मानसिक तनाव

 मानिसहरुको जिन्दगी आफूले सोचेको कहाँ हुन्छ र ? त्यसको साथ साथै आफूले चाहेको कुरा पनि कहिले काँही पूरा हुँदैन । आफूले चाहेको कुरा पूरा नहुँदा धेरै तनाव हुने गर्छ । तनाव हुँदाको पीडा अर्को हुन्छ । संसारबाटै दूर हुन मन लाग्छ । त्यसको साथ साथै आफूले जति राम्रो काम गर्दा गर्दै वा मिहिनत गर्दा गर्दै असफल भइन्छ र त्यही कारणले गर्दा पनि कहिले अर्को मोड लिन्छ । आफू कमजोर हुँदै गइन्छ । बाँच्ने उंमग सबैमा हुँदैन । कम मानिसहरुमा फेरि प्रयास गरौ भन्ने हुन्छ । त्योभन्दा पनि अरुले वा धेरै व्यक्तिहरुले अरु बच्चाहरुसँग तुलना गरिदिदा आफूमा क्षमता नै थाहा हुँदैन  अरुसँग प्रतिस्प्रर्धा गर्दा गर्दै आफूमा भएको क्षमता नै थाहा हुँदैन । अरुसँग प्रतिस्प्रर्धा गर्दा गर्दै जिन्दगी बितेको थाहा हुँदैन । 

म कहिले काँही आफूलाई हेर्ने गर्छु । कहिले काही आफूले चाहेको केही गर्न पाएको छैन वा अवसर  पाएको छैन । कहिले काही आफूलाई चाहेको के हो थाहा पाएको छैन । कहिले काही अलमिल्छु । मलाई के चाहिएको छ आफूलाई थाहा पाएको छैन । त्यसको साथ साथै म आफू कमजोर भएको छु जस्तो लाग्छ । केही गर्न सकेको छैन । पहिलाको समयमा म केही कुराको मतलब लाग्दैन थियो तर आजकाल धेरै कुराहरुको मतलब गर्न थालेको छु । सानो कुराहरुले पनि मलाई ट्रिगर गर्न थालेको छ । 

सन् २०२१ को कुरा हो । मलाई नै थाहा छैन कि मलाई के कुराले ट्रिगर ग¥यो । मलाई आत्महत्याको सोच धेरै आउन थालेको थियो । सुत्ने बेलामा धेरै नकारात्मक  सोचहरु आउन थाल्यो । राति नै चकू लिएर आफूलाई नै मारिदिनु जस्तो लागेको थियो । त्यो समय बेग्लै थियो । आफूले माया गरेको व्यक्तिले अस्वीकार गर्दा नरमाइलो फिल भएको थियो । त्यसको साथ साथै आफूलाई मन पर्ने टिकटकरले भेट छु भनिन् तर नभेट्न नआउँदा धेरै नरमाइलो फिल भएको थियो । त्यसको साथ साथै जागिरको अवधि सकिने समय थियो । अर्को जागिर खोज्दै थिए र जागिर पाएको छैन । धेरै समस्याहरु आए र आफूलाई सम्हाल्न सकेको थिइन । मानसिक रुपमा धेरै तनाव भयो र बि. पि पनि बढेको थियो । मलाई आफ्नो ठाउँ चाहिएको थियो र कही दूर जान मन थियो । यो संसारबाट दूर जान मन थियो तर सकिन । मलाई केले रोक्यो मलाई नै थाहा छैन । 

समय बित्दै गयो तर मन शान्त छैन । केही न केही सोच आइरहन्छ । कहिले काही लाग्छ कि ममा केही कमजोरी छ र त्यही कारणले म केही गर्न सक्दिन । केही गर्न लायकको छैन । म चाहेर पनि केही गर्न सकेको छैन । मेरो भाग्यमा यही होला । अगाडि के हुन्छ मलाई नै थाहा छैन । आफ्नो समस्या अरु बुझ्दैन र सहयोग गर्ने बेलामा कोही हुँदैन । मेरो समस्या मसँग रहि रह्यो । अहिले पनि कहिले काही नकारात्म सोचाइ आइरहन्छ तर पनि सम्हाल्न कोसिस गर्दै छु । 

जिन्दगीमा कसैलाई पनि मानसिक तनाव नहोस् । मानसिक तनावबाट निस्कन धेरै समय लाग्छ । कुरा गर्न मन लाग्छ तर कति कुराहरु सेयर गर्न सक्दिैन पनि । अरुलाई पीडा नदिन नसकिने । म पनि धेरै कु राहरु सेयर गर्न मन गर्दिन । चाहेर पनि सेयर गर्न सक्दिन । मेरो समस्या मसँगै होस् जस्तो लाग्छ । त्यसैले सेयर गर्न मन लाग्दैन । त्यो भन्दा पनि मेरो समस्या कसैले बुझ्दैन जस्तो लाग्छ । मेरो दृष्टिकोण अरुले बुझ्दैन जस्तो लाग्छ । 

Comments

Popular Posts