लुजर

 लुजर यो शब्द कहिले काही आफ्नो लागि हो जस्तो लाग्छ । कहिले काही होइन प्राय ः नै लाग्छ । जिन्दगीलाई फर्केर हेर्दा मैले वा आफूले केही गर्न सकिन जस्तो महशुस हुन्छ । केही गर्न खोज्दा असफल भए जस्तो लाग्छ र म आफूलाई लुजर जस्तो लाग्छ । कहिले काही ममा केही क्षमता छैन जस्तो महशुस हुन्छ । कहिले काही कमजोर हुन्छु र रुन थाल्छु । 

जिन्दगीमा मैले जागिर खोजेर नै बित्ने भयो । नपाउदाको पीडाले आफूलाई नै लुजर महशुस गरादिन्छ । अरुलाई हेर्छु र आफूलाई पनि हेर्छु । म आफूलाई नै लुजर लाग्छ । पहिला त्यस्तो महशुस हुँदैन थियो । जति जति समय बित्दै गयो त्यति नै आफूलाई कमजोर र लुजर सोच्दै गए । अरुसँग प्रतिस्पर्धा गर्न सक्दिन भन्ने भयो । सायद म खाली नै छु । त्योभन्दा पनि अरुसँग तुलना गरि दिदा आफूलाई लुजर सोचिदो रहेछ । जब आफूलाई र कमजोर सोच्न थाल्छु । मन र दिमाग पनि कमजोर हुन थाल्छ । मन शान्त हुँदैन । सोच्न सकिदैन रहेछ । जिन्दगीबाट हार खाएको जस्तो महशुस हुँदो रहेछ । 

जागिरको लागि जब अन्तर्वार्ता जान्छु, मनमा धेरै आशा र उंमग आउँछ । जब अन्त्र्वार्ता दिन्छु, आफूले राम्रो गरे जस्तो लाग्छ र कुनै ठाउँमा पाउछु जस्तो लाग्छ तर आशा निराशामा बदलिन्छ । अनि भाग्य नै राम्रो रहेछ भन्ने हुन्छ र आफूलाई लुजर सोच्न थाल्छु र आफ्नै हा सोच्छु । 

Comments

Popular Posts