पिडा

मान्छेहरुमा कति पिडा हुन्छ । कसैले देखाउँछन् र कसैले देखाउदैनन् । कोही व्यत्तिहरुले हाँसेर पिडा पिएका हुन्छन् । धेरै सहनशील हुन्छन् । लाग्छ कि उनीहरुले आफ्नो पिडाहरु कसरी सहन सकेको । आफू भएको भए सहन सक्थे कि सक्दिन भन्ने हुन्थ्यो । अरु हाँसेको र मुस्कुराएको देखेपछि लाग्छ उनीलाई केही पिडा नै छैन र समस्या नै छैन । आफूलाई मात्र पिडा र समस्या छ । अरु कसैलाई पिडा नै छैन । 

सबैलाई आ—आफ्नो पिडाहरु छन् र आफ्नो पिडाहरु जति ठूलो अरु केही छैन । सबैभन्दा पिडा माया गरेर दिल तोडिको मान्छेहरुलाई लाग्छ र सबेभन्दा एक तर्फी माया गर्ने व्यक्ति । एक तर्फी माया गर्ने व्यक्ति न त अगाडि जान सक्कछ न त पछाडि । बेक अफ्र पछिको अर्के समस्या हुन्छ । अरुलाई माया नै सक्दैन न त आफ्नो अतित बिर्सेन सक्छ । त्यसैले होला गीत/संगीत प्रायः प्रेम र मायामा बनाइएको हो । गीत/संगीत मात्र नभएर चलचित्र पनि प्रेम र मायामा नै बनाइन्छ । 

सबभन्दा पिडा मलाई सम्बन्ध र माया नै लाग्छ , कोही सम्बन्धमा बसिसकेपछि र तोडिएपछि त्यसको औषधी हुँदैन । समयले सबै धाउ ठीक गर्छ भन्छन् तर प्रायः त्यो नहुन पनि सक्छ ।  


Comments

Popular Posts