जन्मदिन र जिन्दगी

असार २२ गते अर्थात मेरो जन्मदिन । हरेक वर्ष बुढो हुँदै गइएको छ । जिन्दगी कति छिटो बिते जस्तो लाग्छ । अतितको पाना पल्टाएर हेर्दा लाग्छ अस्ति मात्र भएको लाग्छ । अतित फर्केर हेर्दा केही पलहरु दुःख थिए र कति सुख । दुःख र सुखको कुरा गर्दा धेरै कुराहरु आउँछन् । 

दुःखको कुरा गर्दा मलाई मैतिदेवीको धेरै याद आउँछ । डेरामा बस्थ्यौ । दुःख यस कारण कि पानीको धेरै समस्या थियो । पानी नआउँदा बिहानै पानी खोज्न अर्को घरमा जानु पथ्यो । बिहान कहिले पनि पढ्न पाइन । त्यसको साथ साथै स्कूल जान हतार हुन्थ्यो । 

खुशी पनि धेरै भएको थिए । सबैभन्दा खुशी ‘द काठमान्डू पोस्ट’ र ‘द राइजिङ नेपालमा’ लेखहरु छापिदा । आफ्नो नाम पत्रिकामा आउँदा धेरै खुशी भएको थिए । त्यसको साथ साथै मैले जागिर पाउँदा र तलब पाउँदा निकै नै खुशी भएको थिए । धेरै कुराहरु पनि सिक्न पाएको थिए । 

मैले जिन्दगीमा धेरै जन्मदिन मनाए तर केही सम्झन लायक छन् । म कक्षा ५ वा ६मा पढ्दा खेरीको कुरा हो । मेरो जन्मदिन नजिकिदै थियो । मेरो दिमागमा एउटा कुरा आएको थियो, घरमा मेरा मिल्ने साथीहरुलाई बोलाउने । यो कुरा आफ्नो दाजु र दिदीहरुलाई भन्न धेरै कोसिस गरे तर सकिन । बोल्न खोज्छु तर सकिन । 

अन्तमा असार २२ गतेको दिन आयो । मैले ४ जना साथीहरुलाई भनेको थिए । स्कूल छुट्टी भएपछि उनीहरुलाई घरमा लिएर आए । मनमा डर थियो । मैले घरमा यस बारेमा केही भनेको थिइन । घरमा गएपछि दाजुले सानो केकहरु ल्याउनु भएको थियो । केही घण्टापछि उनीहरुलाई पु¥याएर घर फर्किए । घर फर्किएपछि दाजुले भन्नुभयो कि साथी बोलाउने इच्छा भएको भए भनेको भए हुन्थ्यो । 

यो दिन कहिले बिर्सिन । धेरै उपहारहरु पाएको दिए यो दिन । तीता मीठा यादहरु छ । एक प्रकारको डर, खुशी, उमंग, मुस्कान र गाली थियो । धेरै रमाइलो भएको थियो । जन्मदिन मैले पहिलो पटक मनाएको थिए त्यो पनि मिल्ने साथीहरुसँग । 

त्यसको साथ साथै सन् २०१६, २०१७, २०१८ को जन्मदिनरु कहिले बिर्सिन । २०१६ र २०१७ मैले काम गर्ने अफिसमा मनाएको थिए भने सन् २०१८ चाँहि अमेरिकामा । 

जन्मदिनहरु आउँछ र जान्छ तर आफ्नो जिन्दगी कसरी बाँच्नेमा  भर पर्छ । कहिले खुशी रहेन भने, जिन्दगी भर खुशी हुँदैनौ । सानो कुरामा खुशी रह्यौ भने, सधै खुशी रहन्छौ । दुःख पनि जिन्दगीमा हुन्छ तर त्यसलाई कसरी लिने आफूमा भर पर्छ । हार खाइन्छ । निराश पनि हुन्छ । जाँगर चल्दैन । जिन्दगी कसरी बाँच्नुपर्छ आफूमा भर पर्ने कुरा हो । 

Comments

Popular Posts