नुजिना—२


रातिको ९ः०० बजेको थियो र शुक्रबारको दिन थियो । ‘दिलबर दिलबर’ भन्ने गीत बजिरहेको थियो । म र मेरो साथी यो गीतमा नाच्दै थियौ । हेर्ने मानिसहरुले हामीतिर पैसा पाल्दै थिए । त्यही क्रममा मेरो आँखा एक व्यक्तिमा पुग्यो । उनीले कालो टि—सर्ट र निलो व्यान्ट लगाएका थिए । उनी आफ्ना साथीसँग आएका थिए । जिन्दगीमा यो वेश्या ठाउँमा धेरै मानिसहरु आउँछन् तर मेरो आँखा उनीमा पुग्यो । जिन्दगीमा मैले कसैलाई पनि त्यसरी हेरेको थिइन ।

एनले यता उति हेर्दै थिए । त्यही क्रममा हाम्रो आँखा जुध्यो । मेरो मुटुको धड्कन बढ्न थाल्यो । उनले मलाई हेरिरहे । मलाई केही पल  अप्ठ्यारो लागेको थियो । म उनले नथाहा पाउन

 ग्रि हेर्थे र उनीले पनि मलाई हेरिरहेका थिए । केही समयपछि उनको छेऊमा कोही आयो । सायद उनको साथी थिए होला । उनी निस्के र निस्कने बेलामा मलाई हेर्दै थिए । मेरो आँखा ढोकासम्म पुगेको थियो । उनी गएको हेरिरहे । त्यसपछि उनी हर हप्त आउथे तर हामी बोलेका थिएनौ । हाम्रो आँखा जुध्थ्यो मात्र ।


उनी हर रोज आउथे तर एक महिनापछिको कुरा हो । उनी कुर्सीमा बसेका थिए र मलाई हेर्दै थिए । मलाई त उनको नाम थाहा थिएन । त्यही क्रममा सजना उनको नजिक गइन् । दुई जनाको बीच के कुरा भयो मलाई थाहा छैन तर म दुवै जनालाई निहालेर हेरिरहे ।

केही समयपछि म आफ्नो कोठामा गए । म मेकअफ उत्तादै थिए त्यही क्रममा कसैले मेरो ढोका ढकढकाउदै थिए र मैले ढोका खोले । मैले उनलाई देखे । म अचम्म परे र हेरिरहे उनलाई ।

“म भित्र आऊ ?” 

“हुन्छ ।” मैले किन हुन्छ भने मलाई नै थाहा छैन । उनी मेरो छेऊमा भएको सोफामा बसे र म कुर्सीमा बसे । म नर्भस भए र म यता उता हेर्दै थिए । वातावरण शून्यता छाएको थियो । उनले मलाई एक नासले हेरिरहेका थिए ।

वतावरणको मौनता तोड्दै उनले भने,“नुजिनाजी, तपाई मसँग बाहिर जान सक्नु हुन्छ ?”

“तपाईलाई मेरो नाम कसरी थाहा भयो ?”

“आफूलाई मन परेको मान्छेको नाम थाहा भइहाल्छ नि ।”

वातावरणमा फेरि शून्यता छाएको थियो । मलाई के भन्नू भएको थियो  र यता उता हेर्दै थिए । त्यही क्रममा उनीले भने,“तपाईले मलाई मेरो प्रश्नको जवाफ दिनु भएन त ?”

“कस्तो प्रश्न ?”

“कि तपाई मसँग बाहिर जान चाहनु हुन्छ ?”

“तपाई अपरिचित व्यक्तिसँग म किन बाहिर जाने ?”

“यो संसारभन्दा पनि अर्को संसार छ जुन म तपाईलाई देखाउन चाहन्छु । मैले तपाईको मालिकसँग कुरा गरिसकेको छु । उहाँले अनुमति लिइसकेको छु । तपाईलाई म भोलि साझँको ६ बजे लिन आउँछु ।” उनी यति भनेर त्यहाँबाट निस्के । म उनी गएको हेरिरहिन् ।


हामी दुवै जना क्याफेमा थियौ । मलाई अप्ठ्यारो लागेको थियो । अप्ठ्यारो लागे पनि उनीसँग आएकी थिइन् । मलाई हेरेर उनी मुस्कुराए । अनि केही अर्डर गयौ । अर्डर गरिसकेपछि उनले भने,“म खासमा तपाईलाई केही भन्न चाहन्छु ।”

“के कुरा हो ?” मैले उनीलाई नहेरिकन भन्छिन् ।

“म तपााईसँग विवाह गर्न चाहन्छु ।”

“हँ ?”

“हो । म तपाईसँग विवाह गर्न चाहन्छु । मैले तपाईलाई पहिलो नजरमा मन पराएको थिए । हजारौ थिए तर तपाई विशेष हुनु हुन्छ । लाग्छ तपाई मेरै लागि हो र तपाईको आँखामा म डुब्छु । लाग्छ तपाईको आँखा र मनले कसैलाई खोजिरहेको छ जसले तपाईलाई धेरै माया गरोस् र खुशी राखोस् ।”

हामी मौन भयो । वातावरणमा मौनता छाएको थियो । हामीले एक अर्कोलाइ हेरौ । मलाई के भनू भयो । हुन त मैले पनि उनलाई पहिलो नजरमा माया बसेको थियो तर हामीलाई एक अर्कोको बारेमा केही थाहा छैन । मलाई त उनको नाम पनि थाहा छैन ।

मौनता तोड्दै मैले भने,“तपाईलाई मेरो बारेमा केही थाहा छैन । तपाईलाई मेरो अतितको बारेमा केही थाहा छैन । तपाईलाई मेरो पेशा बो मात्र थाहा छ । तपाईको परिवारले मलाई स्वीकानु हुँदैन । मलाई त तपाईको नाम पनि थाहा छैन । तपाई के गर्नु हुन्छ, त्यो पनि थाहा छैन । कसरी तपाईसँग विवाह गर्नु ?”

“मेरो नाम संयोग शर्मा हो । मेरो बुवा आमा गाडीको दुर्घटना बित्नुभयो । ५ वर्ष अगाडि बित्नु भएको हो । मेरो बुवाको व्यापार छ र त्यही समालेको छु । म चाबहिलमा बस्छु । म घरको एक्लो सन्तान ।

त्यसको साथ साथै मलाई तपाईको अतित जान्नु छैन । मलाई सिर्फ तपाई चाहेको छ । मलाई तपाईको मात्र सरोकार छ, तपाईको पेशासँग मलाई मतलब छैन । तपाई मसँग विवाह गर्नु हुन्छ कि हुन्न, त्यति मात्र भन्नुहोस् ।”

“हामीले एक अर्कोलाई चिन्ने मौका पाएका छैनौ । कसरी म तपाईसँग विवाह गर्नु ?”

“ठीकै छ । हामी भेट्नौ न त ।”

“मेरो मालिकले हर रोज भेट्न दिदैनन् ।”

“त्यसको टेन्सन तपाई नलिनु होस् । म त्यसको व्यवस्था गर्छु ।”

“मलाई जान हतार भयो ।” अनि हामी त्यस ठाउँबाट निस्कियौ ।


“उनले मलाई आज विवाहको लािग प्रस्ताव राखे ।” मैले सजनालाई भने ।

“तिमीले के जवाफ दियौ त ?” सजनाले भनिन् ।

“मैले जवाफ दिएको छैन ।”

“किन ? म भएको भने स्वीकाथे । संयोग कति राम्रा छन् । फिल्मका हिरो जस्ता छन् । म आफ्नो काम छोडेर उनीसँग राम्रो जिवन बिताउथे । तिमी उनलाई स्वीकार र जिन्दगी राम्रोसँग बिताऊ ।”

“खासमा म पनि उनलाई मन पराउछु तर यो समाजले हामीलाई स्वीकादैन । त्यसैले म उसलाई अपनाउन सक्दिन । यो समाजले उनलाई नराम्रो सोच्ने छ ।” मेरो अनुहारको भाव बदलिन्छ ।

सजना उनको नजिक गएर भन्छिन्,“बाँच्न पाउने अधिककार सबैलाई छ । समाजले सुरुमा त कुरा काट्छन् नै तर पछि बिर्सेदै जान्छन् । संयोगको मायाले तिमीले सबै कुरा बिर्सिने छौ । तिमी त धेरै भाग्यमानी कि तिमीलाई माया गर्ने त्यतिm पायौ । सबैले त्यस्तो भाग्य पाउदैनन् । उनको प्रस्तावलाई स्वीकार ।”

मैले यस विषयमा गम्भीर भएर सोच्न थाले । यस समय दिमागले भन्दा मनले सोच्नु जरुरी थियो । मनले स्वीकारको थियो तर डर थियो मलाई । मेरो कारणले गर्दा उनलाई केही भयो भने । यस विषयमा सोच्दा सोच्दै म अतितमा पुगे । मेरो अतित  नराम्रो छ र कसरी उनलाई व्यक्त गर्न« भएको थियो ।


म सानो उमेर हुँदा मेरो आमा बित्नुभयो । मेरो ४ जना बहिनीहरु र दुइ जना भाइहरु छन् । हामी गरिबीमा हुर्कियौ । हामीलाई एक छाग खान धेरै मुश्किल थियो । आमा बितेपछि बुवाले धेरै रक्सी पिउन थाल्नु भयो । बुवाको केही काम थिएन । रक्सी पिउने र हामीलाई कुट्ने काम बाहेक अरु केही थिएन ।

एक रात मेरो जिवनमै परिवर्तन आयो । रात निकै नै भइसकेको थियो । बुवा राति नै आउनुभएको थियो । म सुतेको थिइन । मैले ढोका खोले । त्यस दिन उहाँ मात्र आउनुभएको थिएन । उहाँको साथमा उहाँको साथी हुनुहुन्थ्यो । हेर्दै डर लाग्दा थिए । ढोका खोले र म सिधै आफ्नो कोठामा गए । केही समयपछिको कुरा हो । निकै राति भइसकेको थियो । घरमा बत्ति पनि थिएन । मलाई नै थाहा थिएन कि मेरो जिन्दगीमा केही हुँदै छ भनेर । ढोकाको आवाज आयो । म उठे । मेरा भाइहरु र बहिनीहरु सुतेका थिए । कोही आए जस्तो लाग्यो । मैले देख्न र बोल्न नपाइकन उनले मलाई जर्बरजस्ती गरे । मैले आफूलाई बचाउन सकिन । यो रोज हुन थाल्यो । मैले यो कुरा मेरो बुवालाई व्यक्त गरे र उहाँले मलाई कसैलाई नभन्न व्यक्त गरे । उहाँले पनि धेरै चोटि मलाई जर्बरजस्ती गर्नुभएको थियो र उहाँले नै मलाई ठमेल लेर आउनु भएको थियो । सुरुमा म धेरै चोटि भाग्ने कोसिस गरे तर मलाई समाति हाल्थे । मलाई असहज भएको थिए । कसैले मलाई छोयो कि नरमाइलो लाग्थ्यो । म लुकेर रुन्थे । मेरो आँसु कसैले देख्दैन थिए । मेरो कुरा कसैले सुन्ने वाला थिए । मेरो यहाँ काम गर्र्नु बाध्यता थियो । रहर थिएन । आफ्ना भाइ बहिनीहरु सम्झिए । यदी आमा भएको भए, मलाई यस ठाउँमा आउन दिनु हुने थिएन । मेरो बुवाको रक्सी पिउने बानी र काम नगर्ने । कहिले काँही लाग्छ यस्तो बुवा नभएको भए हुन्थ्यो । मेरा लागि बुवा रावण हुन् भने ठमेल नर्ग । मलाई यहाँको हुन धेरै समय लाग्यो । म यहाँ आउँदा १२ वर्षको थिए । यहाँ हर रोज म मरेको थिए । विभिन्न मान्छेहरु आउन्थे र मसँग शारीरिक सम्बन्ध राख्थे र जान्थे । मलाई कति भएको थियो । गुनासो सुनाउने ठाउँ पनि थिएन । सुरुमा नमान्दा धेरै पीटाइ पनि राखेको थिए । भाग्न धेरै कोसिस गरेको थिए तर सकिन । धेरै दुख र पीडामाम बसेको थिए तर पनि बिस्तारै बानी भएको थियो । बानी भए पनि मलाई कसैले यहाँबाट लिएर जाओस् जस्तो भएको थियो । जब संयोगले मलाई विवाहको प्रस्ताव राखे म खुशीको साथ साथै दुखी पनि थिए । खुशी यस प्रकारले पनि उनले मलाई अर्को संसारमा लिएर जाने छन् तर दुःखी यस कुरामा कि समाजले हामीले स्वीकारने छैन । कसरी अपनाउनु भएको छ ।

मेरो आँखा आँसुको भरिएको थियो । आफ्ना अतित र संयोगलाई सम्झेर मेरा आँखाहरुमा आँसुले भरिएका थिए । म संयोगलाई के जवाफ दिनु भनि सोचिरहे । नाँइ भनू उनको चित दुख्छ । समाजको डर थियो । त्यसभन्दा पनि मैले उनलाई चिन्ने मौका पाएको छैन । फेरि अरु लोग्ने मान्छे जस्तो मलाई केही समयको लागि प्रयोग गरेर गए भने, म के गँरु ? प्रश्नहरु खेलिरहे ।


एक हप्तापछिको कुरा हो । संयोग ठमेल आएका थिए । बेलुकाको कुरा हो । उनले मलाई हेर्दै थिए । एक घण्टापछि म आफ्नो काम सकेर आफ्नो कोठामा गए । उनले पीछा गर्दै मेरो कोठामा आए । उनले ढोका ढकढकाए र मैले ढोका खोले । मैले उनलाई भित्र बोलाए । उनी सोफमा बसे र म कुर्सीमा ।

संयोग बस्ने बित्तिकै भने,“अनि प्रयोजलको बारेमा के सोच्यौ ?”

वातावरणमा शून्यता छायो । हामीले एक अर्कोलाई हेयौ । मैले उनीलाई हेरिरहे । संयोग मेरो जवाफ कुरेर बसेका थिए । म मौन थिए । म मौन भएको देखेर उनले भने,“यति तिमी मौन रहेन भने, म यहाँबाट निस्के ।” उनी उठे र जब उनी ढोकाको छेऊमा पुगे, मैले भने,“म तपाईसँग विवाह गर्न तयार छु ।”

संयोग पछाडि फर्किए र खुशी भए । उनी खुशी हुँदै भने,“म आज धेरै खुशी छु । तिमीले मलाई संसारको खुशी दिएकी छौ ।” अनि हामीले एक अर्कोलाई हग गरौ ।

हामीले एक अर्कोलाई एक महिनासम्म भेट्यौ । मैले आफ्नो काम पनि छोडेको थिए । मैले सजनालाई विवाहको बारेमा भनेको थिए र उनी धेरै खुशी हुँदै भनिन्, “तिमीलाई संयोग मन त परेको छ नि ?”

म मुस्कुराए र भने, “म धेरै खुशी छु । सुरुमा त के गँरु भएको थियो । डर थियो तर अहिले यो एक महिना उनी बिताउदा म धेरै खुशी भएको छु । लाग्छ उनी मेरो जिन्दगी हो । म उनकै संसारमा हराएको छु । मलाई हरपल उनकै साथमा बस्न मन छ ।”

“म तिम्रोलाई खुशी छु ।” उनीले मुस्कुराउदै भनिन् ।

भेट भएको एक महिनापछि हामीले विवाह गर्ने निर्णय गरौ । असार २२ गतेको दिन थियो । हाम्रो विवाहको दिन । विवाहको साइत ९ः०० बजेको थियो । हामी पशुपतिमा थियौ । हाम्रो विवाहमा कोहीको सहभागिता थिएन । हामीले छिटो विवाह गरौ ।

विवाह गरौ तर विवाह गरेपछि हामीले त्यति समय बिताउन पाएनौ । एक हप्तापछि उनी आफ्नो कामको शिलशिलामा लण्डन गरे । म दुखी भएको थिए । 

म धेरै दिन भएको थियो ठमेल नगएको । विवाह गरेको चाार महिनापछि म ठमेल लगाएको । लण्डनबाट उनी आएका थिएनन् । कामको शिलशिलामै थिए । घर बस्दा वोर भएको थिए त्यसैले म ठमेल गए । सजना मलाई देखेर धेरै खुशी भएकी थिइन् र म पनि धरै खुशी भए । उनीले आफ्नो कोठामा लगिन् ।

“अनि तिमी खुशी छौ ?”

“धेरै ।”

“अनि संयोग ?”

“उनी पनि ठीकै छन् । अहिले लण्डनमा छन् । चार महिना भयो आएका छैनन् । कामको शिलशिलामा गएका हुन् । समय लाग्छ भन्दै थिए ।”

दुवै जना कुराकानी गर्दै थियौ । त्यही क्रममा पुलिसको छापा भयो । सबै जना केटीहरुलाई समातियो ।मलाई पनि समातियो । हामीलाई पुलिस स्टेशन लगियो । पुलिस स्टेशन पुगपछि सबै जनाले छोड्न आग्रह गरे ।

“नुजिनालाई छोड्दिनु होस् । उनले यो पेशा छोडिसकिन् । उनीको विवाह गरिसकिन् । उनको श्रीमान् लण्डनमा छन् ।”

“म यो कुरा कसरी विश्वास गर्नु ?”

“उनीको नम्बर छ । फोेन गर्नुहोस् ।” मैले भने ।

फोन नम्बर डायल गरे । संयोगले फोेन उठाए ।

“हेलो ।” इन्स्पेक्टरले भने ।

“हेलो ।”

“तपाई संयोग बोल्दै हुनु हुन्छ ?”

“हो । तपाई को बोल्दै हुुनु हुन्छ ?”

“म इन्स्पेक्टर आदित्य बोल्दै छु । तपाई नुजिनालाई चिन्नु हुन्छ ?”

“नुजिना ? को नुजिना म त चिन्दिन त ?”

मेरो आँखा रसाए र म अचम्म परे । उनले फोन राखे । म के भनू भयो । त्यही क्रममा इन्स्पेक्टरले भने,“तपाईले हामीलाई ठग्ने ? तपाईसँग केही प्रमाण छ ?”

म मौन थिए । अरु साथीहरुले इन्स्पेक्टरलाई सम्झाउदै थिए । पछि केही समयपछि मलाई छोडियो । म घर त गए तर बस्न मन भएन । उनको यादले म छटपटाउन थाले । उनको कसम र विवाह झुटो रहेछ । नाटक रहेछ । उनको माया झुटो रहेछ । उनको हरेका चीज झुटो रहेछ ।

धेरै दिन मेरो हालत नराम्रो भएको थियो । मैले उनको बारेमा धेरै खोजे तर केही थाहा पाइन । उनले मेरो फोन उठाउन छोडेका थिए । हेर्दा हेर्दै उनले आफ्नो सिम पनि परिवर्तन गरेका रहेछन् । लण्डनमा कहाँ बस्छन् त्यो पनि थाहा भएन । के गर्नु कसो गँरु भएको थियो । अरु काम पनि आउँद्यैन । वेश्या बाहेक अरु केही काम आउँदैन । न त म पढेको छु न त अरु कामको अनुभव । दिमागमा धेरै चोटि आत्महत्या गर्ने सोचेको थिए । उसले आखिर आफ्नो रुप देखाए ।

हर पल उनकै यादमा डुबेको थिए । मन वेचेन थियो । मेरो मन कता थियो आफूलाई नै थाहा छैन । म चार महिना संयोगको घरमा डिप्रेन्सनको सिकारमा परे । म छटपटी थाले । मेरो जिवन त्यति कै गयो । सुरुमा आमा छोडरे जानुभयो । पछि बुवाको तनाव र रक्सीले ढिक्क लगाएको थियो । उहाँको कारणले मैले धेरै पीडा सहनु प¥यो र ठमेल पुग्नु प¥यो र त्यसको वेथ ाअर्के थियो । पछि संयोगको धोकाको कारण मेरो हालत डिप्रन्सनमा पुगे । हर पल आत्महत्या गर्न मन लाग्ने । मन तनावमा भयो । मेरो गुनासो सुन्ने कोही थिएन । कसैलाई सुनाउनु । न त मेरी आमा छिन् न त साथी । अन्त्यमा मैले आत्महत्या ने रोजे । म घरमै थिए । मैले फ्यानमा झुडिएर आत्महत्या गरे । मैले जिवनमा निराश भए । मैले बाँच्न सकिन । मैले हार खाए । मैले जिन्दगीबाट भन्दा पनि मायाबाट हार खाए । मैले देखेको राम्रो संसारबाट हार खाएको थिए । आफूले देखेको सपनाबाट हार खाएको थिए ।

Comments

Popular Posts