गल्ती

मानिसहरु किन गल्ती गर्न डराउछन् जस्तो लाग्छ ।  मानिसहले गल्तीबाट त सिक्छन् । मानिसहरु गल्तीको बेफाइदा देख्छन् र म फाइदा देख्छु । गल्तीले मानिसहरुलाई धेरै कुराहरु सिकाउँछ । अर्को गल्तीले मानिसहरुलाई जिम्मेवार बनाउछ । त्यसको साथ साथै मानिसहरुलाई आलोचनात्मक बनाउछ । गल्तीले मानिसहरुलाई खुल्ला सोच्न बनाउछन् र बुझ्नको लागि सहज बनाउछ । सबभन्दा महत्वपूर्ण कुरा आफूलाई राम्रो बनाउछ । मानिसहरुलाई नयाँ कुरा गर्नेको लागि प्रेरित गर्छ । केही कुरा समाधान गर्न मदत गर्छ । अर्को कुरा महत्वपूर्ण छ । डर र असफलताको कुनै सिमा हुँदैन । असफलता मानिसहरुको विकल्प हो । गल्तीले केही बाधा गर्दैन । मानिसहरुलाई गल्तीले आइडियासँग सम्बन्ध गर्छ । 

गल्तीको अरु फाइदाहरु हेर्दा ः 
१. अरुको बारेमा सिकाउछ । 
२. राम्रो कुराहरुको छनौट गराउछ । 
३. आफ्नो भावनाहरुसँग सम्बन्ध गराउछ । 

गल्तीको फाइदा त छ तर यसको मतलब यो होइन कि गल्ती जानि जानि गर्ने र अरुलाई हानि गर्ने । गल्तीबाट सिक्नुपर्छ तर जानीकन गल्ती गर्ने होइन । कहिले काही अरुको मन दुखाइन्छ र त्यही बाट सिक्नुपर्छ । 

Comments

Popular Posts