नसोचेको कुरा

जिन्दगीमा कहिले काँही नसोचेको कुरा हुन्छन् र आफूले सोचेको कुरा पनि हुँदैन । आफूले भविष्यमा सोचेको कुरा पनि उल्टो हुन पुग्छ । कहिले काँही आफूलाई के गर्ने थाहा हुन्छ र हुँदैन पनि । मेरो केसमा पनि त्यस्तै भएको जस्तो लाग्छ । मैले कहिले पनि सोचेको थिइन कि मैले पत्रकारिता पढ्छु भनेर । मैले यो विषय नसोचिकन पढेको हूँ । 

खासमा मलाई अङ्ग्रजी साहित्य पढ्न मन थियो तर मलाई कविता विभाग मन पर्दैन र कविताको गइराईमा पुग्न सक्दिन र बुझ्दिन पनि । त्यसैले मन गएन पढ्न । त्यसको साथ साथै मलाई निबन्ध पनि मन पदैन । कथाहरु र उपन्यासहरु धेरै पढ्न मन लाग्छ र समय धेरै बिताउन सक्छु । 

त्यसको साथ साथै मैले जिन्दगीमा कहिले पनि सोचेको थिइन कि मैले एससी पास गर्नु भनेर । म स्कूमा फेल भने व्यक्ति । हरेक जाँचमा फेल हुन्थे । मलाई कसैले विश्वास गरेका थिएनन् कि मैले एससी पास गर्छु भनेर । पछि ११ र १२ पढ्न थालेपछि मैले पढाइको महत्व बुझ्न थालेको थिए । त्यही बाट मेरो रुचि उपन्यासमा भएको थियो । त्यही बाट सुरु भयो मेरो साहित्य प्रतिको रुचि जुन अहिले पनि छ । म उपन्यास पढ्न थाले भने धेरै डुब्छु । 

मैले सोचेको थिए कि म राम्रो ठाउँमा जागिर गर्छु तर त्यो अहिलेसम्म हुन सकेको छैन । प्रयास नगरेको होइन तर सोचे जस्तो भएको छैन ।

त्यसको साथ साथै म बाहिर जाने योजनामा थिए तर भाग्यले साथ अहिलेसम्म दिएको छैन । पहिला ट्रान्सक्रिप्ट ढिलो आयो । पछि भुकम्प आयो । अहिले कोरोनाभाइस । मलाई धोका । नराम्रोसँग धोका । त्यसैले योजना कहिले बनाउदिन । 

Comments

Popular Posts