रेडियो
आज अचानक रेडियोको कुरा दिमागमा आयो । आजभन्दा दु्ई दिन अगाडिदेखि रेडियोको कुरा दिमागमा आयो । धेरै समयपछि रेडियो सुन्दै छु । मैले रेडियो एसएलीदेखि स्नातक डिग्रीसम्म धेरै सुन्थे तर धेरै अन्तराल पछि सुन्दै छु । मलाई टि.भीभन्दा रेडियो नै मनपर्छ । सायद पहिलेदेखि नै सुन्ने भएकोले होला रेडियो नै मनपर्छ । आफ्नो काम गर्दा होस् वा पढ्दा होस् रेडियो नै चाहन्थ्यिो । अहिले कहिले काही सुन्छु । सुन्दा रमाइलो लाग्छ र टि.भी जस्तो ध्यान दिनु पर्दैन ।





पहिला मानिसहरु रेडियोमा बोल्दा आफूलाई पनि बोल्न मन लाग्थ्यो । जस्तैः—महिमा भट्टराई, चिराग, रिदम ब्रदर्स, रेमन दास श्रेष्ठ, कला सुब्बा आदिले बोल्दा राम्रो लाग्थ्यो र उनीहरु जस्तै बोल्न मन लाग्थ्यो । हिट्स एफएम, कान्तिपुर एफएम आदि सुन्थे र पछि गोपी एफएम सुनन थाले । सध्या थापा र चादँनी श्रेष्ठको आवाज राम्रो लाग्थ्यो । अहिलेसम्म उहाँहरु आवाज कानमा गुन्जिछ । पहिला आवाज सुन्दा कस्ता होलान् भन्ने हुन्थ्यो । उनीहरुसँग भेट्न पाए हुन्थ्यो र काम गर्न पाए हुन्थ्यो जस्तो लाथ्ग्यो । अहिले पनि रेडियोसँग मेरो मोह छ । त्यसभन्दा पनि चिठ्ठीहरु लेखेर पठाउथे तर कहिले प्रसारण भएनन् । फोन धेरै गर्थे तर कहिले लाग्दैन थियो । अहिले सम्झना रमाइलो लाग्छ ।
Nice to know that
ReplyDeleteWelcome
ReplyDelete