यादहरु २

यो मौसम बेग्लै छ र यो मौसमले मलाई आफ्नो अतितको याद दिलाइ दिएको छ । मलाई आफ्नो स्नातक डिग्रीको याद दिलायो । स्नात डिग्री पढ्दा धेरै रमाइलो गथ्यौ । त्यसको साथ साथै म निकै लाइबे्ररी जान्थे । त्यसको साथ साथै, कक्षामा धेरै गफ पनि गथ्यौ र कहिले काँही सरहरुको पनि कुराहरु काट्थ्यौ । कोही सरहरु हामीलाई चिन्त बुझ्दैन थियो । हामी साथीहरु फिल्महरु, सिरियल, गीतहरुको बारे कुरा गथ्यौ । एक जना साथी त रजत टोकसको निकै फ्यान थिइन् । अनि मैले उनको जन्मदिनको दिन रजत टोकसको फोटोहरु गिफ्ट दिएको थिए । उनी निकै खुशी भएकी थिइन् । अहिले उनी कता छिन् मलाई नै थाहा छैन । सम्पर्कबिन भएकी छिन् । निकै खोजी गरे तर मैले उनको बारेमा केही थाहा पाएको छैन । 

त्यस समय कान्तिपूर टेलिभिजन निकै हेथ्यौ । त्यसमा पनि हामी न्यूज एंकरको बारेमा कुरा गथ्यौ । विजय पौडेल र सिम्रिका शर्मा निकै मन पर्ने । विशेष गरी सिम्रिका शर्मा निकै मन पर्ने । मेरा केही साथीहरु कान्तिपूर टेलिभिजनमा काम गर्थे र उनीहरुलाई सिम्रिका शर्मासँग भेटाइदिन आग्रह गर्थे तर त्यस समय कहिले भेटिन । त्यस बेला कलेज कान्तिपूर टेलिभिजनकै नजिक थियो । कहि कतै भेट्छु कि भन्ने थियो तर कहिले देखिन । त्यस समय भेट्ने रहर निकै थियो तर भेट्न नपाउदा मन निकै उदास हुन्थ्यो । त्यसको साथ साथै, उनीको नामले मेरा साथीहरुले जिस्काउथे र म मख्ख पर्थे । 

पछि कलेज नयाँ बानेश्वरबाट नक्सालमा स¥यो । नक्साल सर्दा हामी निकै बाहिर निकै बाहिर गएर खान्थ्यौ र झन् रमाइलो गथ्यौ । अनि हामी कलेजको प्रशासनमा निकै बस्थ्यौ किनकि सर निकै रमाइलो र मिलनसार हुनु हुन्थ्यो । सबै विद्यार्थीहरुसँग मिल्नु हुन्थ्यो । हामीलाई साथी जस्तो व्यवहार देखाउनु हुन्थ्यो । त्यसको साथ साथै म आफ्नो सिनियर र जुनियरहरुसँग निकै मिल्थे । एक जना भाइसँग मेरो राम्रो दोस्ती भएको थियो किनकि हामी दुई जना निकै किताबहरु पढ्थ्यौ र हाम्रो किताबहरुको छनौट एउटै थियो । अहिले पनि कुरा हुन्छ भाइसँग । ती पलहरु सम्झदा रमाइलो लाग्छ र कहिले काँही भावुक पनि हुन्छु । अहिले आफूसँग पढेका साथीहरु प्रायः बाहिर छन् र कहिले काँही निकै सम्झन्छु । उनीहरुसँग भेट्न पाए हुन्थ्यो जस्तो लाग्छ । 

Comments

Popular Posts