अहिले र पहिले

अहिलेको बच्चालाई म हेर्छु । उनीहरुलाई केही हदसम्म सजिलो छ र केही हदसम्म गाह्रो छ । सजिलो यो अर्थमा कि उनीहरुलाई केही हदसम्म सुविधा पाएका छन् । अहिलेका बच्चालाई प्रविधिको रुपमा धेरै सहज छ । उनीहरुले जन्मेदिेखि नै प्रविधिसँग रमाएका छन् । जस्तैः ल्यापटप र मोबाइल । अहिलेको बच्चाहरुलाई हेर्दा म आफ्नो बालापन सम्झन्छु । 

मैले कम्युटर ठूलै भएपछि राम्ररी चलाउन थालेको । ईन्टनेट कक्षा १२ सकेपछि मात्र चलाउन थालेको । राम्रोसँग ईमेल चलाउन पनि कक्षा १२ सकेपछि मात्र हो । युटयुब त स्नातक डिग्री सकेपछि राम्रोसँग चलाउन थालेको । मोबाइल त मैले स्नातक डिग्री सकिने बेलामा प्रयोग गर्न थालेको । नोकियाको म्युविक इक्सप्रेस थियो । यो मोबाइल मैले सन् २०१० किनेको थिए र मैले यो मोबाइल डाढे पाँच वर्षसम्म चलाए । पछि मात्र स्मार्ट फोन चलाउन थाले तर अहिलेको बच्चाहरुले ल्यापटप र मोबाइल बच्चैदेखि चलाउन थाले । 

त्यसको साथ साथै अहिलेका बच्चाहरुलाई जन्मदिनमा केक नभइ हुँदैन र उपहारहरु पनि उनीहरुकै अनुसार हुनु पर्ने । पैसा जति सुकैको होस् उपहारहरु उनीहरु कै ईच्छा अनुसार हुनु पर्छ । तर त्यो समय बेग्लै थियो । त्यस समय पाँच रुँपैया पनि ठूलो हुन्थ्यो । पैसा पाउँदा निकै खुशी हुन्थे र पसल गरेर चकलेट किन्थे । त्यसको साथ साथै त्यस समय केही टेन्सन थिएन । आनन्दको जिन्दगी थियो जस्तो लाग्छ । अहिलेका बच्चाहरुलाई सुविधा छ न त छ त कहि न कहि उनीहरुलाई आनन्द छैन । जति जति समय बढ्दै जान्छ, त्यति प्रतिस्पर्धा छ र त्यहि अनुसार चल्नु पर्छ र कहिले काही के गरिरहेको छ भन्ने थाहा हुँदैन । उनीहरुलाई अरुले जे गरे त्यही गर्नु पर्ने र अरुबाट राम्रो भन्दा नराम्रो कुरा सिक्न सक्छन् । 

Comments

Popular Posts