम्बन्ध छ । यस मध्ये रिया एक साथी हुन् जसलाई मैले धेरै माया गर्थै र असल मित्र मान्थे । आजसम्म म उसलाई सम्झने गरेको छु तर विशेष गरि आज रियाको सम्झना  आउनुको कारण थियो उसको जन्मदिन । आज ऊ मसँग छैनन् तर उसको यादहरु मसँग छन् । उसको यादहरुलाई मैले समालेर राखेको छु ।
एक वर्ष अगाडि
               मैले उसलाई भेटेको एक वर्षभन्दा धेरै भएको थिएन । मैले उसलाई ४ जून २०१४ मा भेटेको थिए । मैले जिम भर्ना गरेको एक महिमा पछि उनी आएकी थिइन् । सुरुमा केही कुरा भएन । सुरुमा मात्र होइन दुई तीनसम्म कुरा भएको थिएन तर हामी कसरी मिल्ने साथी भयौ आफैलाई थाहा छैन ।
             हामी एक हप्तापछि राम्रोसँग गुलमिल गर्न थालिसकेका थियौै । म उसलाई हरेक क्षण र पलहरु व्यक्त गर्थै । म उसलाई भरोसा गर्थै । म उसँग रमाउँथे । तर उनीको सबै बानी राम्रो हुदाँहुदै रियाको एउटा नराम्रो बानी थियो र त्यो बानी थियो छिटै रिसाउने । केही भनेमा रिसाइ हाल्ने । उसँग बोल्दा ऊ कति बेला रिसाउँछिन् भनि सोच विचार गरि बोल्नुपर्थाै । तर जति रिसाए पनि ऊ एक्कै छिनमा खुशी हुन्थिन् ।
           एक महिनापछि रियाको प्रेमी पनि जिममा आउन थालेका थिए र मसँग परिचय  गराएकी थिइन् र हामी तीन जना मिल्ने साथी भइसकेका थियौ । हामी प्राय जसोसँगै हुन्थौ । चाहे फिल्म हेर्नै होस् या घुम्न होस् वा किलमेल हामी प्राय साथ साथ हुन्थौ ।
       हामी आफ्नै संसारमा रमाउदै थियौ तर एक दिनको कुरा हो रिया अचम्मको व्यवहार देखाइन् । किन यस्तो गरेकी हुन् हामीलाई नै थाहा छैन । उसलाई कसले के भयो कुनि, ऊ एकासि हामीमा पोखिन । ऊ हामीसँग झगडा गर्न थालिन् ।

एक हप्ता पछि
      रिया आफ्नो कोठामा पुगिन् । कोठा अँध्यारो थियो । उनीले बती बालिन् र छक्क परिन् । हामी सबै उसलाई जन्मदिन व्यक्त गर्दै र तालि बजाउँदै अगाडि आयौ । उनी खुशी भइन् । हामीले उसको कोठा सजाइदिएका थियौ । उनीलाई हामीले थिएको सप्राइज राम्रो लागेको थियो र केक काटिन् । यो दिन उनी खुशी थिइन् तर कही दुखी पनि । उनी सधै जस्तो खुलेर हासिरहेकी थिइनन् । मैले उसलाई सोधेको पनि थिए तर उनले केही बताइनन् । उसलाई केही त भएको थियो ।
     उसको मुड बिस्तारै बिग्रदै गएको थियो । एकै छिनमा उनी रिसाउँने गर्थिन् । यो क्रम बढ्दै गएको थियो । किन यस्तो गरेकी हुन् थाहा थिएन । हामी उसलाई सोधौ किन उनीको रिस बढ्दै गएको भनेर तर उनी केही बोल्दिन थिइन् ।
     एक दिन हामी तीन जनाहरु एलिना क्याफे गएका थियौ र खानाको अर्डर गरेका थियौ । हामीले प्राय रियाको मनपर्नै खानाहरु अर्डर गरेका थियौ । उनी यस दिन धेरै पिउदै थिइन् र हामीले धेरै रोक्न खोजौ तर उनी पिउँदै गईन् । यो दिन उनीसँग नराम्रोसँग झगडा भयो र यो दिन जस्तो कहिले नआओस् जस्तो भयो ।
बेलुकीको ९ः३० बजेको थियो र उनी धेरै पिएकी थिइन् । आफूलाई समाल्न नसक्ने गरि पिएकी थिइन् । हामीले उसलाई बाहिर निकालौ । बाहिर  निकालौ तर उनी झगडा गर्नै थालिन् ।
    “तिमीहरु दुई बिच प्रेम छ । आयुस तिमीले मलाई धोका दिएको?तिमी जस्तो धोकेबाज प्रेमी मैले आजसम्म देखेको थिइन । मैले तिमीलाई माया गर्थै तर तिमीले मेरो माया बुझेनौ । ममा के कमी थियो र तिमी पवित्रसँग गयौ । तिमीले मलाई किन छाडेको?” उनी रुदै हामीसँग झगडा गरिन् ।
     हामी उनीलाई धेरै रोक्न कोसिस गयौ तर सकिनौ । यदी क्रममा उनी बेहोस भईन्। हामीले उसलाई घर लेर गयौ । हामी अचम्ममा परेका थियौ । उनीले हामीलाई सन्देह गरिन् जब हामी बिच केही थिएन । हामीलाई नै थाहा थिएन उनीलाई के भएको थियो ।
     हामी उनी घरमा नभएको बेला गयौ । उनी घरमा खोज तलास गयौ तर हामीले केही भेटेनौ । जब हामी निस्कने बेला भएको थियो तब मैले खाटमुनि सुटकेस देखे र त्यस सुटकेस खोले । त्यस सुटकेसमा फाइलहरु थियो । हामी छक्क पयौ ।
“फाइल”, आयुसले भयो ।
“यो फाइल किन लुकाएर राखेको होला ।” मैले भने ।
“रियाले सुटकेस कहिले यसरी लुकाएर राख्दैन थियो तर ‘। ।”आयुसले भने ।
“हो त ।”
“फाइलमा के छ त त्यस्तो ?”
      हामीले फाइल हेयौ । हेरेर हामी छक्क पयौ । उसले हामीलाई यस्तो कुरा लुकाएको । उनीले हामी किन भनेन । हाम्रा आँखामा आँसु थिए । यी फाइलहरु अस्पतालको थियो । रियालाई बे्रइन् ट्युमरको अन्तिम चरणमा थिइन् तर रियाले यो कुरा सबैसँग लुकाएकी थिइन् । उनीसँग केही समय मात्र बाँकी थियो । अघिले आएर थाहा पायौ कि उनी हामीसँग किन झगडा गरेकी र रिसाएकी थिइन्।
     “हामीले रियालाई यो कुरा थाहा पाएको भन्नु हुन्न । हामी उनीलाई हरेक क्षण खुशी दिनुपर्छ । हामीले उनीलाई दुःख दिनुको साटो हाँसो दिनुपर्छ । आयुस के तिमी रियासँग बिहे गछौ ?”
     आयुस रुदै थिए र उसले हुन्छ  भने । “हामीले जसलाई माया गछौ ऊ किन हामीलाई छोडेर जान्छन् । हामीसँग किन सधैको लागि बस्दैनन् । म त रियालाई धेरै माया गर्र्र्थै तर उनीलाई मदेखि किन टाढा लान्न खोजेको ?भगवान् किन यस्तो निस्ठूरी ?” ऊ रुँदै मलाई अँगालो ।
     हामीले रियालाई नभेटेको दुई हप्ता भइसकेको थियो । दुई हप्तापछि मैले उसको घरमा फोन गरे । घरको फोन नउठेकाले म उसको घर गए र घरमा कोही थिएन । मैले आयुसलाई फोन गरे । आयुसको फोन आएपछि म ऊँ हस्पिलतमा पुगे । रियाको परिवार र आयुस हस्पितलमा थिए । रियाको बारेमा सोधे र उनीको स्थिति नाजूक थियो ।
     म र आयुस रियालाई भेट्न आइ सि युमा गयौ । उनी सुतिरहेकी थिइन् । आयुस रियाको नजिक गयो र छेउमा बस्यो । उसको अाँखामा अाँसु थिए । मैले उसलाई कहिले भावुक भएको देखेको थिइन । उसको अाँसु रियाको हातमा परे र रियाले आँखा खोलिन् । रियाले आयुसलाई देखिन् र म पनि उसको  नजिक गए । उनी हामीलाई देखेर खुशीको साथ साथै दुखी पनि थिइन् । उनीको आँखाबाट अाँसु झरे ।
     आयुसले भने,“तिमीले हामीलाई किन केही नभनेको? सबै आफै सहेको? हामीलाई आफ्नो दुःख किन नभनेको?”
    “म आफ्नो दुःख  बाट्न चाहन्नथे । म तिमी दुई जना आफ्नो रोगको बारे भनेको भए तिमीहरुलाई तनावग्रस्त अवस्थामा हेर्नै सक्दिन थिए । अनि कसरी मैले तिमीहरुलाई आफ्नो दुःख व्यक्त गर्नसक्थे ।”
   “तिमीले एक पटक भनेको भए हुन्थो ।”
    “कसरी भन्नु?”
     म पनि रुँदै थिए । उनीले मलाई हेरिन् । “पवित्र, तिमी नरोऊ । तिमी त मेरो मिल्ने साथी । मेरो खुशीको लागि भए पनि नरोऊ ।”
    “तिमीले हामीसँग किन झगडा गरेको र किन हामीसँग रिसाएको?”
    “तिमीहरुलाई एउटा कुरा भन्नु छ ।”
    “के कुरा हो?”
     “कृपया नाई नभन्नू ल ।”
     “पहिला कुरा त भन ।”
     “नाई भन्न पाइन्न ।”
     “हुन्छ ।” हामी दुवै जनाले भनौ ।
     “मेरो खुशीको लागि तिमीहरु एक अर्काैसँग बिहे गर ।”
      “के?”हामी दुवै जना छक्क पर्यौ र एक अर्कौलाई हेर्रौ ।
      “म तिमी बाहेक अरुसँग बिहे गर्दिन । ”
       “रिया, म तिम्रो खुशीको लागि सब थोक गर्छैु तर आयुससँग बिहे गर्दिन ।”
       उनी हामीलाई मनाउँदै थिइन र हामी उनीलाई । बोल्दा बोल्दै उनी सिकिन्त भईन् र मैले डाक्टरलाई बोलाए । डाक्टर आफ्नो काम गर्नै क्रममा रियाको मृत्यु भयो ।

आजको समय
        पानी परिरहेको थियो र हामी दुवै जना पानी परेको हेरिरहेका थियौ । आयुस र मैले रियाको खुशीको लागि बिहे गयौ । मलाई गुनासो छैन कि आयुसले मलाई माया गरुन् वा नगरुन् । उसले केबल रियालाई माया गर्थै र अहिले पनि गर्छैन् । आयुस रियाकै यादमा डुबेको हुन्छ । हामीले एक अर्काैसँग बिहे रियाको आत्मालाई शान्तिको लागि गरेका थियौ । केबल रियाको लागि ।

Comments

Popular Posts