सत्य घटना र किताबहरु

किताबहरु म धेरै पढ्छु । पहिला हल्ला कुराहरु पढ्न राम्रो लाग्थ्यो तर समय बित्दै गएपछि मलाई सत्य घटनामा आधारित कथाहरु मन पर्छ । त्यसमा पनि क्राइम भएको कथाहरु मनपर्छ । त्यस्तो मन पर्नुको कारण मानिसहरु कस्ता छन् भन्ने हुन्छ र क्राइम कसरी हुन्छ भन्ने थाहा हुन्छ । जस्तैः— आत्मकथाहरु भन्दा धेरै कथाहरु थाहा हुन्नछ । उनीहरुको अनुभवहरु र दुःखको बारे थाहा हुन्छ । त्यसो साथ साथै सङ्घर्षको बारेमा थाहा हुन्छ । त्यसको साथ साथै सत्य घटनामा आधारित क्राइमहरु पढ्दा रमाइलो लाग्छ र अब के हुन्छ, कसो हुन्छ, कहाँ के भयो आदिको प्रश्नहरुको उत्तर पाइन्छ । सत्य कथाहरु पढ्दा आफ्नै हो जस्तो लाग्छ । लाग्छ कि आफ्नै लागि लेखेको हो । सत्य कथाहरु पढ्दा मानिसहरुलाई सचेत गराउछ । 

त्यसको साथ साथै म उपन्यास धेरै पढ्ने मानिसमा पर्छु । उपन्यास पढ्दा म धेरै हराउछु । हरेक सिनमा हराउछु । पढ्दा पढ्दै म परिकल्पनामा पुग्छु । त्यसको साथ साथै यो कथा यस्तो भए हुन्थ्यो भन्ने लाग्छ । म भएको भए यस्तो लेख्थे भन्ने आउँछ । यी बाहेक उपन्यास पढ्दा भाषाको ज्ञान हुन्छ । शब्दहरु सिकिन्छ । कसरी लेखेको रहेछ भन्ने थाहा हुन्छ । पढ्दा थाहा हुन्छ कि आफू कहाँ छु, कुन स्तरमा छु भन्ने थाहा हुन्छ । पढ्दै गरेपछि शब्दहरु र वाक्य कसरी लेख्ने थाहा हुन्छ । 

त्यसको साथ साथै पढ्दै गएपछि मेरो दिमागमा धेरै कथाहरु खेल्न थाल्छन्, धेरै विषयहरुमा कथाहरु धुमिरहन्छ । पढ्दै गर्दा समाजलाई बुझ्न पाउँछु । नेपालको मात्र नभएर संसारनै बुझ्ने  मौका पाउँछु । धेरै पढ्दा मन र दिमाग शान्त पनि हुन्छ । 

Comments

Popular Posts