गीत/संगीत

गीत/संगीत पहिला धेरै सुन्थे । अहिले पनि सुन्छु तर धेरै कम । सुने पनि पहिलाका पूराना गीतहरु सुन्छु । नयाँ गीतहरु नराम्रा होइनन् तर पूराना गीतहरुमा जस्तो मीठास् छ त्यो नयाँमा छैन । अहिले मानिसहरुलाई राता रात हिट हुनु छ ।
मेरो गीतको रोजाई मात्र ९० दर्शकको हुन्छ र मानिसहरुले मलाई कस्तो पूरानो गीतहरु सुनेको भन्छन् । नयाँ गीतहरु सुन्न आग्रह गर्छन् । हुन त नयाँ गीतहरु सुन्न त सुन्छु तर पूराना गीतहरु रमाउछु । हराउछु ती गीतहरुमा । चाहे तो गीत नेपली होस्, हिन्दी होस् वा अङ्ग्रेजी म डुब्छु शब्दहरुमा र ती पूराना गीतहरुले धेरै कुराहरु याद दिलाउ र म आफ्नै संसारमा हराउछु ।

पूराना गीतहरु जस्तै नबिन के भट्टराई, धीरज राई, मोहन भूसाल, नेपाली चलचित्रहरुका गीतहरु, हिन्दी चलचित्रहरुका गीतहरु सुन्ने गर्थे । त्यसको साथ साथै ब्यास्ट्रिय ब्वायज, बोइजोन, जेनिफर लोपेज आदिका गीत सुन्ने गर्थे र अहिले पनि सुन्छु । त्यसको साथ साथै हिन्दी चलचित्रहरुका गीतहरु धेरै सुन्थे । हिन्दी चलचित्रहरुका गीतहरु सुन्दा आनन्द लाग्थ्यो र शब्दहरु र दृश्यहरु याद हुन्थ्यो ।
Comments
Post a Comment