राजेश हमाल

Rajesh Hamal - Wikipedia
म अचम्म पर्छु । नेपालका मानिसहरु देखेर अचम्म पर्छु । विशेष गरी चलचित्रको क्षेत्रमा । अहिलेको चर्चा भनेको राजेश हमालको । दिपाश्री निरौलाले राजेश हमाल महानायक हो र भन्ने अभिव्यक्ति दिइन् । अचम्म परे । राजेश हमालले चलचित्रमा योगदान दिएको योगदान बिर्सि दिइन् । राजेश हमाल पढे लेखेका हिरो हुन् । चाहेको भए उनी अर्को क्षेत्रमा जान सक्थे तर चलचित्रलाई योगदान दिने निर्णय गरे । उनी चलचित्रमा त्यस समय प्रवेश गरे जुन बेला चलचित्रलाई राम्रो मान्दैन थियो । यही क्षेत्रमा धेरै वर्षसम्म राज गरे । विवादमा कहिले परेनन् । मिहिनेत गरे । काममा फोकस भए । आफ्नो हर समय फिल्महरुलाई दिए । राम्रा फिल्महरु पनि दिए र नराम्रा फिल्महरु पनि । फिल्म चल्दा कहिले माथि चढेनन् र फिल्म नचल्दा कहिले दुखि भएनन् । सरल र डिप्लोमासी तरिकाले अन्तर्वार्ता दिन्छन् । दिपाश्री निरौला प्रति रिस पोखेनन् र माफी दिन अनुरोध गरे । 
Rajesh Hamal Official Website | Nepali Actor

उनले कहिले पनि म महानायक हूँ, म सुपरस्टाक हूँ भनि हिडेनन् । आफ्नो काम मात्र गरे । उनले महानायक हूँ भनि आत्म घोषणा गरेका होइनन् । महानायक जनताले दिएको हो । उनीले मलाई महानायक बनाउ भनेका थिएनन् । यो त दर्शकहरु माया हो । उनीकोे व्यत्तित्व र मिहिनेतले महानायक भएका हुन् । उनीले आफ्नो सहकर्मीहरुलाई इज्जत गरे, कामलाई इज्जत गरे र फिल्म बनाउदा कहिले हस्तक्षेप गरेनन् । उनीको राम्रो स्वभावको कारण महानायक भए । उनी जस्तो अरु हुन सक्छन् न त दिपाश्री निरौला न त दिपक राज नै । 



Comments

Popular Posts