चलो दिल्ली

 चलचित्रः चलो दिल्ली 

निर्देशकः शशान्त शाह

पटकथाः अरशद सैयद 

कथाः अरशद सैयद

संगीतः गौरव दास गुप्ता 

कलाकारः लारा दत्त, विनय पाठक, अक्षय कुमार, माहिक शर्मा 

भाषाः हिन्दी 

देशः ईन्डिया 

प्रदर्शन मितिः २९  अप्रिल २०११ 



चलो दिल्ली शशान्त शाहद्धारा निर्देशित भारतीय चलचित्र हो । यसमा लारा दत्त र विनय पाठकको अभिनय रहेको छ । यसमा अक्षय कुमार र माहिक शर्माको पनि अतिथि भूमिका छ ।



प्लट 

मुम्बईमा बस्ने सफल इम्भेष्टमेन्ट बैकर मिहिका बनर्जी (लारा दत्त)ले आफ्नो दिल्लीको उडान गुमाउँछिन् र सकेसम्म आफ्ना श्रीमान् लेफ्टिनेन्ट कर्नल विक्रम राणा (अक्षय कुमार)लाई आवश्यक थियो । त्यही क्रममा, मनु गुप्ता (विनय पाठक) लाई भेट्छिन् र उनीहरुले दिल्लीको यात्रामा ईन्डियाको संस्कृति र विभिन्न कुराहरु थाहा पाउँछन् । कहिले रेलमा यात्रा गर्छन् त कहिले हिड्ने मौका पाउँछन् । त्यही क्रममा, दुवै जनाले ठूला शहरी समूहहरु र नुआ हेर्ने मौका पाउँछन् । यात्राको क्रममा, मिहिकाले विभिन्न कठिनाइहरु अनुभव गर्छिन् जुन उनीले आफ्नो जीवनमा कहिल्यै सामना गरेकी थिइनन् । रेलको टिकट किन्ने क्रममा, मिहिकाको पैसा चोरिएपछि उनी झुन्झुनु जिल्लामा सामान्य वर्गमा यात्रा गर्न बाध्य हुन्छिन् । यसरी फिल्म मिहिका र मनुको कठिनाइ बीचको यात्रा वरिपरि धुम्छ । 






निस्कर्ष 

चलचित्रमा विशेष गरी क्लाइम्याक्समा धेरै आत्मीयता छ जसले कथाको कमजोरीहरुलाई पूरा गर्छ । साथ साथै कथामा मीठो सरलता छ जसले तपाईलाई अनस्किन यात्रामा लैजान्छ र लारा दत्त र विनय पाठकको सम्बन्धलाई राम्रोसँग प्रस्तुत गरिएको छ । लारा दत्त र विनय पाठकले आफ्नो सहजताको साथ फिल्मलाई अगाडि बढाउछन् । दुवै जनाको अभियन निकै राम्रो छ । कथा निकै सरल भए तापनि राम्रोसँग प्रस्तुती गरिएको छ । एक चोटि हेर्ने पर्ने फिल्म हो ।  






Comments