जवाफ बिन प्रेम

हामी सबै साथीहरु गीत गाउँदै रमाउँदै थियौ । बीच बीचमा हास्थ्यौ पनि । गीतको शब्दहरु र लय बिगा्रदा हामी साथीहरु निकै हास्थ्यौ । त्यही क्रममा, हाम्रो स्कूलको गाडी नक्सालमा रोकियो र मेरो आाँखा एक जनामा पुग्यो । स्कूलको लुगा हेर्दा सिद्धार्थ वनस्थली स्कूलको जस्तो देखिन्थ्यो । उनको हाइट ठीकको थियो । अनुहार पनि ठीकै थियो । गहूँ गोरा थिए तर पनि मेरो नजर उनमै गएको थियो । उनको अनुहार हेर्दा ‘रहना है तेरे दिल मे’ का हिरो आर. माधव जस्तो देखिन्थे । ‘रहना है तेरे दिल मे’ भर्खेर आएको चलचित्र थियो र यस चलचित्रका गीतहरु निकै चलेका थियो खास गरी ‘जरा जरा’ भन्ने गीत निकै चर्चित भएको थियो । केही क्षणपछि गाडी चल्यो र म पछाडि फर्केर हेरिरहे । पहिलो नजरमै बेग्लै आभास आयो । 

अर्को दिन । नक्सालमा फेरि गाडी रोकियो । म उनीलाई हेरे । उनी आफ्नो साथीहरुसँग गफ गरिरहेका थिए । त्यो क्रम निकै दिनसम्म चलिरह्यो । हामी बीच केही संवाद भएको थिएन । सोचे कि यो माया हो । यो भ्रम हो किनकि म बच्चै थिए । म सिर्फ १३ वर्षको थिए र कक्षा ७ मा पढ्थे । सोचे कि यो सिर्फ बच्चापन हो तर मनले भथ्यो कि यो माया हो । 

यो क्रम भएको दुई महिनापछिको कुरा हो । हुन त हामीलाई न त एक अर्कोको नाम थाहा थियो न त हामी बीच कुरा भएको हो तर पनि केही न केही थियो । अनि मैले एक पत्र लेख्ने निर्णय गरे । 

प्रिय साथी,

           म अमिरा शाक्य र म न्यू समित विद्यालयमा पढ्छु र म कक्षा सातमा पढ्छु । थाहा छ हामीले चिन्दैनौ । तिमीलाइ अचम्म लाग्ला मेरो पत्र पढेर । तिमीले त मलाई याद गरेका छैनौ होला । 

मेरो स्कूलको गाडी नक्सालमा रोकिन्छ र त्यही क्रममा, मेरो नजर तिमीमा पुग्यो । तिमीलाई देख्नै बित्तिकै बेग्लै आभास भएको थियो । त्यसको साथ साथै, तिमीलाई देख्दा मलाई ‘रहना है तेरे दिल मे’ को हिरो आर माधव जस्तो लाग्छ । जति जति तिमीलाई देख्छु, झन् माया बढेर आउँछ र तिमीलाई हेर्न मन लाग्छ । 

त्यसको साथ साथै, के म तिम्रो साथी बन्न सक्छु ? म तिम्रो साथी हुन पाए निकै खुशी हुने छु ।

                                                                                                                              तिम्रो नयाँ साथी 

                                                                                                                               अमिरा शाक्य 

मनमा डर थिया कि के प्रतिक्रिया आउने हो भनेर । त्यसको साथ साथै कसैले यो पत्र देख्यो भने वा कसैको हात प¥यो भने ? मनमा धेरै कुराहरु खेलिरहेका थिए । यो पत्र कम्प्युटरको किताबमा राखे । मन दोधारमा थियो । अन्त्यमा दिने निर्णय गरे । भोलि कहिले आउँछ जस्तो भयो । 

भोलिपल्टको कुरा हो । मेरो मन घड्कियो । दिन त कसरी ? सबै जनाले थाहा पाउँछन् । पछि सोचे थाहा पाए पनि केही फरक पर्दैन । नक्साल आइसकेपछि मैले झ्यालबाट “है” भने । सबैले हेरे र उनले पनि हेरे । अनि पत्र पाले र भने,“तिम्रो लागि ।” 

गाडीमा भएको सबै जनालाई मलाई हेरे । अचम्म पाराले हेरिरहेका थिए । विशेष गरी मेरो मिल्ने साथी निक्कीले । अनि म नर्भस भए । अनि सबै साथीहरुरुले मलाई सोधे र मैले सबै कुरा व्यक्त गरे । अब मेरो साथीहरुले मलाई जिस्काउने वाहान न पाएका थिए । यो रोज हुन थालेको थियो तर मेरो जवाफ आएको थिएन । धेरै चोटि पत्र पठाए तर जवाफ कहिले आएन । 

एक दिनको कुरा हो । गाडी नक्सालकै अगाडि बिग्रियो । म निकै खुशी भएको थियो । यो राम्रो मौका सोचे र हामी सबै जना गाडीबाट निस्कियौ । अनि म उनी बस्ने ठाउँमा गए । उनको साथीहरुलाई चाँहि देखे तर उनलाई देखिन । म उनको साथीहरु भए ठाउँमा गए र उनको बारेमा सोधे उनी बिरामी भएका रहेछन् । त्यही क्रममा, मैले उनको नाम थाहा पाए । ज्ञानु क्षेष्ठ रहेछ र कक्षा ७ मै पढ्ने रहेछन् । एक प्रकारले मन खुशी भएको थियो थियो किनकि मैले उनको नाम थाहा पाएको थिए । अर्को तर्फबाट मन दुःखी थिए किनकि आज राम्रो मौका थियो उनीसँग बोल्ने । । मन उदास थियो । मन छटपटाउन थाल्यो । एक पल्ट बोल्न पाए हुन्थ्यो जस्तो भएको थियो । 

मेरो ध्यान ज्ञानुतिर नै थियो । मेरो ध्यान न त पढाइमा थियो न त घरमै । हेर्दा हेर्दै एक हप्ता भइसकेको थियो मैले उनलाई नदेखेको । मनमा चिसो पयो र निकै बिरामी भए नि भन्ने भयो । घर देखेको भए भागेर भए पनि जान्थे । 

समय बित्दै गयो र ज्ञानुलाई देखेर एक वर्ष बित्यो । धेरै चोटि पत्रहरु लेखेर दिएको थिए तर जवाफ केही आएको थिएन । उनले वास्ता गरेनन् । अनि म नयाँ स्कूलमा भर्ना भए तर मन शान्त थिएन । समय बित्दै गयो तर उनको यादले छोडेको थिएन । नयाँ स्कूल भर्ना भएको दुई महिनापछिको कुरा हो । म स्कूलको लुगामै थिए । म छिट्टै घरबाट निस्के । अनि चाबहिलबाट गाडी चडेर नक्साल पुगे । केही बेर त्यही बसिरहे र १० मिनेटपछि ज्ञानु आफ्नो साथीहरुसँग आएका थिए र म उनको नजिक गए हाई भने । उनले अचम्म पाराले हेरे र आफ्नो साथीहरुलाई हेरे । उनले मेरो हाईको जवाफ दिएका थिएनन् । अनि मैले उनलाई हेर्दै भने,“तिमीले त मेरो पत्रहरुको जवाफ दिएनौ ?”

उनले केही जवाफ दिएनन् । खै, किन हो मौन थिए । मलाई हेर्न जरुरी पनि सोचेनन् । अनि उनको स्कूलको बस आयो र ज्ञानु गएको हेरिरहे तर उनले हेर्न जसरी सोचेनन् । त्यस दिन म स्कूल ढिलो पुग्यो । यो क्रम निकै दिनसम्म चल्यो र उनी मौन नै हुन्थे । जवाफ केही दिँदैन थिए । मूर्तिझै हुन्थे । अन्त्यमा मैले हार माने र म उनलाई भेट्न छोडे । कमसेकम जवाफ दिएको भए हुन्थ्यो । मलाई जवाफ चाहिएको थियो तर पाइन । मैले उनको लागि भनि म दुई हप्तासम्म उनको लागि गएको थिए तर केही अर्थ भएन । 

Comments

Popular Posts