नमिठो धोका

 १

साँझको ७ः०० बजिसकेको थियो । म र सुरज पाटनको एक क्याफेमा बसेका थियौ । सुरज र म बच्चादेखिका साथी हौ । स्कूलदेखि कलेजसँगै पढेका हौ । मेरो हरेक दुः ख र सुखमा सुरजले मलाई साथ दिएका थिए । हामी सबै कुराहरु सेयर गथ्यौ र एक अर्कोको बारेमा सबै थाहा हुन्थ्यो । 

हामीले मःम र क्यापिचिनो अर्डर गयौ । अर्डर गरिसकेपछि सुरजले मलाई हेर्दै भने,“तिमी किन अगाडि बढ्दैनौ ? समरले तिमीलाई छोडेर गइसक्यो । तिमीले सधैभरि आफूलाई दोष दिएर हुँदैन । तिम्रो गल्तीले छोडेको होइन । उनले तिमीलाई कहिले माया गरेकै थिएन । केही समय तिमीसँग बितायो र अर्को पाएपछि छोडिदिइसके । यसमा तिम्रो केही दोष छैन । तिमीले त उनलाई मनदेखि माया गथ्यौ तर उनले तिमीलाई बुझेन । त्यो तिम्रो गल्ती होइन । समरको गल्ती हो । तिमीलाई नबुझ्नु, तिम्रो मनलाई नचिन्नु उनको भूल हो । त्यसैले उसलाई बिर्सिदेऊ किनकि समर तिम्रो लायक थिएन । तिमीले समरभन्दा राम्रो व्यक्ति पाउछौ । वातावरणमा मौनता छाएको थियो र हामीले एक अर्कोलाई हेर्दै थियौ । सुरजले मेरो जवाफ कुरेर बसेका थिए । म केही बोलिदियोस् जस्तो गरेका थिए । त्यही क्रममा, हामीले अर्डर गरेको कफी आयो । कफीलाई हेरिरहे । मनमा धेरै कुराहरु थिए । अनि मौनता तोड्दै मैले भने, “बिर्सेन धेरै कोसिस गरे तर सकिन । आफ्नै गल्ती जस्तो लाग्छ । कहिले काँही लाग्छ कि मेरो मायामा कमी भएर होला, उनले मलाई छोडिदिएका । त्यसको साथ साथै न त म राम्ररी नै छु न त स्मार्ट नै । मानिसहरुले खोज्ने नै त्यही रहेछ । मन भरीको माया कसैले बुझ्दैन रहेछ ।” 

“कसैले त तिमीलाई बुझ्छ । तिमी हरेस् नमान । सबै कुरा ठीक हुन्छ । आफू प्रति विश्वास राख ।” उनले मलाई हौसला दिँदै भने । 

त्यही क्रममा हामीले अर्डर गरेको मःम पनि आइपुग्यो । वातावरणमा मौनता छाएको थियो । सुरज मलाई एक नासले हेरिरहेका थिए । उनले मेरो मनसाय बुझि सकेका थिए । तै पनि उनले मलाई हेर्दै भने,“मेरो कुरालाई एकपटक राम्ररी सोच्नु । अतितमै अड्केर नबस । आफ्नो जिन्दगीको साथ साथै अरुको बारेमा सोच । तिम्रो जिन्दगी अरुसँग पनि जोडिएको छ । आफ्नो परिवारको बारेमा पनि सोच ।”

म उनलाई एक नासले हेरिरहे । मसँग केही शब्द नै थिएन । हुन पनि हो । म आफ्नो अतितबाट निस्किन सकेको थिइन । म अनि आफै संसारमा हराउन थाले । समरको संसारमा हराउन थालेको थिए । केही समयपछि सुरजले मेरो हातमा चिमोटे र म यथार्थमा आए र उनले मलाई हेर्दै भने,“हैन । तिमी फेरि अतितमा हराएको हो ?”

“हैन ।” मैले उनलाई नहेरिकन भने । मलाई थाहा छ उनले मेरो कुरा पत्ताएनन् भनेर । अनि दुवै जनाले मःम र कफी खान थाल्यौ । खाइसकेपछि सुरजले बिल तिरे र हामी निस्कियौ । सुरजले नै मलाई घर पु¥याइदिए । 

म पाटनमै बस्ने भएकाले बाइकमै १० मिनेटमा पुगेको थिए । प्रेस भइसकेपछि म अफ्नो कोठामा थिए र खाटमा पल्टिएको थिए । सुरजको कुरा सम्झिए र उनले  भएको कुरा पनि ठीक हो । म साँच्चिकै अतितमा नै अड्किएको थिए । अगाडि बढ्न सकेको थिइन । त्यसको साथ साथै म आफ्नो अतितमा पुगे । .................................................................................................................................................................

समर र मेरो भेट मेरो मिल्ने साथी अर्चना शर्माको जन्मदिको पार्टीमा भएको थियो । म एक कुनामा बसेर वाईन पिउँदै थिए र त्यही क्रममा, समर मेरो नजिक आए र भने, “हाई ।”

“हाई ।” मैले उनलाई हेर्दै भने । 

उनले सेतो टि–सर्ट माथि कालो कोट लगाएका थिए । कालो पाइन्ट र कन्भर्स जुत्ता लगाएका थिए । मान्छे हेर्दा राम्रा थिए । कपाल ठीकको थियो । हेर्दा जिम जान्छन् जस्तो देखिन्थे । 

“तपाइ अर्चनाको साथी ?”

“हो ।”

“हाई । म समर शाक्य । म पनि अर्चनाको साथी ।” उनले आफ्नो दाइने हात अगाडि ल्याए । म केही नबोलिकन त्यस ठाउँमा निस्के । पार्टीमा उनले मलाई हेरिरहेका थिए । 

भोलिपल्टको कुरा हो । दिउँसोको समय थियो । म फेसबुक हेर्दै थिए र समर शाक्यले मलाई साथीको लागि अनुरोध पठाएका रहेछन् । मैले वास्ता गरिन । मैले उनलाई राम्ररी चिनेकै थिइन र त्यसैले मैले वास्ता गरिन । केही समयपछि म्यासेजको आवाज पनि आयो र कसको रहेछ भनेर भनि हेरे । समरको रहेछ । हाई भनि पठाएका रहेछन् । मैले हेरे मात्र । जवाफ दिएको थिइन । पछि फेरि म्यासेज आयो । 

“कस्तो म्यासेज हेरेर पनि जवाफ नदिएको ?”

म्यासेज मात्र हेरेको मात्र थिए र मैले फेसबुकबाट लग आउट गरे । अनि म बाहिर निस्किए । 

दिन दिनै जस्तो समरले मलाई म्यासेज पठाइरहन्थे । पछि अति भएपछि मैले जवाफ दिए र त्यस पश्चात हाम्रो कुराहरु हुन थालेको थियो र भेट्न थाल्यौ । कुरा गर्दै र भेट्दै जाँदा मैले उनको बारेमा थाहा पाए । उनले आईटी पढेका रहेछन् र डियर वाकमा भर्खेर काम सुरु गरेका रहेछन् । हामी सम्बन्धमा बसेको एक वर्ष भइसकेको थियो तर हाम्रो बारेमा कसैलाई थाहा थिएन र सुरजलाई पनि थाहा थिएन । 

सम्बन्धमा बसेको एक वर्षपछिको कुरा हो । दिउँसोको समय थियो । मैले उनलाई फोन गरे तब उनको फोन उठेन । धेरै चोटि फोन गरे तर उठेन र अन्त्यमा आएर फोन स्विच अफ थियो । मन छटपटाउन थाल्यो । उनले कहिले यसो गरेका थिएनन् । यो निकै दिनसम्म चलिरहयो । मन शान्त थिएन । अन्तिममा आएर मैले अर्चनालाई फोन गरे । 

“हेलो ।” मैल भने ।

“हाई । तैले तँ निकै दिनपछि फोन गरिस् त । अचम्म परे त ।”

“अँ । भेटौन भनेर फोन गरेको ।”

“भन्न त कहिले भेट्ने ?”

“दुई हप्ता पछि । अनि सुन्न ।”

“भन्न ।”

“तेरो साथी समरको नम्बर छ भने दिए न ।”

“तँलाई किन चाहियो ? के पारा हो साथीको ?” उनले जिस्काउँदै भनिन् । 

“त्यस्तो केही होइन । मलाई कम्युटर सम्बन्धी केही काम छ । त्यसैले खोजेको मात्र ।”

“ए । म तँलाई म्यासेजमा पठाउछु ।”

“हुन्छ ।”

केही क्षणमै उनीले नम्बर पठाइदिइन् । अनि मैले फोन गरे । सुरुमा गर्दा उठाएनन् । तेस्रो चोटि गर्दा मात्र समरले उठाए ।

“हेलो ।” उनले भने ।

“हेलो ।” मैले भने र मेरो धड्कन धड्किन थाल्यो । 

“सोफि ।” समरले अचम्मित हुँदै भने । 

“हो । म सोफि ।”

वातावरणमा बेग्लै आभास आइरहेको । लाग्दै थियो कि हामी अपरिचित थियौ । अनि मैले फेरि भने,“आजकाल तिमीलाई के भएको छ ? मेरो फोन पनि उठाउदैनौ ?”

समर मौन थिए । बोल्न मन गरेका थिएनन् । जस्तो लाग्ने अनि मौनता तोड्दै मैले भने,“तिमी किन मौन छौ ? केही त बोल ।”

“तिमीसँग पछि कुरा गर्छु नि ।” 

“मलाई जवाफ चाहिएको छ ।”

“म तिमीलाई सबै कुरा व्यक्त गर्छु तर अहिले होइन ।” 

“मलाई अहिले जवाफ चाहिएको छ ।”

उनले फोन काँटे । मलाई नराम्रो लाग्यो । मैले त उनलाई निकै माया गरेको थिए । मैले त्यस्तो के गरेको थिए र ? म निकै रोएको थिए । समरलाई मैले निकै फोन गरे तर उनले मलाई वास्ता गरेका थिएनन् । अन्त्यमा आएर दुई हप्तापछि हाम्रो भेट भयो । दिउँसोको ३ः०० बजेको थियो र हामी भक्तपुरको बोतामा थियौ । वातावरणमा मौनता छाएको थियो । समर यता र उता हेर्दै थिए । लाग्दै थियो कि उनलाई मसँग भेट्न मन छैन । अनि मौनता तोड्दै मैले भने,“तिमीलाई आजकाल के भएको छ ? मेरो जवाफ किन दिदैनौ ? मलाई किन वास्ता गर्दैनौ ? मबाट के गल्ती भयो ?”

समर मौन नै भए । मलाई एक पलको लागि हेरे तर पनि मौन नै थिए ।

”किन मौन छौ ?” मैले रिसाउदै भने । 

“मलाई तिमी मन पर्दैन थियो । म अर्कोलाई मन पराउछु ।” 

“यो तिमी के भन्दै छौ ? यदी म मन पर्दैन थियो भने किन मसँग मायाको नाटक गरेको ?”

“तिमीसँग भेट हुनु अगाडि नै म अरुसँग नै सम्बन्धमा थिए र उनी मसँग रिसाएकी थिइन् । उनीलाई जलाउन मैले तिमीसँग प्रेमको नाटक गरेको हूँ ।”

“यो तिमी के भन्दै छौ ? तिम्रो प्रेमिका रिसाएकी छन् भन्दैमा अरुसँग त्यस्तो गर्ने हो ? तिमीले यो सब गरेर के पा¥यौ ?” म निकै भावुक भए । 

“तिमी जस्तो लागि कसले भाउ दिन्छ र ? न त तिमी राम्ररी नै छौ न त स्मार्ट नै । त्यसको साथ साथै तिमीसँग बस्दा केही फिल हुँदैन । आजकालको जमानामा शारीरिक सम्बन्ध कसले गर्दैन र ? तिमी त अर्को खाले छौ । तिमीसँग म जिवनभर बस्न सक्दिन । कोही पनि बस्न सक्दैन ।”

समर यी सब भन्दा म आकाशबाट झरेझै भए र म बोताबाट निस्किए । घर पुगेपछि म निकै रोए । मैले त उनलाई साँच्चो माया गरेको थिए तर उनले मलाई प्रयोग मात्र गरेका रहेछन् । के म चाँहि नराम्ररी छु ? के कसैलाई मलाई प्रेम गर्दैनन् ? एक वर्षसम्म समर मसँग थिए र यी दिनहरुमा उनले मेरो माया देखेनन् ? मेरो मन चिन्न सकेनन् ? म निकै दिनसम्म घरबाट निस्केको थिइन । म घरबाट ननिस्केको देखेर बुवा र आमाले मलाई के भयो भनि सोध्नुभयो तर मैले केही जवाफ दिइन । धेरै दिनसम्म सोध्नु भयो तर म जवाफ विहीन भए । पछि सुरजलाई खबर गर्नु भए छ र उनी मलाई भेट्न आए र मैले उनलाई हग गरे र निकै रोए । उनले मलाई रुन दिएका थिए र केही बरेपछि मैले उनलाई सम्झाउदै थिए । यो घटनापछि म मुस्कुराउन र बाहिर जान कम भएको थियो । समरलाई बिर्सेन सकेको थिइन तर सुरजले मेरो साथ कहिले छोडेनन् । 

अतितको कुरा सम्झिदा सम्झिदै म कति बेला सुते छु थाहा भएन । 

वैशाखको सुरुकै हप्ताको कुरा हो । मैले पाटन माध्यमिक विद्यालयमा पढाउन थालेका थिए । कक्षा १ र २ लाई अङ्ग्रेजी विषय पढाउन थाले । समय बित्दै गयो र म निकै व्यस्त हुन थाले र समरलाई बिर्सेने क्रममा थिए । जति व्यस्त भए पनि मेरो र सुरजको भेट हुन्थ्यो र एक अर्कोलाई सानो कुरा पनि सेयर गथ्यौ । 

काम गरेको एक महिनापछिको कुरा हो र शनिबारको दिन । स्कूल छुट्टी थियो । म इन्स्टागा्रम हेर्दै थिए । इन्स्टागा्रममा मलाई फलो गर्ने धेरै थिए तर मैले वास्ता गरेको थिइन । अनि मलाई फलो गर्नेहरुलाई हेर्न थाले । मेरो नजर सुरुमा भएको व्यक्तिमा पुग्यो । प्रोपलाइल प्राइभेट गरिएको रहेछ । नाम चान येओल माइकल थियो र मैले उनीलाई पनि फलो गरे । उनलाई फलो गरेको केही समयपछि उनको म्यासेज आयो । 

“Thank You for following me here.”

“Welcome.”

“You are pretty and beautiful. What country are you from?”

“Thank You. I am from Nepal. And you?”

“I am from Sinapore but I am currently live in Germany.”

त्यस पश्चात हाम्रो कुरा हुँदै गयो र उनको बारेमा थाहा पाउदै गए । उनी रिग  कम्पनीमा काम गर्दा रहेछन्ः त्यो पनि प्रबन्धकको रुपमा । उनीको आमा चाँहि सिंगापुरमा बस्नु हुँदो रहेछ र उनका बुवा कार दुर्घटनामा बित्नु भएको रहेछ । पछि व्हाट्सएपमा कुरा हुन थाल्यो । म्यासेजको साथ साथै भिडियो कल हुन थालेको थियो । कुरा र म्यासेजहरुको साथ साथै फोटोहरु पनि सेयर हुन्थ्यो ।

हाम्रो कुरा भएको तीन महिनापछिको कुरा हो । उनले मलाई म्यासेज पठाए । 

“I Love You. Will You Marry Me?”

मेरो दिमागमा यति छिटो भन्ने भयो । अनि मैले म्यासेज पठाए । 

“It’s too fast. I cannot decide right now. We know each other for three months but it’s virtual. We need to meet so I can decide.”

खासमा मलाई माईकल मन पर्ने थालेको थियो तर हाम्रो भेट भएको थिएन । भेट्न जरुरी थियो । मैले पठाएको म्यासेज त गयो तर जवाफ आएको थिएन । पछि दुई घण्टापछि मात्र उनले म्यासेज आयो । 

“Ok. No problem. I will come to meet you soon.”

“Thank You.”

अनि हाम्रो कुरा हुन थाल्यो । समय बित्दै गयो । म उनको संसारमा हराउन थाले । म संसार नै बिर्सिएको थिए र अरुलाई पनि । म उनीसँग कुरा गर्दा म निकै रमाउन थालेको थिए ।

समय बित्दै गयो  । दुई दिन पछि माइकलले म्यासेज पठाए । 

“Hey.”

“Hey. I am at school and busy. Will text you when I reached home.”

“Ok.”

म निकै व्यस्त नै थिए । विद्यार्थीहरुको क्लास टेस् आउने केही हप्ता बाँकी थियो । स्कुलमा काम गर्न गाह्रो हुँदो रहेछ । काम गर्दा गर्दै ६ः०० बजिसके छ र काम सकेर घर फर्किए । फेस भएर किचेनको काम गर्न थाले र किचेनको काम सकेपछि मात्र उनलाई म्यासेज पठाए । 

“Hey. What are you doing?”

“Was waiting for your message.”

“Really?”

“Yes.”

अनि मायाको ईमोजि पठाए ।  

“By the way, I am sending you some gifts on the occasion of your birthday. Will you give me your address?”

“Sorry. I cannot accept your gift.”

“I am sending you as a best friend.”

“I just need you but not gift.”

खासमा मलाई उपहारभन्दा उनको साथ र माया चाहिएको थियो । माइकल नेपाल आइदियोस् जस्तो भएको थियो । उनले मलाई धेरै चोटि नेपालको ठेगाना मागेपछि मात्र दिएको थिए । मेरो जन्मदिन आउन तीन दिन बाँकि थियो ।

उनले उपहारको पार्सलको फोटो पठाए । पार्सल निकै ठूलो थियो र ठूलो देखेपछि मैले सोधे कि पार्सलमा के छ भनेर र उनले मलाई तिम्रो लागि भनि मँहगो सामान पठाएको छु भनेर म्यासेज पठाए तर के थियो त्यो चाँहि भनेनन् । अनि फेरि उनले मलाई म्यासेज पठाए ।

“Company will sent you an email. Your package will be delivered a day after your birthday.”

“Ok.”

मेरो जन्मदिनको अघिल्लो दिन । साँझको समय थियो र म खाना खाँदै थिए । व्यहाट्सएपमा म्यासेजको आवाज आयो । माइकलकै थियो । 

“Please check your email. Company has sent you an email.”

“Ok.”

अनि ईमेल हेरे । ईमेलको तल पट्टि लेखिएको थियो कि माइकलले पठाएको पार्सल पाउनको लागि मैले नेपाली पैसा रु. ६५,००० तिर्नु पर्ने । म छक्क परे किनकि पार्सलको लागि पठाउने व्यक्तिले तिर्नु पर्ने हुुन्छ । अनि मैले माइकललाई यस बारे सोधे र उनले महँगो सामानहरुलाई पाउने व्यक्तिले तिर्नु पर्छ । मैले के महँगो सामान भनि सोधे तर उनले जवाफ दिएनन् । हुन त मसँग त्यत्रो पैसा थिएन र मैले ईमेललाई वास्ता गरिन र जवाफ दिइन । पैसा मैले बुवासँग माग्न सक्दिन थिए र मैले भर्खेर जागिर गर्दै थिए तर त्यति पैसा मसँग थिएन । 

भोलिपल्ट अर्थात् मेरो जन्मदिन । बुवा र आमाले  बिहानै  जन्मदिनको शुभकामना दिनुभयो । अनि मेरो स्कुल जाने तयार भए । मेरो जन्मदिनको बारे स्कुलको स्टार्फलाई भनेको थिइन । त्यसको साथ साथै म त्यति बोल्दिन थिए । कोहीसँग त्यति नजिक थिइन । त्यस दिन मलाई माइकलले न त फोेन गरे न त म्यासेज नै । मैले पनि गरिन । 

जन्मदिनको भोलिपल्ट उनले पैसाको बारे सोधे र मैले मसँग त्यत्रो पैसा छैन र म तिर्न सक्दिन भने । त्यसको साथ साथै कम्पनीले दबाव दिइरहेको थियो । मैले वास्ता गरिन । एक हप्तापछिको कुरा हो । साँझको समय थियो र हामी खाना खाँदै थियौ । बुवाको फोनको घण्टी बज्यो र उहाँले उठाउनु भयो । एक्कासि उहाँको अनुहार गम्भीर भएको थियो । फोन राखिसकेपछि आमाले के भयो भनि सोध्नु भयो । 

“आमा बित्नुभयो । हामी भक्तपुर जानु पर्ने भयो ।” बुवा निकै भावुक हुनु भयो । 

“के ?” आमा पनि भावुक हुनु भयो । अनि हामी राम्ररी नखाइ घरबाट निस्कियौ । भक्तपुरमा कान्छा काकासँग बस्नु हुन्थ्यो । हामीलाई विश्वास नै भएन कि आमा बित्नुभयो भनेर । बित्नु भन्दा केही दिन अगाडिसम्म उहाँ स्वास्थ्य नै हुनु हुन्थ्यो । केही नभइकन बित्नु भयो । उहाँलाई केही भएको थिएन । जिन्दगीभर अस्पताल पनि जानु परेको थिएन तर डेढ वर्ष अगाडि हजुरबुवा बितेपछि उहाँ डिप्रेस हुनु भएको थियो । हजुरआमा हामीसँग निकै नजिक हुनु हुन्थ्यो । उहाँ बित्दा निकै रोएको थिए । 

हामी भक्तपुर पुगेपछि मैले प्रिसिपललाई फोन गरेर सबै कुरा व्यक्त गरे र १३ दिनसम्मको छुट्टी लिए । 

 म निकै टेन्सनमा थिए भने माइकल र कम्पनीले मलाई म्यासेजहरु पठाउने गर्थे र कम्पनीले मलाई ईमेल पठाइरहन्थ्यो । मैले माइकललाई आफ्नो परिस्थिित बारे व्यक्त गरे तर उनलाई कम्पनी कै चिन्ता थियो । कम्पनीलाई जवाफ देऊ भन्थ्यो तर म जवाफ दिने मुडमा थिइन । अनि मैले उनलाई वास्ता गरिन । मैले १३ दिनसम्म उनलाई न त फोन गरे न त म्यासेज नै । 

.................................................................................................................................................................

१३ दिनको काम सकेपछि हामी घर फर्कि¥यौ । भोलिपल्ट म काममा गरे भने बुवा सहकारीको काममा व्यस्त हुनु भयो । पैसा नतिरेको कारण माइकल हर रोज झगडा गर्थे । म उनलाई आफ्नो परिस्थिति बुझाउनथे तर माइकल बुझ्न तयार थिएनन् । यो क्रम दुई महिनासम्म चलिरहेको थियो तर दुई महिनापछिको कुरा हो । मलाई कम्पनीबाट ईमेल आएको थियो । मैले कम्पनीलाई जवाफ नदिएको, समयमै पैसा नतिरेको कारण र कम्पनीलाई तनाव दिएको कारण कानुनी तरिकाले जाने भनि ईमेल पठाएको थियो । अनि म पैसा तिर्न तयार भए । कम्पनीले सानिमा बैकको खाता पठाएको थियो र मैले अनलाइनबाट पैसा तिरे । पैसा तिरेको भोलिपल्ट मात्र मेरो पार्सल आउने थियो त्यो पनि दिउँसो । पैसा तिरेपछि मात्र माइकल मसँग बोल्न थाले । मलाई रिस उठेको थियो किनकि उनले मेरो समस्या बुझेका थिएनन् ।  

आज मेरो पार्सल आउने दिन । दिउँसोको २ बजे डेलिभरी हुने थियो । बिहानको ११ः०० बजेको कुरा हो । म स्टाफ रुममा थिए र त्यही क्रममा, ११ः०० बजे तिरको कुरा हो । मैले ईमेल खोले । जब मैले ईमेल पढे, म आकाशबाट झरेझै भए । ईमेलमा लेखिएको थियो कि माइकलले पार्सलमा डलर २०,००० थियो अर्थात् नेपाली पैसा रु. २,५४,०००० थियो । त्यो पैसा बिना प्रमाणको थियो । त्यो पाउन मैले उल्टै नेपाली पैसा रु.३,२२,००० तिर्नु पर्ने । यो ईमेल पाउने बित्तिकै मैले सुरज र मेरो नजिकको एक भाइलाई फोन गरे र दुवै जनालाई सबै कुरा व्यक्त गरे । दुवै जनाको एउटै कुरा थियो । माइकललाई दबाव दिनु भने । अनि मैले ईमेलको स्क्रिनसट लिए र माइकललाई पठाए । 

“What is this? You Fraud.” 

“I kept this money inside the package as a surprise for you because you are very special to me.”

“Sorry I cannot trust. What kind of money is this? What’s in your mind? Why the company is asking me the money? Now I understood why you didn’t respond me when I asked about the gifts. Why did you send me that much money?  Now respond to the company. If anything wrong happens, I will complain against you and the company. I should take a legal action against you and the company for the fraud case.”

यो म्यासेज माइकल हेरे तर जवाफ दिएका थिएनन् । झन् मलाई रिस उठ्यो र म रिसाउदै म्यासेज पठाए । 

“Why are you not responding me although you are online? Response me now and the company.”

यो म्यासेज पठाए पछि माइकल अपलाइन भए । यस दिन स्कुलबाट छिट्टै घर गए र दुई दिनको छुट्टी लिए ।  घर पुगेपछि पनि माइकललाई म्यासेज पठाइरहे तर उनले मलाई जवाफ दिएका थिएनन् । मैले सुरजलाई फोन गरे र माइकलले जवाफ नदिएको कुरा व्यक्त गरे । उनले माइकललाई हरेक दिन म्यासेज पठाउनु भने । जबसम्म जवाफ दिँदैन तबसम्म पठाउनु भने । मैले त्यसै गरे । पछि त माइकलले त व्हाट्सएप हटाए छन् र इन्स्टागा्रम पनि बन्द गरे । मलाई धेरै टेन्सन भयो । म मानसिक रुपमा कमजोर हुँदै गए । म रातभर सुत्न सकेको थिइन । राति म निद्राबाट उठ्थे । निदाउने औषधी खान थालेको थिए र स्कुल जान छोडेको थिए । स्कुलबाट फोन आयो भने मैले उठाउदिन थिए । परिवारलाई केही भन्न सकेको थिइन । सुरज कहिले फोन गर्थे त कहिले भेट्न आउथे । मलाई सम्हालेका थिए उनले । कहि न कहि मेरो ध्यान माइकलमै जान्थ्यो । यो घटनापछि न त उनले मलाई जवाफ दिए न त कम्पनीले ईमेल पठायो ।

यो घटना घटेको एक हप्तापछिको कुरा हो । दिउँसोको समय थियो । म खाटमा पल्टिएको थिए । मेरो मोबाइलको घण्टी बज्यो । म तर्सिएको थिए । नम्बर हेरे । बैकबाट रहेछ । मनमा चिसो प¥यो । तै पनि फोन उठाए । 

“हेलो ।” एक महिलाको स्वर थियो ।  

“हेलो ।” मैले भने । 

“म नेपाल इन्भेष्टमेण्ड बैकबाट ।”

“हजुर ।”

“तपाईले चन्द्र वर्कशपलाई पैसा पठाउनु भएको थियो ?”

“हो ।”

“तपाईले उहाँलाई किन पैसा पठाउनु भएको भनि चन्द्रजी बैकमा बुझ्न आउनु भएको थियो ।”

“ए । उहाँको नम्बर दिन मिल्छ ?” 

मैले नम्बर पाए र पाउने बित्तिकै फोन गरे । उहाँले तीन घण्टीमै उठाउनु भयो । 

“हेलो ।”

“हेलो । तपाई को बोल्नु भएको ?”

“म सोफि ।”

“तपाईले नै होइन मलाई पैसा पठाउनु भएको ?”

“हो ।”

“अनि मलाई किन त्यत्रो पैसा पठाउनु भयो र मेरो खाता नम्बर कसरी थाहा पाउनु भयो ?”

“मैले गल्तीले तपाईलाई पठाए । खासमा मैले मेरो साथीलाई पठाउनु पर्ने थियो तपाईलाई गए छ । सरी ।” मैले साँच्चो कुरा गर्न सकिन । 

“ए । म भोलि नै पठाइदिन्छु ।”

“हुन्छ । तपाईलाई धेरै धन्यवाद ।” अनि मैले फोन राखे । 

म एक प्रकारले खुशी थिए तर मनमा धेरै प्रश्नहरुले डेरा जमाएको थियो । मैले पैसा पाउछु कि पाउदिन ? कतै मेरो फोन त ट्रयाक त भएको छैन ? माइकलले त मलाई अझै फसाउन त खोजेका छ होइन ? मन शान्त नै थिएन । त्यस दिन पनि म राम्ररी सुत्न सकिन । 

भोलिपल्ट चन्द्रजीले मलाई १०ः२० बजे फोन गरे र पैसा जम्मा गरिदिएको भने र मैले धन्यवाद भने । केही घण्टापछि बैकबाट पैसा खातामा आएको म्यासेज आयो । म निकै खुशी भए तर माइकलले मलाई धोका दिएर के पाए ? अरुको भरोसा तोडेर के पाए ? पैसा त्यति जरुरी थियो र ? यदी पैसा चाहिएको भए मसँग मागेको भए हुन्थ्यो । उनको खुशीको लागि म मर्न पनि तयार थिए । 

हुन त मेरै गल्ती थियो । मैले उनलाई भरोसा गर्नु हुँदैन थियो । उनको कुरामा फर्नु हुँदैन थियो । अहिलेसम्म मैले आफ्नो परिवारलाई भनेको छैन । धन्नले मेरो साथमा सुरज थिए जसले हरपल मेरो साथ छोडेनन् । हरेकको भाग्यमा मेरो जस्तो हुँदैन । यो घटना घटेको धेरै महिना भइसकेको छ तर यसबाट राम्ररी निस्किन सकेको छैन । स्कुलमा फेरि पढाउन थाले तर मन कही न कही शान्त छैन ।  



Comments

Popular Posts