समाज
मानिसहरुलाई जे गर्दा पनि सुख छैन । त्योभन्दा अरुको व्यक्तिगत कुरामा हस्तक्षेप गर्छन् र नकारात्मक कमेन्ट गर्छन् । जस्तै ः तिमी मोटाए छौ, तिमीले अहिलेसम्म किन विवाह नगरेको, तिम्रो अनुहारमा के भयो, तपाईको छोरा छोरी के गर्छन्, तपाईको श्रीमान् के गर्नु हुन्छ, कति कमाउनु हुन्छ आदि । त्यसभन्दा पनि छोरी माथि धेरै प्रश्नहरु किन गरिन्छ ? जस्तै ः तिमी मोटायौ भने, तिमीलाई कसैले विवाह गर्दैनन्, तिमी छुच्चो नहुनु, धेरै नबोल्नु, खाना पकाउन सिक, बुढाले जे भने नि, आफू नबोल्नु आदि ।
मोटाउनु नमोटाउनु दुनियालाई किन परवा ? विवाह गर्नु नगर्नु दुनियालाई किन टाउको दुखाइ ? विवाह गर्नु नगर्नुको आफ्नो खुशी हो र विवाह नगरि कोही खुशी हुन्छ भने, अरुलाई किन टाउको दुख्छ ? अर्को कुरा छोरी मान्छे राम्री हुनु पर्ने । अचम्म लाग्छ । मापदण्ड तोकेको छ यो समाजले । यो समाजले छोरीलाई कमजोर कहि न कहि बनाएको छ । अगाडि जान नदिए जस्तो लाग्छ । राम्रो काम गर्दा पनि घमण्डी भइ भन्छन् र नराम्रो काम गर्दा पनि खुट्टा तान्ने छन् । अचम्म लाग्छ यो समाज देखेर ।
अर्को कुरा, छोरीको विवाह गरेपछि ज्वाँइले चिया पकाएर दिँदा, बाहिर लगेर खुवाउदा, बुवा आमा धेरै खुशी हुन्छन् र ज्वाँइलाई माया गर्ने हुन्छन् र यदी बुहारीलाई छोराले पकाएर दियो भने, बुहारी नराम्री ।
हेर्ने दृष्टिकोण कस्तो फरक । आफू पहिला बुहारी थिए र छोरी पनि थिए भन्ने सोच छैन । पहिलाको चलन भनेर परिवर्तन नगर्ने । चल्दै आएको भनिदियो र अगाडिको नासेच्ने । आफ्नो मात्र ठीक र अरु बेठीक जस्तो लाग्छ । मै जान्ने र सुन्ने । आफ्नै जिद्दीपना हुन्छ । समय कता पुगिसकेको थाहा हुँदैन । आफू पछाडिको पछाडि रहिरहन्छन् । राम्रो भने नराम्रो सुनिन्छ । आफू परिवर्तन नभइकन समाज परिवर्तन हुँदैन । सानो कुरामा मात्र केन्द्रित हुने होइन ।
Comments
Post a Comment