सिकाइले अगाडि बढाउछ

 कोही मानिसहरु घमण्डी र गफ दिने हुन्छन् । मैले आफ्नो छोराछोरीहरुलाई यति खर्च गरे भनि फुर्ति र घमण्ड गर्छन् । खर्चभन्दा पनि जिन्दगीमा छोरा छोरीहरुले के सिके त्यो जरुरी हो । आफ्नो जिन्दगी कसरी बनाउने त्यो सिकाउनु जरुरी छ । त्यसको साथ साथै विद्यालयको शिक्षाभन्दा जिन्दगीको शिक्षा जरुरी छ । किताबमा कसरी जिन्दगी बनाउने, पैसा कमाउने; त्यो किताबमा वा विद्यालयमा पढाउदैन । त्यो आफूले गर्ने कुरा हो । विद्यालयमा पढ्नु भनेको ज्ञान लिने हो तर सिक्ने त आफूले हो । कोही मानिस किन सफल हुन्छन् त ? उनीहरुले धेरै कुराहरु सिके र अगाडि गए तर कोही मानिसहरु किन असफल हुन्छन् त ? भाग्यले साथ नदिएको हुन्छ र ज्ञान पनि हुन्छ तर कसैलाई त ज्ञान नभएर र अनुभव नबटुलेर । जागिर खोज्दा पनि अनुभव खोज्छ । पढ्दा कति पैसा खर्च भयो भनि खोज्दैन । त्यसैले आफ्नो छोराछोरीलाई यति बर्च गरिदिए भन्दा पनि आफूले के सिकाउनु भयो, त्यो जरुरी छ । सानो कुराहरुदेखि ठूलो कुराहरु सिकाउनुपर्छ । जस्तैः—पैसा कसरी खर्च गर्ने, पानी कसरी प्रयोग गर्ने, मानिसहरुलाई कसरी ईज्जत गर्ने, कसरी बोल्ने आदि । खर्च गर्नु महत्व हुन्छ । जिन्दगीमा धेरै उत्तार चडाप आउँछ र कसरी गर्ने सामधान त्यो सिक्नु जरुरी छ ।  खर्च त मानिसहरुले गर्छ तर तपाईहरुको सिकाइले अगाडि बढाउछ । 

Comments

Popular Posts