टेलिभिजन
म पहिला धेरै टि.भी हेर्थे । टेलिभिजनमा पहिला कल कान्तिपूर, म्युजिक अफ योर चंइस् लगायत विभिन्न नेपाली कार्यक्रमहरु हेर्थे । पहिला एम टि.भी र च्यानल भि हेर्थे । लाग्थ्यो कि नेपाल पनि त्यस्तो कार्यक्रम आइदियोस् । कान्तिपूर, नेपाल टेलिभिजन र ईमेज च्यानल हेर्थे । जब कल कान्तिपूर, म्युजिक अफ योर चंइस् आयो म धेरै हेर्न थाले । मलाई यी कार्यक्रमहरु हेर्नुको कारण होस्ट थियो । मलाई सुरज सिंह ठकुरी र महिमा भट्टराईले बोलेको धेरै मन पर्ने । कति सहज तरिकाले बोलेको जस्तो लाग्थ्यो र उनीहरुको को—होस्ट हुन पाए हुन्थ्यो । महिना भट्टराईले जब म तपाईहरुको लिटल एम भन्थिन् मलाई राम्रो लाग्थ्यो । मुहार नै हसिलो थियो । त्यसको साथ साथै उनीहरु कलरहरुसँग कुरा गर्दा कति सहज भएर कुरा गर्थे । कति फे्रन्डली जस्तो लाग्थ्यो ।महिमा र सुरज सिहं ठकुरीको साथ साथै मलाई माल्भिका सुब्बा, आलोक नेम्बाङ र भुषण दाहालको प्रस्तुति राम्रो लाग्थ्यो ।
अरुले फोन गर्दा गरेको देखेर आफूलाई पनि गर्न मन लाग्ने । फोन नम्बर डायल गरे तर धेरै व्यस्त । धेरै वर्षसम्म कोसिस गरे, असफल भए । सफल भएको भए आफ्नो साथीहरुलाई खुशी हुँदै गफ दिन्थे तर त्यो कहिले भएन । त्यो दिनहरु सम्झदा रमाइलो लाग्छ । टेलिभिजन हेर्नको मज्जा अर्के थियो तर अहिले त्यो मज्जा आउँदैन । केही छैन जस्तो लाग्दैन । टेलिभिजनको आकर्षण नै छैन । पहिला टेलिभिजनको अगाडि बसेर कार्यक्रमहरु हेरिथ्यो । आफ्नो मनपर्ने कार्यक्रमको समय कुरेर बस्थ्यौ । अहिले त्यो छैन । अहिलेको होस्ट याद छैन जतिको पहिलाको ।
Comments
Post a Comment