इजोरिया

 नामः इजोरिया 

विधिः उपन्यास 

लेखकः सुबिन भट्टराई 

प्रकाशनः फाइनप्रिन्ट बुक्स 

संस्करणः भदौ २०७९ 



सुबिन भट्टराईद्धारा लेखित इजोरिया नयाँ उपन्यास हो । यो उपन्यास फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको हो । इजोरिया उपन्यास मित्रताको कथा हो, महिलाको कथा हो, मधेसको कथा हो, मुक्तिको कथा हो, माया र ममताको कथा हो । 

यो कथा सिम्रिकको कथा हो । उनको बाल्यकालदेखि युवतीसम्म आइपुग्दाको कथा हो । त्यसको साथ साथै यसमा सिम्रिकको दुःख र सुखका कुराहरुको बारे लेखिएको हो । उनले आफ्नो जिन्दगीमा पाएका दुःख र सङ्घर्षका कथा हो । उनले आफ्नो परिवारबाट पाएका दुःख, विद्यालयमा भएको घटना, साथीहरुको सङ्गत र दिदीसँगको सम्बन्धबारे लेखित छ । 



मलाई यो उपन्यास मन परेको एक उपन्यास हो । सुबिन भट्टराईले लेखेको उपन्यासहरु मध्ये यो निकै नै उत्कृष्ट छ । त्यसको साथ साथै उहाँको भाषा पनि निकै राम्रो भएको अनुभव गरे र कथा पनि निकै राम्रो लेख्नु भएको छ । उहाँले निकै मिहिनत गरेको देखिन्छ । उहाँले मधेसको परिवेशलाई राम्रोसँग अनुसन्धान गरेको देखिन्छ र उहाँले एक महिलाको नजरबाट राम्रो लेख्नुभएको छ । 



उहाँले लेखेको पहिला लेखिएका उपन्यासहरु ः समर लभ, साया, महसुन युवा पुस्तालाई लक्षित गरेर लेखित थियो र प्रेम सम्बन्धि थियो । प्रिय सुफी चाँहि एक प्रेरणात्मक उपन्यास सथयो भने इजोरिया चाँहि एक मधेस र सिम्रिकको कथा हो । उहाँले एक बेग्लै लेख्न कोशिस गर्नु भएको छ र सफल पनि हुनु भएको छ । 



Comments

Popular Posts