साँच्चो माया बार बार आउँदैन
विकी फूलको गुच्छा लिएर दिपिकाको अगाडि उभिन्छन् र भन्छन्,“मलाई माफ गर । मलाई थाहा छ कि तिमी मलाई धेरै माया गछौ तर तिमीभन्दा म तिमीलाई धेरै माया गर्छु । तिम्रो खुशी को लागि म जे गर्न पनि तयार छु ।”
“सरी, विकी । मैले तिमीलाई धेरै मौका दिएको थिए तर तिमी परिवर्तन हुन सकेनौ । म अब केही गर्न सक्दिन । मैले तिमीलाई धेरै माया गरेको थिए तर तिमीले मेरो मायालाई कर्दर गर्न सकेनौ । हाम्रो सम्बन्ध सधैको लागि समाप्त भइसक्यो ।” दिपिकाले भनिन् र ए—वान क्याफेबाट निस्किन् ।
विकि दिपिका गएको हेरिरहे र रुन थाले । उनको साथीले सम्झाएर क्याफेबाट निस्के । बिच बाटोमा ओलिन्छन् र धेरै रुन थाल्छन् । आफूलाई ह्यान्डल गर्न सकेका थिएनन् ।
दिपिकाले छोडेपछि उनमा धेरै परिवर्तन आएको थियो । विकी आफ्नै संसारमा हराउन थालेका थिए । आमाले विकीलाई निहालेर हेर्दै थिइन् । उनको नजिक गएर आमाले भन्नुभयो,“तिमी कति दिनसम्म यस्तै बस्ने हो ? दिपिकालाई बिर्सिदेऊ । बाहिर निस्क । तिमी आफूलाई हेर । तिमीले त मुस्कुराउन पनि छोडेका छौ । मलाई पहिलाको विकि चाहिएको छ ।”
“मेरो कारणले दिपिकाले छोडेकी हुन् । मैले उनीलाई कहिले समय दिइन । उनीले मलाई धेरै माया गर्थिन् तर मैले न त उनीलाई इज्जत दिए न त उनीको मायालाई । मैले उनीलाई कहिले बुझिन त्यसैले उनीले मलाई छोडेर गएकी हुन् । अब उनी छैन र माया के हो बुझ्न थाले ।” उनीको आँखा रसाउन थाल्यो ।
दुई वर्षको अगाडिको कुरा हो । दिपिका र विकिको भेट दिपिकाको मिल्ने साथीको विवाहको पार्टीमा भएको थियो र दुवै जना भेट हुन थालेको थियो र विकिले दिपिकालाई प्रेम प्रस्ताव राखेका थिए ।
विकि र दिपिकाको काम गर्ने ठाउँ फरक हुनुको साथ साथै दुवै जनाको नेचर पनि फरक थियो । विकिले कहिले पनि दिपिकालाई समय दिएनन् । हर पल यस विषयमा झगडा हुन्थ्यो ।
शनिबारको दिन थियो र समय भएको थियो बिहानको १०ः३० । दुवै जना क्याफेमा थिए तर विकि हरपल फोनमा थिए । दिपिकाले विकिलाई फोनको सट्टा उनीसँग कुरा गर्न आग्रह गरिन् र यस विषयमा झगडा हुन थाल्छ ।
२० फेब्रुअरी, २०१२ को दिन । उनीले विकिलाई मलमा कुर्दै थिइन् । केही समयपछि विकि आउँछन् र विकि आएपछि दिपिकाले भनिन्,“तिमी किन ढिला आएको ?”
“म व्यस्त थिए ।”
“मेरो लागि समय छैन ।”
“अफिसमा मेरो कामहरु हुन्छन् । खासमा तिमी मसँग भेट्न चाहने, म होइन ।”
दिपिकाको आँखाबाट आँसु थिए । विकिको छेऊमा गइन् र भनिन्, “जन्मदिनको शुभकामना ।” अनि मलबाट निस्किछिन् । झगडा हर पल हुन थालेको थियो । जति भेट हुन्थ्यो त्यति नै झगडा । दिपिकाले फोन गर्थिन् र विकिले कहिले फोन गर्दैन थिए ।
डेढ वर्ष झगडा गर्दै बितेको थियो । दुवै जना एक क्याफेमा थिए । दिपिकाले विकिलाई हेर्दै थिइन् र विकि मोबाइल चलाउँदै थिए । त्यही क्रममा दिपिकाले भनिन्,“विकि तिमी धेरै परिवर्तन भएका छौ । तिमी मसँग राम्ररी बोल्दैनौ र मसँग भेट्न रुचाउदैनौ । के भयो तिमीलाई ?”
“तिमी मलाई बुझ्दैनौ । मेरो धेरै कामहरु हुन्छन्् । तिमी सधै भेट्न चाहन्छौ । मसँग तिमीलाई दिने समय छैन । बोल्न पनि । तिमी सधै चाहन्छौ कि म २४ घण्टा तिमीसँग रहू जुन सम्भव छैन । म तिमीदेखि वाक्क भएको छु ।” विकिले भने ।
उनी कुर्सीबाट उठ्छिन् र विकिलाई हेर्दै भनिन्,“विकि, तिमीलाई मेरो कदर छैन तर जब म तिमीलाई छोडेर जान्छु, तिमी धेरै रmने छौ । मेरो मायालाई बुझ्ने छौ । अहिले तिमी आफ्नो कामलाई माया गछौ र मेरो जरुरत छैन । विकि, म तिमीलाई धेरै माया गर्छु ।” अनि उनी क्याफेबाट निस्किन् ।
अहिलेको समय......
दिपिकालाई सम्झेर रुन थाले । दिपिकाले ठीक भनेकी थिइन् कि दिपिकाले छोडेपछि विकि धेरै रुने छन् । आज उनी धेरै रुँदै थिए । उनीको यादहरु छन् तर ती यादहरुमा झगडाहरु मात्र थियो । रमाइला पलहरु नै थिएनन् । उनलाई पछुतो थियो ।
दुई दिनपछिको कुरा हो । विकि सपिङ्ग मलमा थिए । उनले दिपिकालाई लिफ्चमा देख्छन् । दिपिकाले पनि देख्छिन् । उनीले आफ्नो श्रीमान् देखाउछिन् र धेरै खुशी थिइन् । दुई मिनेटपछि, विकिले दिपिकालाई फोन गरे र भने,“हाई । तिमी खुशी छौ नि ।”
“हो, मलाई धेरै माया गर्छन् ।”
“राम्रो । सधै खुशी हुनु ।”
“म तिमीलाई अझै माया गर्छु, विकि ।”
“मलाई थाहा छ ।”
“वाइ, विकि ।”
“वाइ ।”
दुवै जना आफ्नो बाटो लाग्छन् । यो आफ्नो जिवनमा एक चोटि मात्र साँच्चो गरिन्छ । दिपिकाले विकिलाई साँच्चो माया गर्दिन् । विकिसँग आफ्नो जिन्दगी बिताउन चाहन्थिन् तर यो कुरा विकिले कहिहले बुझेनन् । उनले आफ्नो कामलाई प्राथमिकता दिए तर मायालाई दिएनन् । अहिले दिपिका विकिसँग छैनन् र उनीको महत्व बुझे । साँच्चो माया बार बार आउँदैन ।
Comments
Post a Comment