पुरुषहरुको पीडा

जति महिलाहरुलाई आफ्नो भूमिका निभाउन गाह्रो छ, त्यति नै पुरुषहरुलाई पनि गाह्रो छ । त्यसको साथ साथै महिलाहरुलाई भन्दा पुरुषहरुलाई धेरै अगाडि जान वा बढ्न सक्छन् र महिलाहरु भन्दा पुरुषहरुको प्रतिष्ठा छ । उनीहरुले आफ्नो लिङ्गको कारणले भेदभाव र उत्पीडन भोग्ने सम्भावना पनि महिलाको तुलनामा कम हुन्छ । सामान्यवया, पुरुष र महिला दुवैले महिला हुनु भन्दा पुरुष हुनुमा बढी फाइदाहरु देख्छन् तर पनि पुरुषहरुलाई पनि गाह्रो  छ र केही असहज अनुभव गर्छन् । 

पैसा कमाउने बाध्यता र कर 

जसरी महिलालाई श्रीमती र आमाको भूमिका निर्भाह गर्न जरुरी छ, त्यसरी नै परिवारको आधारभूत पूरा गर्न पैसा कमाउने बाध्यता र कर हुन्छ । पैसा कमाउने क्रममा, उनले केही हदसम्म परिवारलाई समय दिन सक्दैनन् । नकमाए उनको आत्मसम्मानसँग जोडिएको हुन्छ । यही कमाए वा राम्रो तलब भएमा उनलाई सफलताको रुपमा लिइन्छ । अर्को शब्दमा भन्नुपर्दा, हाम्रो समाजमा पुरुषले आफूलाई राम्रो महशुस गर्न पैसा कमाउछन् । 

अन्य सीपहरुको अपर्याप्त विकास 

पैसा कमाउने दबाबले अन्य भूमिका र सीपहरुको विकासमा हस्तक्षेप हुन्छ । धेरै जसो पुरुषहरुलाई आफ्नी आमाहरुले हेरचाह गर्ने भएकाले, तिनीहरुले आफ्नी श्रीमतीहरुबाट त्यस्तै हेरचाहको अपेक्षा गर्न सक्छन् । कतिपय पुरुषहरुले पकाउने, लुगा धुने वा घरको हेरचाह गर्ने कुराहरु कसैले सिकाएको हुँदैन । जसका कारण उनीहरु आफ्नो घरेलु आवश्यकताका लागि महिलाहरुमा निर्भर महशुस गर्छन् ।

भावनात्मक स्टेरियोटाइपहरु 

कतिपय पुरुषहरुले आफूहरु प्रतिस्पर्धी, आक्रमक, स्वतन्त्र र भावनाविहीन हुने र अझ खुला, अभिव्यक्त र हेरचाह गर्ने उनीहरुको आफ्नै इच्छाको बीचमा समाजको अपेक्षाहरु बीच फसेको महशुस गर्छन् । महिलाको तुलनामा पुरुषहरु मात्र कम रुने सम्भावना मात्र होइन, तिनीहरुको अवसाद, क्रोध र डरको भावना व्यक्त गर्न पनि कम सक्षम हुन्छन् ।  

Comments

Popular Posts