समय

समय कति छिटो बित्छ । त्यसको साथ साथै हरेक चिज बदलिन्छ । विगतका पलहरु हेर्दा र अहिलेको समय हेर्दा धेरै फरक छ । हेर्दा आफूले बिताएको समय नै राम्रो र रमाइलो लाग्छ । 

प्हिला हेर्दा न त मोबाइल थियो न त टेन्सन । छुट्टी हुने बित्तिकै साथीहरुसँग खेल्न गयो । अहिले जस्तो कहाँ २४ घण्टा टि.भी र मोबाइलमा हुन्छ । टि.भी हेर्ने प्रतिक्षा गर्नु पथ्यो । त्यस बेला नेपाल टेलिभिजन मात्र थियो । शनिबार फिल्म प्रसारण हुन्थ्यो र हामी आफ्नो काम सकेर दिउँसो २ः०० टि.भी हेर्न बस्थ्यौ । अहिले च्यानलहरुले फिल्महरु २४ घण्टा प्रसारण गर्छ । अहिले विभिन्न साइटहरु छन् फिल्महरु छन् । पहिला जस्तो प्रतिक्षा गर्नु पर्दैन । 

साथीहरुसँग खेल्न गयो । रमाइलो गथ्यौ । गर्मी र जाडोको कहिले छुट्टी हुन्छ र बाहिर निस्कन पाइन्छ जस्तो हुन्थ्यो । बाहिर धेरै ननिस्के हुन्थ्यो जस्तो लाग्थ्यो बुवा आमालाई तर अहिलेको समय उल्टो भएको छ । अहिलेको बच्चाहरुलाई बाहिर निस्कि भन्नुपर्छ । आजकालका बच्चाहरु हरेक क्षण टि.भी र मोबाइलमा केन्द्रित हुन्छन् ।  बाहिर खेल्ने र साथीहरुसँग खेल्ने क्रम त्रेरै कम छ । आजकालको बच्चाहरुलाई त्यो महत्व छैन । 

त्यसको साथ साथै पहिला धेरै सामानहरु सस्तो थियो तर पैसा हुँदैन । पैसा नभएको बेला आफूसँग त्यो सामान भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो तर अहिले पैसा छ तर हरेक चिज महँगो र महत्व कम भए जस्तो लाग्ग्छ । केही कुराको महत्व छैन । त्यसको साथ साथै मानिसहरुलाई केही पाउन हतार हुन्छ र जे गर्ने पनि हतार । धैर्य छैन । 

त्यसैले समयले जे पनि देखिन्छ र समय अनुसार चल्नुपर्छ। समय फर्केर आउँदैन । समय फर्किन भए म पनि फर्किथे जहाँ मोबाइल र टेन्सन छैन । आफ्नो साथीहरुसँग रमाउथे ।  

Comments

Popular Posts