मेरो पागलपन

 म आज जुन अवस्थामा छु त्यो मेरै कारणले हो । मैले आफ्नो पागलपन नदेखाएको भए म आज व्हीलचेयरमा हुने थिएन । मेरो साथ साथै मेरो मिल्ने साथी सुरजले पनि दुःख पाएका छन् । सुरजले मलाई हरेक पल साथ दिएका छन् ः सुख र दुःखमा । सम्झाउने काम पनि गरेका थिए तर मैले उनको कुरा कहिले सुनिन र मानिन पनि । 

सन् २०२१ को कुरा हो । म सामाजिक संजाल चलाउदै थिए र त्यही क्रममा, मैले एउटा तस्बिर देखे । त्यो पनि एक युवतीको । मेरो आँखा ती युवतीतिर पुग्यो र मैले ती युवतीको फोपाइल खोले र हेर्न थाले । उनको नाम दिव्या क्षेष्ठ रहेछ । जति तस्बिरहरु हेरे तापनि हेरौ हेरौ लाग्ने । फिल्मकी हिरोइन जस्ती । त्यही क्रममा, भिडियोहरु पनि रहेछ र मैले हेरे । निकै राम्रो अभिनय थियो । उनकै कारणले गर्दा मैले टिकटक खोले । आफ्नो भिडियो त थिएन । सिर्फ उनको लागि खोले । उनीलाई मैले इस्टागा्रममा पनि फलो गरे । म उनलाई धेरै म्यासेजहरु पठाउथे तर उनले मलाई जवाफ कहिले दिइन । टिकटकमा लाइभ आउँदा म निकै खुशी हुन्थे । म जति जति उनीलाई हेर्थे मेरो पागलपन बढ्थ्यो । यो कुरा सुरजलाई थाहा थियो र मलाई सम्झाउथे कि मेरो पागलपन राम्रो होइन । उनीलाई थाहा थियो कि मेरो केटीको मामलामा कस्तो थिए भनेर । त्यसैले सुरजले मलाई सम्झाउथे । माया सिर्फ एक जनालाई गर्नु भनेर तर मैले कहिले मानिन । 

दिव्या विभिन्न ठाउँबाट लाइभ आउँथिन् र त्यहीबाट थाहा पाए कि उनी कुन कुन ठाउँमा आउँछिन् भनेर । अनि ती ठाउँहरुमा गए तर कहिले भेट्न सकिन । मलाई छटपटिन थाले । उनीलाई भेट्न नपाउँदा मन अशान्त हुन्थ्यो । उनीले मेरो कमेन्टहरु र म्यासेजहरु बेवास्ता गर्दा दिमाग धुम्थ्यो । मलाई जसरी भए पनि उनलाई पाउन चाहन्थे । तर कसरी ? 

एक दिनको कुरा हो । दिव्या लाइभ आएकी थिइन् त्यो पनि आफ्नो प्रेमीसँग । मलाई ईष्या र डाहा भएको थियो । प्रेमीलाई मारिदिनु जस्तो लाग्यो । दिव्या मेरी हुन सकिनन् भने म अरुको हुन दिन्न । दिव्या सिर्फ मेरी हुन्, सिर्फ मेरी हुन् । मैले सहन सकेको थिइन । म बौलाएको थिए । जुन दिन मैले थाहा पाए कि उनीको प्रेमी छन् भनेर मैले आत्महत्या गर्न खोजे तर म बाँचे । मलाई सुरजदे बचाएका थिए । सायद म सुर्धि छु कि भनेर होला उनले मलाई बचाएका । 

निको भएको एक हप्तापछिको कुरा हो । म लाबी मलमा थिए र त्यही क्रममा, मैले दिव्यालाई देखे । उनी बाहिर निस्कदै थिइन् । म उनीको पिछा गरे र उनीलाई निकै बेर बोलाए तर उनीले सुनिनन् । म पिछा गर्ने क्रममा थिए । उनीले बाटो काटेर गइन् र म हतारिदै बाटो काटे । त्यही क्रममा, मेरो दूर्घटना भयो । म कति दिनसम्म होशमा थिइन । सुरजले धेरै हेरचाह गरेका थिए । आफ्नो दाजु÷भाइले गर्ने भन्दा धेरै गरेका थिए । उनले मलाई धेरै चोटि सम्झाएका थिए तर आफ्नै कारणले मेरो यस्तो हालत भएको हो । जब म होशमा आए, मैले यता र उता हेरे । मैले बुवा र आमालाई देखे र सुरजलाई पनि देखे । सबै जनाको अनुहार गम्भीर थियो । आमाको आँखाममा आँसुहरुले भरिएका थिए भने बुवाको आँखामा प्रश्नहरु । सुरजको आँखमा मेरा लागि चिन्ता थियो । मैले उनको सामना गर्न सकेको थिइन । म कसरी उनलाई सामना गर्ने ? उनीसँग नजर पनि मिलाउन सकेको थिइन । कसरी मिलाऊ ? उनले त राम्रो साथी भएको नाताले मलाई सम्झालेका थिए । आज पनि यस्तो अवस्थामा पनि उनी मेरो साथमा थिए । मेरो साथ छोडेका थिएनन् ।

बिस्तारै म निको हुँदै गए । बुवा, आमा र सुरजको साथले म निको भए तर म व्हीलचेयरमा लामो समयसम्म बस्ने भएको थिए । मलाई घरमा लगिसकेपछि पनि सुरज मलाई भेट्न आइरहन्थे तर पहिलाका कुराहरु निकाल्दैन थिए । 

एक दिनको कुरा हो । उनले मलाई उपन्यास पढेर सुनाउदै थिए र उनी मेरो नजिक आए । अनि मैले उनलाई हेर्दै भने,“आइ एम सरी । तैले मलाई कति चोटि सम्झाएको थिइस् तर मैले मानिन । मेरो आफ्नै कारणले यस्तो भएको हो । म यस्तो नराम्रो छु र पनि तँ मेरो साथ छस् किन ?”

“तँ मनको राम्रो छस् तर तँलाई मार्गदर्शन गर्ने मान्छे नभएको हो । तैले पनि मलाई दुःख पर्दा साथ दिएको थिस् । तैले पनि मलाई साथ छोडेको थिइनस् । साथी होस् तँ मेरो । कसरी साथ छोड्नु ?

अब जे हुनु थियो, भयो । बिर्सि देऊ । अब नयाँबाट सुरु गर । आफ्नो ईच्छा र सपनालाई पूरा गर । तँ राम्रो भिडियोहरु खिच्छस् । भिडियोहरु बना र युट्युबमा राख । आफूलाई चिन । आफ्नो जिन्दगी बना । जिन्दगी पूरै बाँकी छ । भएको एउटा जिन्दगी छ र त्यसलाई राम्रो बना । धेरै राम्रो काम गर । जिन्दगी अगाडि बढा ।”

अनि हामी मुस्कुरायौ । सुरजले हररोज केही गर्नको लागि प्रोत्साह गर्थे । अनि म लेख्न थाले र भिडियोहरु पनि बनाउन थाले । छोटा कथाहरु निकै चल्न थाल्यो र भिडियोहरु पनि । म धेरै खुशी हुन थाले र सुरज पनि ।  


Comments

Popular Posts