यादहरु

यादहरु मनिसहरुको जिन्दगीमा महत्वपूर्ण हुन्छ । राम्रो कुराको होस् या नराम्रो कुराको होस् यादहरु आउँछ । कुनै यादहरुले हसाँउछ र कुनै यादहरुले रुवाउछ पनि । मानिसहरुको जिन्दगी अगाडि बढ्दै जान्छ तर यादहरु रहिरहन्छ । कुनै यादहरु यस्तो हुन्छ कि कहिले बिर्सिदैनौ पनि । 

मेरो जिन्दगीलाई पनि हेर्न हो भने मेरो जिन्दगीमा धेरै घटनाहरु घटे तर केही घटनाहरु प्नि बिर्सिन । बच्चामा भएका घटनाहरु प्नि याद आइरहन्छ । स्कूलमा पढ्दाको यादहरु विशेष हुँदो रहेछ । धनकुटामा कक्षा १ र २ पढेको थिए । धनकुटामा पढ्दा मैले धेरै कुराहरु सिक्ने मौका पाए । स्कूलमा अनुशासन थियो र केही चिजहरुमा अनुशासित छु  जस्तो लाग्छ । धनकुटामा पढ्दा साहित्यमा रुचि भएको थियो । खेलकुदमा भाग लिन्थे । वातावरण निकै राम्रो थियो र धनकुटाको स्कूलको याद निकै आउँछ । 

त्यसको साथ साथै कक्षा ३ देखि ६ सम्म न्यू समित स्कूलमा पढे । यो स्कूलमा पढ्दा पनि म साहित्यमा भाग लिन्थे । पढाइमा भन्दा पनि विभिन्न गतिविधिमा भाग लिन्थे । त्यही क्रममा, म साथीहरुसँग धेरै मिल्थे र साथीहरुको घरमा गइरहन्थे । छुट्टी हुने बित्तिकै साथीहरुको घर पुग्थे । अहिले त्यो पलहरु सम्झदा राम्रो लाग्छ र दुःखी पनि । प्रायः सबै साथीहरु विदेशमा छन् । उनीहरुको याद आइरहन्छ । कक्षा १० सम्मको त याद नै आउँछ । साथीभाइहरुसँग रमाइलो गरेको निकै याद आउने । अहिले पनि केही स्कूलका साथीहरुसँग भेट हुन्छ र हामी स्कूलको कुरा गर्न थाल्छौ । स्कूल पढ्दा मेरो पढाइ त्यति राम्रो थिएन । मलाई विज्ञान र गणित पढ्न त्यति मन पर्देन थियो र सरहरु धेरै गाली पनि गर्नु हुन्थ्यो त। पनि म सुन्दिन थिए । गणित र विज्ञानका किताब भित्र लुकाएर पढ्थे । एउटै कथा धेै चोटि दोधाएर पढ्थे ।  

शिक्षकको पनि पिटाइ खाएको छु । मलाई याद छ कि मैले कक्षा ७ पढ्थे । मलाई गणित पढाउने सरले नराम्रोसँग पिट्नु भएको थियो त्यो पनि लठ्ठीले । उहाँले मात्र होइन नेपाली पढाउने माडमले पनि नराम्रोसँग पिट्नु हुन्थ्यो । कविता राम्रोसँग याद गर्नु पर्ने र याद नगर्दा पिट्नु हुन्थ्यो या उठ् बस गराउनु हुन्थ्यो । उहाँदेखि धेरै रिस उठ्थ्यो र धेरै नामहरु राखेको थिए । 

Comments

Popular Posts