LIFE IS NOT SAME AS YESTERDAY

जिन्दगीलाई मैले हल्का रुपमा लिएको रहेछु । पहिला म केही कुराहरुलाई गम्भीर रुपमा लिएको थिइन । हाजा थिए । के गर्ने कसो गर्ने केही योजना बनाउदिन थिए । जिन्दगी चलिहाल्छ नि भन्ने थियो । केही कुरको चिन्ता थिएन । मलाई लाग्थ्यो कि मैले सजिलै जागिर पाउछु किनकि मेरो बुवाको सम्पर्क धेरै व्यक्तिहरुसँग थियो । त्यसैले मलाई चिन्ता थिएन तर पनि वास्तवमा अर्को भएर आयो । मेरो लागि लाईफ सजिलो थिएन । अरुले जागिर खोजिदिए पनि काम आफूले नै गर्नु पर्छ । जब काम गर्न थालिन्छ तब थाहा हुन्छ कि आफ्नो स्तर थाहा हुन्छ । जब मैले काम पाए तब म निकै खुशी थिए तर जब मेरो जागिरको अवधि सकियो तब मेरो जिन्दगी अर्को भएर आयो । सोचे कि एउटा ठाउँमा कामको अनुभव भएपछि अर्कोमा पाउन सजिलो हुन्छ तर उल्टो भएर आयो । कुनै ठाउँमा अन्तर्वार्ताको लागि बोलायो त कति ठाउँमा बोलाएन । कहि न कहि म हरेश मानेको थिए । मैले जागिर नपाउदा अर्को के गर्ने भनि योजना गरेको थिइन । मैले सिर्फ यहि सोचेको थिए कि म एनजीओमा काम गर्छु र विभिन्न अनुभव लिन्छु तर त्यसको उल्टो भएर आयो । त्यसको साथ साथै मैले अरु क्षमता वृद्धि गरिन । सोचेको थिए कि सजिलै काम पाउछु तर उल्टो भएर आयो । अहिले सोच्छु कि मैले अरु क्षमताहरु सिकेको भए हुन्थ्यो  । मैले हल्का रुपमा लिएको थिए जिन्दगीलाई । सबै कुराहरु समयले सिकाउदो रहेछ । किताबले नसिकाएको कुरा समयले सिकाउछ र परिस्थितिले पनि । त्यसैले योजनाहरु बनाउनु जरुरी छ ।

जिन्दगीमा त्यसैले क्षमता वा केही न केही सिक्नु पर्दो रहेछ । पछि धेरै काम लाग्दो रहेछ । त्यसको साथ साथै जिन्दगीलाई कहिले पनि चाहिने भन्दा धेरै ग्रान्टेडको रुपमा लिइरहेका छौ । हामीले आफ्नो जिन्दगीलाई कतिसम्म गा्रन्टेड लिन्छौ भन्ने आफ्नो जिन्दगीलाई हेरेर थाहा हुन्छ । त्यसैले LIFE IS NOT SAME AS YESTERDAY. IT KEEPS GOING AND WE NEEED TO ACCEPT THE CHANGE.

Comments

Popular Posts