माया कहिले मर्दैन
अनिशा आफ्नो पतिको फोटो हेर्दै थिइन् । रातको १२ः३० बजेको थियो तर उनी सुतेकी थिइनन् । उनी आफ्नो पतिको फोटो हेर्दै रुदै थिइन् र पतिसँग बिताएका पलहरु सम्झिन थालिन् । रितेशको कारको दूर्घटनामा मृत्यु भएको थियो । यो घटना १ वर्ष अगाडि घटेको थियो ।
ठूलो पानी परिरहेको थियो र अनिशाको ध्यान फोटोमै थियो । त्यही क्रममा झ्याल बन्द भएको आवाज आउँछ र उनीको होश आयो । गर्जन र हावाले कोठा र झ्याल बन्द गरिदियो । उनी आफ्नो खाटबाट उठ्छिन् र आफ्नो कोठाको झ्याल बन्द गर्छिन् । अनि तल भएको कोठाको ढोका र झ्याल बन्द गर्छिन् । बन्द गरिसकेपछि, आफ्नो कोठामा जाने क्रममा थिइन्, त्यही क्रममा ढोकाको घण्टीको आवाज आउँछ । घण्टीको आवाजले झन् डराउँछिन् । घण्टी निरन्तर बजिरहन्छ । निरन्तर बजेपछि उनी ढोका खोल्छिन् ।
ढोका अगाडि एक व्यक्ति उभिएका थिए । उनी भिजेका थिए । उनी अग्ला थिए र उनीलाई हेर्दा लाग्थ्यो कि उनी जिम जान्छन् । उनी गौहूँ गोरो थिए । उनीसँग झोला र सुटकेस थियो । यो घरमा आएपछि मैले यी व्यक्तिहलाई हेरिरहेकी थिइन् । त्यस व्यक्तिले अप्ठ्यारो मानिरहेका थिए । त्यही क्रममा अनिशाको सासू आमा आउनु भयो ।
“अनिशा, यति राति कसले घण्टी बजायो ?”
“म उहाँलाई चिन्दिन ।”
सासू आमा ढोकाको छेऊमा आइन् । उनी त्यस व्यक्तिलाई देखेर खुशी हुनु भयो र हग गर्नु भयो ।
“धेरै समयपछि तिमी आयौ ? तिमी कहाँ थियौ ? तिम हराएका थियौ ?” आमा रुन थाल्नु भयो । अर्कोतिर, अनिशाको दिमागमा कुरा खेल्न थाल्यो । उनी को हुन् ? यति राति किन आए ? यो घरसँग के सम्बन्ध छ ?
अर्को दिन, बिहानको ७ः०० बजेको थियो । अनिशा चार कप चिया लिएर बाहिर आउँछिन् । आमाले अनिशालाई बस्न अनुरोध गर्नुभयो । चिया लिर्दै आमाले भन्नुभयो,“अनिशा, उनी सचिन । रितेशको मिल्ने साथी ।” अनिशा मुस्कुराए झै गरिन् ।
आमाले रितेशलाई हेर्दै भनिन्,“तिमी यत्रो वर्ष कहाँ थियौ ? रितशले तिमीलाई धेरै सम्झिरहे ।”
“सुरुमा त मलाई माफ गर्नु होला । मैले राति तपाईलाई तकलिफ दिए । खासमा मेरो उडान बैंककबाट ढिलो उठ्यो ।”
“बैंकक ?”
“हो । म बैंककमा थिए । म र मेरो साथीसँग बैंककमा मोबाइलको व्यापार गछौ । बैंककमा बसेको ३ वर्ष भयो त्यसैले म न त रितेशको विवाह न त उनी बितेको बेला । म हर रोज पछुतएको छु । म त्यहाँ बस्नै सकिन त्यसैले फर्केर आए तपाईलाई भेट्न ।”
सचिन बोल्दै गर्दा आमाका आँखाहरु रसाए । रितेश एक मात्र सन्तान थिए । यसभन्दा रितेश र अनिशाको विवाह भएको केही महिनापछि रितेशको बैंककमा कार दूर्घटना भएर मृत्यु भएको थियो । सचिनलाई के भन्नू भएको थियो । मौन थिए र अनिशालाई हेरिरहेका थिए ।
केही समयपछि मौनता तोड्दै आमाले भन्नू भयो,“मैले तिमीलाई केही सोध्नु थियो ?”
“भन्नुहोस् न ।”
“तिम्रो बुवा आमा कता हुनु हुछ ?”
“बैंककमै । यहाँको सबै बेचेर जानुभएको हो । अहिले दाजुसँग हुनुहुन्छ । दाजुको राम्रो काम छ । अब उतै बस्नु हुन्छ ।”
“अब तिमी उता नजाने ?”
“पछि जान्छु होला ।”
“अहिले कहाँ बस्छौ त ?”
“होटेलमा ।”
त्यही क्रममा बुवा आउनुभयो र भन्नुभयो,“सचिन, तिमी रितेशको मिल्ने साथी हौ । पहिला तिमी कति यही बस्थ्यौ । तिमी होटेलको सट्टा यही बस । हामीलाई साथी हुन्छ ।”
सचिनलाई अप्ठ्यारो लाग्यो । उनी केही बोल्न खोज्दै थिए, त्यही क्रममा आमाले भन्नुभयो,“हो, सचिन । तिमी यही बस्दा केही हुँदैन । तिमी रितेशको बच्चादेखिका साथी हौ । यही बस । तिमी हाम्रै छोरा जस्तै हौ ।”
सचिनले हुन्छ भनि टाउको हल्लाए भने अनिशा मौन थिइन् । सचिन यहाँ बसेको अप्ठ्यारो लागेको थियो ।
केही महिनापछिको कुरा हो । सचिनले रितेशको अफिस हेर्ने थालेका थिए रअफिस राम्रो हुँदै गएको थियो । उनी घरको सदस्य हुँदै गएका थिए तर उनको र अनिशाको कुरा हुन सकेको थिएन । धेरै कोसिस गरेका थिए तर अनिशा बोल्न रुचाएकी थिइनन् । उनी रितेशको फोटो हेरेर हराउथिन् ।
केही दिनपछिको कुरा हो । बिहानको समय थियो । अनिशा आमा र बुवासँग चिया पिउँदै थिइन् । त्यही क्रममा सचिन आउँछन् र भने,“आमा, भोलि पोखरा जाँदै छु तर मलाई अनुमति चाहेको छ ।”
“कस्तो अनुमति ?”
सचिनलाई अप्ठ्यारो लागे तापनि उनले भने,“तपाईलाई यति अप्ठ्यारो लाग्दैन भने, म अनिशालाई पनि पोखरा लिएर जान चाहन्छु ।”
आमा र बुवा खुशी हुनुभयो र हुन्छ भन्नुभयो तर अनिशा असहमत भइन् र भनिन्,“म तपाईहरुलाई छोडेर कहि जान्न ।”
“हेर, तिमी घरबाट बाहिर नगएको धेरे भइसक्यो । बाहिर जानु । तिम्रो पनि जिन्दगी छ ।”
उनीले सुरुमा मानिनन् तर बुवा आमाले सम्झाउनु भयो र मानिन् । पोखरामा थिए दुवै जना । साँझको समय थियो । फेवा ताल हेर्दै थिइन् र त्यसको साथ साथै सूर्य उदाएको हेर्दै थिइन् । त्यही क्रममा सचिन उनीको छेऊमन आए । अनिशालाई निहालेर हेर्दै थिए । अनिशा आफ्नै संसारमा हराएकी थिइन् ।
१५ महिनापछिको कुरा हो । सचिनलाई देखिन् र भनिन्,“तपाई कतिबेला आउनुभयो ।”
“केही समय अगाडि । तपाई हराउनुभएको थियो आफ्नो संसारमा ।”
दुवै जना मौन थिए । यता उता हेर्दै थिए । त्यही क्रममा मौनता तोड्दै सचिनले भने,“अनिशा, म तपाईलाई केही भन्न चाहन्छु ।”
“के कुरा हो ?”
सचिन उठ्छन् र फेवा तालको छेऊमा उपिन्छन् र भन्छन्,“तपाईको श्रीमान्को बारेमा हो ।”
उनी अचम्म परिन् र सचिनको छेऊमा गइन् र भनिन्,“मेरो श्रीमान्को बारेमा ?”
“मैले केही कुराहरु लुकाएको छु ।”
“के कुरा ?”
“रितेशको कार दूर्घटनामा मृत्यु भएको होइन ।”
“हँ ?” उनी अचम्मित भइन् ।
“रितेशको बैंककमा भएको व्यापार घाटामा जाँदै थियो र धेरै ऋण थियो र उनले तिर्न सकेका थिएनन् । यसको साथ साथै उनलाई लागू पदार्थमा पसाइएको थियो । उनलाई धेरै चोटि लागू पदार्थमा पसाइएको थियो । उनलाई धेरै चोटि लागू पदार्थमा जेल लगिएको थियो । उनको साथीले उनलाई फसाउन खोजिरहेका थिए । जब रितेशले कसको काम हो भनि थाहा पाए, उनी भेट्न गए । उत्तम जो रितेशले धेरै विश्वास गर्थे, उसैले धोका दिए र दुवै जनाको झगडा परेको थियो । त्यही क्रममा रितेशको हत्या भएको थियो । पछि उत्तमले गाडीमा राखेर कार दूर्घटना बनाए । रितेशले सबै कुरा पहिले भनेका थिए र आफ्नो परिवार हेर्न कसम लिएका थिए ।
उनले तपाईलाई धेरै माया गर्थे । उनले तपाईको आँसु हेर्ने चाहेका थिएनन् र त्यसैले आफ्नो समस्या कहिले भनेनन् । उनको इच्छा थियो कि उनको परिवार खुशी रहोस् । उनको इच्छा थियो कि तपाई आफ्नो दुःख बिर्सियोस् । उनले आफूभन्दा धेरै तपाईलाई माया गर्थे र तपाई सधै मुस्कुराएको हेर्न चाहन्थे ।”
अनिशा यस दिन धेरै रोएकी थिइन् । रितेशले आफ्नो दुःख किन सेयर गरेनन् भन्ने भयो । अनिशाले आफूभन्दा धेरै माया गर्थिन् रितेशलाई र रितेशको साथ रहन चाहन्थिन् । उनले आफ्नो दुःख सेयर गरेको भए, सायद बाँच्थे पनि । रितेश अनिशाको पहिलो माया थिए र अन्तिम पनि । उनी बाहेक अरु कसैलाई माया गर्न सक्दिनन् पनि ।
Comments
Post a Comment