सोफि र अलिशाको कहानी

 १

“आमा र बुवा अब त विवाहको कुरा नगर्नु होस् न । मेरो विवाहको कुरा किन गरिरहनु हुन्छ ? मलाई विवाह नै गर्नु नै छैन । म खुशी नै छु ।” अलिशाले भनिन् । 

तीनै जनाले एक अर्कोलाई हेरिरहेका थिए । तीनै जना खाना खाँदै थिए । त्यही क्रममा, अलिशालाई हेरेर आमाले भन्नुभयो,“तिम्रो विवाह गर्ने उमेर भइसकेको छ । तिम्रो विवाह गर्ने उमेर भइसकेको छ । तिम्रो उमेरमा त मेरो विवाह भएर तिमी भइसकेकी थियौ । तर तिमी किन विवाह गर्न मानेकी छैनौ । अलिशाको बुवा, तपाई किन केही भन्नू हून्न । तपाईले आफ्नो छोरीलाई धेरै माया गर्नु भएको छ ।”

अलिशाको बुवाले टेबुलमा चम्चा राख्नुभयो । अनि अलिशालाई हेर्नुभयो र भन्नुभयो,“हेर अलिशा । तिम्रो आमाले जे भन्नुभयो, ठीक भन्नुभयो । तिमीले विवाह गर्नुपर्छ । हामीले तिम्रो लागि केटा हेरिसकेका छौ । भोलि तिमीलाई हेर्न यहाँ आउँदै छन् ।”

“बुवा, तपाई पनि । म कोहीसँग भेर्दिन ।” 

“तिमीले भेट्नै पर्छ । तिमी दुई जनाको जोडि सुहाउछ ।” बुवा कुर्सीबाट उठ्नु हुन्छ । अलिशाको आमा पनि उठ्नु हुन्छ र किचेनमा जानु हुन्छ भने अलिशा मौन भइन् । उनीलाई आफ्नो मनको कुरा व्यक्त गर्न चाहन्थिन् तर उनीलाई थाहा थियो कि बुवा र आमाको प्रतिक्रिया बारे थाहा थियो । 

अर्को दिनको कुरा हो । अलिशा तयार भइन् । हुन त अलिशालाई विवाह गर्न मन थिएन तर बुवा आमाको खुशीको लागि केटासँग भेट्दै थिइन् । समय भएको थियो ११ः३० । १२ः०० बजे आउने थिए । अलिशा ऐना हेर्दै थिइन् । उनी बेग्लै अनुभव गर्दै थिइन् । उनीलाई एक पलको लागि लाग्यो कि आमा र बुवालाई सत्य भनू । उनी आफ्नै संसारमा हराएकी थिइन् । त्यही क्रममा घण्टी बज्यो । घण्टी बजेपछि वास्तविक दूनियामा आइन् र घडी हेरिन् । १२ः१५ बजेको थियो । उनीको धड्कन धड्कीन थाल्यो । उनीले आवाज सुनिरहेकी थिइन् । 

आधा घण्टापछि, अलिशालाई बोलाउन आमा आउनु भयो र भन्नुभयो,“जाऊ ।”

बैठक कोठामा दुई जना गए । अलिशाले केटालाई हेरिन् । केटाले पनि अलिशालाई हेर्दै थिए । अलिशाभन्दा केटा लजाएका थिए । त्यही क्रममा केटाको आमाले भन्नुभयो,“मलाई त अलिशा मन प¥यो । अभि, तिमीलाई कस्तो लाग्यो ?”

अविले भने,“तपाईको पढाइ बारे भन्नुहोस् न ।”

“मैले एमबीए सके ।”

“तपाई काम गर्नु हुन्छ ?”

“गर्छु ।”

“कहाँ ?”

“मेगा बैक ।”

वातावराणमा शून्यमा छा¥यो । कुरा एक तर्फी मात्र भएको थियो । अलिशालाई असहज भएकी थिइन् । त्यही क्रममा अविको आमाले भनिन्,“अलिशा र अविलाई एकछिन कुरा गर्न छोड्ने हो कि ?”

सबै जना सहमत भए । अलिशाको आमाले बगैचातिर लग्नु भएको थियो । दुवै जनाले यता उता हेर्दै थिए । उनीले नक्कली हाँस्यौ दिइन् । केही क्षणपछि अविले भने,“म अवि । मैले पनि एमबिए गेरको हूँ । म नेपाल राष्ट्र बैकमा काम काम गर्छु ।”

“अनि के ?” अलिशाले भनिन् । उनीले रिसाएर भनेकी थिइन् । 

अवि अचम्म परे । उनी किन रिसाएकी हून् ? अवि केही भन्न खोज्दै थिए तर अलिशाले भनिन्,“हेर्नुहोस्, अविजी । मलाई विवाह नै गर्नु नै छैन । आफ्नो परिवारलाई भइदिनुहोस् कि, तपाईलाई म मन परेन ।”

वातावारणमा मौनता छाएको थियो । अलिशा यता उता हेर्दै थिइन् भन, अविले अलिशालाई हेर्दै थिए । अलिशालाई हेर्दै अविले भने,“तपाईलाई नमनपराउनुको कारण के भन्नू ? हामी भेट्नु पर्छ र मात्र निर्णय गर्नु पर्छ ।”

अलिशा मौन भइन् । उनीलाई मनदेखि नै अविले अस्वीकारोस् जस्तो भएको थियो । दुवै जना मौन रहे । अलिशाको मनमा धेरै कुराहरु थियो जुन उनीले व्यत्तल गर्न चाहन्छिन् । त्यही क्रममा अलिशाको आमा आउनुभयो र दुवै जनालाई बैठक कोठामा लिएर जानुभयो । 

बैठक कोठामा गएको केही क्षणपछि अविले भने,“म चाहन्छु कि अलिशा र म भेट्नुपर्छ र एक अर्कोलाई चिन्ने मौका पाउने छौ । त्यसपछि मात्र निर्णय गर्ने छौ ।”

अलिशा बाहेक सबै जना सहमत भएका थिए । अलिशाको अनुहार अँध्यारो भएको थियो । अब दैनिक भेट भएपछि के भन्ने भएको थियो । 

“सोफि, म अविसँग विवाह गर्न चाहन्न ।” उनी भावुक हुँदै भनिन् । सोफि अलिशाको घरमा थिइन् ।

“मलाई थाहा छ तर अब तिमी के गछौ ?” उनी पनि भावुक भइन् । 

वातावरणमा मौनता छाएको थियो । दुवै जना बाहिर हेर्दै थिए । अलिशा र सोफि बच्चादेखिका साथी हुन् र एक अर्कोको बारेमा सबै थाहा छ । 

त्यही क्रममा सोफिले भनिन्,“तिमी साँच्चै साँच्चो कुरा व्यक्त गर्न चाहन्छौ ?”

“म के गर्नु त ? अविसँग त म विवाह गर्न चाहन्न ।” अलिशाले भनिन् । दुवै जना कुरा गर्दै थिए । त्यही क्रममा अलिशाको आमा चिया लिएर कोठामा आउनुभयो । चिया दुवै जनालाई दिएर आमावे भन्नुभयो,“म अलिशादेखि हैरान भएको छु ।”

“किन आन्टी ?”

“मैले अलिशालाई विवाह गर्नको लागि धेरै आग्रह गरे तर मान्दै मान्दिनन् । तिमी आफ्नो साथीलाई सम्झाउन ।”

“अलिशालाई विवाह गर्नु छैन भने किन कर गर्ने ? यदी उनी खुशी छिन् भने किन विवाह गर्न कर गर्ने ?आन्टी तपाईले अलिशाको चिन्ता लिनु पर्दैन । उनी आफ्नो जिन्दगी राम्रोसँग बिताउछिन् ।”

“तिमी पनि सुरु गयौ ? आजकालका केटाकेटीहरुलाई के भएको ? किन विवाह गर्न डराउछन् ?”

आमा रिसाउदै कोठाबाट निस्किनुभयो । आमाले कुरा गर्न बेकार सोच्नुभयो । जब आमा निस्किनु भयो र सोफिले भनिन्,“अब तिमी के गछौ ?”

“म सही समयलाई कुर्ने छु ।”

“सही समय कुर्दा कुर्दै अवसर नगुमाउ ।”

“सोफि, तिमी पनि सही समय हेरेर आफ्नो परिवारलाई साँच्चो कुरा भन ।”

सोफि सहमत भइन् । 

“आज हामी भेट्न सक्छौ ?” अविले भने । अलिशा चाँहि मौन भइन् । उनीलाई नाँइ भन्न मन थियो । उनीले केही भन्न खोज्दै थिइन्, त्यही क्रममा अविले भने,“प्लिज, नाँइ नभन । हामी दरबार मार्गको द कफी सपमा भेट्न सक्छौ ? ३ः३० बजेतिर भेट्नौ न ।” अनि उनले फोन काटे । अलिशाले बोल्ने मौका पाइनन् ।

अविसँग कुरा भइसकेपछि अलिशाले सोफिलाई फोन गरिन् र भनिन्,“अवि मसँग भेट्न चाहन्छ् ।”

“तिमी नआत्तिकन बस । उनलाई भेटेर सत्य कुरा व्यक्त गर । आशा छ कि उनीले तिम्रो मनको कुरा बुझ्ने छन् ।”

“हुन्छ ।” अलिशा सहमत भइन् । 

३ः३० बजेको थियो र अनि अलिशालाई कुरिरहेका थिए । उनले ढोकातिर हेर्छन् । त्यही क्रममा उनले अलिशालाई देख्छन् । अलिशाले गुलाबी कुर्ता लगाएकी थिइन् र कपाल छोडेकी थिइन् । मेक अप लगाएकी थिइनन् । अविको नजिक गइन् । नक्कली मुस्कुराहट दिइन् । 

अलिशा कुर्सीमा बसेपछि अविले भने,“तिमीलाई राम्रो देखेको छ ।”

“धन्यवाद ।”

उनले वेर्टरलाई बोलाएर दुई कप कफी अर्डर गरे । अर्डर गरिसकेपछि अविले भने,“खासमा मलाई केही भन्नू छ ।”

“मलाई पनि भन्नू छ ।”

“पहिला तिमी भन ।”

“होइन, तिमी भन ।” अलिशाले भनिन् ।

“मैले तिमीलाई मन पराउन थालेको छु । म तिमीसँग विवाह गर्न चाहन्छु ।”

अलिशालाई थाहा थियो कि अविले उनीलाई मन पराउन थालेका छन् भनेर । दुवै जनाले एक अर्कोलाई हेर्छन् र अलिशाले भनिन्,“आई एम सरी । म तिमीलाई मन पराउदिन र तिमीसँग विवाह गर्न चाहन्न । म कसैलाई मन पराउछु ।”

“तिमी मज्जाक नगर न ।”

“होइन, अवि । मैले मज्जाक गरेको छैन । तिमीलाई भेट्नु अगाडि नै सम्बन्धमा थिए । तिमीलाई भन्न मन थियो तर तिमीले मलाई भन्ने मौका दिएनौ । मैले तिमीलाई पहिले नै भनेको थिए कि मलाई रिजेक्ट गर भनेर तर तिमीले भेट्यौ भयौ । त्यसको साथ साथै बुवा र आमाले विवाहकाृ लागि दबाव दिँदै हुनुथ्यो । मेरो जोसँग सम्बन्ध छ उसँग विवाह गराइदिनु हुन्न ।”

अवि मौन थिए । दुवै जनाले एक अर्कोलाई हेर्दै थिए । अविलाई हेर्दै अलिशाले भनिन्,“मलाई माफ गर । तिमीले मभन्दा राम्रो केटी पाउछौ तर हामी राम्रो साथी हुन सक्छौ । आशा छ कि तिमीले भेट्छौ, मलाई रिजेक्ट गर्ने छौ ।”

यदी भनेर उनी कफी सपबाट निस्किन् । घर पुगेपछि सोफिलाई फोन गरिन् र कफी सपमा भएको कुराहरु सुनाउछिन् । कुरा सुनिसकेपछि सोफिले भनिन्,“सबै कुरा ठीक हुन्छ । समय आएपछि हामीले साँच्चो कुरा भन्ने छौ ।”

अलिशा सहमत भइन् ।

“तिमीले अविलाई के भनौ ? उनले तिमीलाई रिजेक्ट गरे । सुरुमा त तिमीलाई मन पराएका थिए तर एकासि आएर तिमी मन परेन भने । तिमीले के गरौ ?” आमा रिसाउँदै भन्नुभयो । 

अलिशाले आमालाई हेर्दै भनिन्,“खासमा उनले मलाई होइन, मैले उनलाई रिजेक्ट गरेको हूँ ।”

“यो तिमी के भन्दै छाँै ?”

“हो आमा । उनले मलाई मन पराउन थालेका थिए तर म उसलाई मन पराउदिन ।”

वातावरणमा मौनता छाएको थियो । अलिसाले आमालाई हेर्दै थिइन् । आमाको प्रश्नलाई कुरेर बसेकी थिइन् । केही क्षणपछि मौनता तोड्दै आमाले भन्नुभयो,“को हो त्यो केटा ?”

“हामी एक अर्कोलाई बच्चैदेखि चिन्द छौ । सुरुमा हामी मिल्ने साथी थियौ तर मास्टर डिग्री सकेपछि उनले मलाई प्रेम प्रस्ताव राखे । मैले उनको प्रेमलाई स्वीकारेको थिए । अहिले उनले अमेरिकाबाट पीएचडी गर्दै छन् । मैले तपाईहरुलाई नभनूको कारण मलाई डर लागेको थियो ।” आमा कुरा सुनेपछि किचेनबाट निस्किनु भयो । 

साँझको समय थियो । तीनै जना खाना खाँदै थिए । बुवा र आमा कुरा गर्दै हुनुन्थ्यो । म मौन थिए र गफ सुन्दै थिए । आमाले मेरो प्रेम बारे केही भन्नू भएन । अलिशा आत्तिदै थिइन् । बुवाले के सोच्नु हुन्छ भन्ने थियो । 

एक हप्तापछिको कुरा हो । सबै जना खाना खाँदै थिए । अलिशा खाना खाँदै थिइन् भने बुवा आमा उनीतिर हेर्दै हुनुन्थ्यो । केही क्षणपछि, अलिशाको बुवाले भन्नुभयो,“तिम्रो आमाले तिम्रो प्रेमको बारे व्यक्त गरिन् । मलाई केही क्षण रिस उठेको थियो किनकि तिमीले किन पहिला भनेनौ ।” 

वातावरणमा मौनता छा¥यो । अलिशाले आफ्नो बुवालाई हेरिन् । आफ्नो बुवालाई सत्य कुरा भन्न मन थियो तर सकिनन् । अलिशाको प्रेमी थिएनन् । सत्य कुरा अर्को थियो । नर्भस हुँदै अलिशाले भनिन्,“म पहिले नै भन्न मन थियो तर हाम्रो जात मिल्दैन भनेर भनिन । ऊ नेवार हो । त्यसको साथ साथै उनले २ वर्ष जस्तो विवाह गर्दिन भनेका छन् ।”

बुवा र आमाले केटाको बारे सोध खोज गर्र्नुभयो । मैले दिमागमा जे आउँछ त्यहि भने । 

“त्यसो भए हामी दुई वर्ष कुछौ नि त र हामी पछि भेट्छौ नि त ।” बुवाले यति भनेपछि आमा मौन हुनुभयो । बुवा खाना खाएर आफ्नो कोठातिर जानु भयो र आमा पनि उठ्नु भयो । अलिशालाई केही क्षणको लागि आनन्द त भयो तर सत्य कतिजेल लुकाउने । यसैको पिर थियो ।  

सोफि र अलिशा मुस्कुराए । मुस्कुराउदै रिसेप्शनिष्ट भएको ठाउँमा जान्छन् ।

“गुड मडिङ्ग ।” रिसेप्शनिष्टले भनिन् । 

“गुड मडिङ्ग । आजको लागि रुम चाहेको छ ।” सोफिले भनिन् । 

“म चेक गर्छु ।” 

“हुन्छ ।” सोफिले भनिन् । 

रिसेप्शनिष्टले कम्युटरमा हेर्न थालिन् । हेरिसकेपछि भनिन्,“माडम, हामीसँग एउटा रुम छ ।”

“हुन्छ ।”

“तपाईको साँच्चो ।”

“धन्यवाद ।”

रिसेशनिष्ट मुस्कुराइन् । सोफि रअलिशाको रुम नम्बर ७८६ थियो । दुवै जना पार्क भिलेज रिसोर्टमा थिए । साँच्चो पाएपछि दुवै जना आफ्नो रुम जाँदै थिए र त्यही क्रममा अविले अलिशाले देखे । अलिशालाई धेरै चोटि बोलाए तर अलिशाले सुनिनन् । अविले अलिशालाई पछाउदै थिए । रुममा दुवै जना पुगे र भित्र छिरेर कोठा बन्द गरे । 

अलिशा खाटमा बसिन् भने सोफि अलिशाको छेऊमा आइन् । दुवै जनाले एक अर्कोलाई हेरे । सोफिले अलिशाको गालामा हात राखिन् । त्यसको साथ साथै सोफिको ओठ नजिक आयो र दुवै जनाले एक अर्कोलाई चुम्बन गरे । सोफिले आफ्नो लुगाको साथ साथै अलिशाको लुगा पुकालिन् । दुवै जना शारीरिक सम्बन्धमा रमाएका थिए भने अविले प्वालबाट हेर्दै थिए । अवि अचम्म र छक्क परेका थिए । आज आएर थाहा पाए कि किन अलिशाले उनलाई रिजेक्ट गरेकी भनेर । आज थाहा पाए कि अलिशा र सोफि तेस्रो लिङ्की हुन् भनेर । 

“तिमी बौलायौ ?” अलिशाको कुरा रिसाउदै भन्नुभयो । 

“के भयो ?” अलिशाले थाहा नपाए जस्तो गरिन् । 

“तिमी सोफिलाई माया गछौ ? म यो के सुन्दै छु ? तिमी पार्क भिलेजमा उनीसँग ?” उहाँ निकै रिसाउनु भयो ।  

“हामी एक अर्कोलाई मन पराउछौ । त्यसमा के गलत छ ?” अलिशाले भावुक हुँदै भनिन् ।

“यसमा के गलत छ ? केटीले केटीलाई मन पराउनु गलत हो । तिम्रो दिमाग ठीक ठाउँमा त छ । यो समाजले के भन्छ ? तिमीले मेरो इज्जतको बारेमा त सोचेको भए हुन्थ्यो । मान्छेहरुले थाहा पाए भने, के भन्छन् हामीलाई ? हामीले के मुख देखाउने ?”

अलिशाको बुवा र आमा खाटमा बस्नु हुन्छ । अलिशा बुवा र आमाको नजिक जान्छिन् । बुवा र आमालाई हेर्छिन् । बुवा र आमालाई हेर्दै भनिन्,“मायाले केही हेर्दैन । मैले युवतीलाई माया गर्नु गलत होइन । यदी मैले युवकसँग विवाह गरे तर खुशी भइन भने, त्यसको के काम ? तर यदी म सोफिसँग विवाह गरे भने, म धेरै खुशी हुन्छु । मानिसहरुको आ—आफ्नो सोच हुन्छ । तपाई के चाहन्नु हुन्छ ? आफ्नो इज्जत वा मेरो खुशी ?”

“तिमी किन आफ्नो बारेमा सोच्छौ ? तिमी किन हाम्रो बारेमा सोच्दैनौ ?” बुवा निकै रिसाउँदै भन्नु भयो ।

“तपाईहरु पनि आफ्नो बारेमा सोच्दै हुनु हुन्छ । म सोफिलाई मन पराउछु । मेरो भावनाको बारेमा बुझ्नुहोस् ।” अलिशा रुँदै भनिन् ।

उनको बुवाले उनीलाई थप्पड हान्नुभयो र भन्नुभयो,“तिमी हाम्रो लागि रोग होऊ । आजदेखि तिमी बाहिर जान बन्द । तिम्रो मोबाइल हामीसँग हुन्छ । तिमीलाई बन्द गरेर राख्ने छौ ।” बुवा र आमा निराश हुनुभएको थियो । 

अलिशा रुँदै थिइन् । आफ्नो बुवा आमालाई सम्झाउन कोसिस गर्दै थिइन् तर बुवा र आमा कुरा सुन्न राजि हुनु न थियो । अनि अलिशालाई कोठामा बन्द गरिदिनु भयो । उनी रातभर सुत्न सकेकी थिइनन् । सोफिको यादमा डुबेकी थिइन् । उनीलाई थाहा छैन कि कति समयसम्म कोठामा बन्द हुन्छिन् भनेर । सोफिको बारेमा सोच्दै थिइन् । 

“म के अलिशासँग कुरा गर्न सक्छु ?” सोफिले भनिन् । 

“तिमी अलिशासँग कुरा गर्न सक्दैनौ । तिमीहरु दुई जनाको हरकतले हाम्रो इज्जत गएको छ ।” बुवा रिसाउँदै भन्नुभयो ।  

“हाम्रो बारेमा कसरी थाहा पाउनु भयो ?” सोफि नर्भस भइन् । 

अलिशाको बुवाले सबै कुरा व्यक्त गर्नु हुन्छ । सबै कुरा सुनि सकेपछि सोफिलाई अवि देखेर रिस उठ्यो । उनीले केही बोल्न सकेकी थिइनन् । त्यही क्रममा अलिशाको बुवाले भन्नुभयो,“तिमी दुई जनालाई लाज सरम छैन ? बेइज्जतिहरु । यदी तिमीले यो नम्बरमा फेरि फोन गरौ भने, त्यसको नतिजा राम्रो हुने छैन । म तिम्रो बुवा आमालाई भनिदिन्छु । मेरो छोरीलाई बिग्राने नै तिमी हौ ।” बुवाले रिसाउँदै फोन राख्नुभयो । 

सोफिलाई आफ्नो चिन्ता थिएन न त बुवा आमाको नै । उनीलाई थाहा थियो नै एक दिन सत्य थाहा हुने नै थियो तर आफूले नै भन्न रहर थियो । 

“यो के हुँदै छ ? उनीलाई हाम्रो बारेमा कसरी थाहा भयो ? हामीसँग कुरा नगरि अलिशाको बुवालाई किन भनेको ? म कसरी अलिशालाई बचाऊ । कसरी उनीसँग कुरा गर्नु ?” सोफिले आफैलाई भन्छिन् । उनीलाई तनाव भएका थियो । अलिशाको बारेमा सोच्दै थिइन् । 

एक हप्तापछिको कुरा हो । सोफि अलिशाको घरमा पुगिन् । बाहिरबाट हेरिन् । दिउँसोको १ः३० बजेको थियो । सोफिलाई थाहा थियो कि यो समय अलिशाको बुवा आमा घरमा हुनुन्न भनेर । ढोका बाहिरबाट बन्द थियो । उनी पछाडि गइन् र पाइपबाट चढेर अलिशाको कोठाको झ्यालमा पुगिन् । पर्दा खुल्लै थियो । उनीले अलिशालाई देखिनन् । उनीले झ्याल ढकढकाइन् । धेरै चोटि ढकढकाइन् तर उनीले अलिशालाई देखिनन् । मन आत्तिन थाल्यो । केही भयो कि भन्ने । मन अशान्त भयो । उनीलाई के गरौ भयो । त्यही क्रममा, उनीले अलिशालाई देखिन् । देखेपछि फेरि झ्याल ढकढकाइन् । धेरै चोटि ढकढकाइन् र मात्र अलिशाले सोफिलाई देखिन् । देखेपछि अलिशाले आत्तिदै भनिन्, “तिमी यहाँ ? यदी मेरो बुवा आमाले तिमीलाई देख्नु भयो भने तिमीलाई मार्नु हुन्छ । तिमी गइहाल ।”

“हेर । म तिमीलाई यहाँबाट निस्कालि हाल्छु । तिमी नआत्तिकन  बस । म तिमीलाई भेट्न आउँछु । तिमीलाई यहाँबाट निकाल्छु ।”

“मलाई थाहा छ कि तिमीले मलाई यहाँबाट निकाल्छौ तर अहिलेको लागि तिमी यहाँबाट निस्क । आमा आउने बेला भयो । यदी तिमीलाई देख्नुभयो भने मार्नु हुन्छ ।”

सोफि सहमत हुन्छिन् र त्यहाँबाट निस्किन् । सोफिले अलिशालाई घरबाट निकाल्ने योजना बनाउन थालिन् । त्यसको साथ साथै उनी अलिशालाई भेटिन् र योजनाको बारे बताउथिन् । अलिशाको मनमा आशा पलाएको थियो र खुशी भएकी थिइन् । 

१०

दुई महिनापछिको कुरा हो । अलिशाको रुमलाई ध्यान दिएर हेरेकी थिइन् । योजना परिणाम दिने दिन आएको थियो । 

“भोलि म दिउँसोको २ः०० बजे आउँछु । म भोलि तिमीलाई यहाँबाट निकाल्छु । तिमी तयार हुनु ।” सोफिले भनिन् र अलिशाले टाउको हल्लाइन् । 

“अहिले म निस्किए ।” सोफि निस्किन् भने अलिशालाई भोलिको दिनको प्रतिक्षा थियो । उनीलाई घरबाट कहिले निस्कियौ भएको थियो । 

अर्को दिन । समय २ः०० बजेको थियो । सोफिले झ्याल ढकढकाइन् । अलिशा उपन्यास पढ्दै थिइन् । जब उनीले ढकढकको आवाज सुनिन् , खुशी हुँदै झ्यालकाृ छेऊमा गइन् । झ्याल खोलिन् । सोफिले झ्याल खोल्ने तरिका युटटुबबाट सिकेकी थिइन् र अभ्यास पनि । सिके अनुसार झ्याल खोलिन् । अलिशाले यता उता हेर्दै थिइन् । कसैलाई देखिनन् र आफ्नो झोला तल भारिन् । सिडिबाट भारिन् । भरिसकेपछि सोफि र अलिशाले एक अर्कोलाई हग गरे । दुवै जना भावुक भएका थिए । सोफिले पोखराको टिकट लिइसकेकी थिइन् र ट्याक्सी बोलाएर एयरपोर्ट गरे ।

......................................................................................................................................................................

घडीको सुइराले ४ः३० बजे देखायो । अलिशाको आमा घर आइपुगिन् । आफ्नो कोठामा गइन् र लुगा फेर्नु भयो । केही क्षणपछि किचेनमा जानुभयो । आफ्नो अलिशाको लागि खाजा बनाउनुभयो । खाजा बनाएर अलिशाको कोठामा जानुभयो । जब कोठामा जानुभयो, अलिशालाई देख्नुभएन । बाथरुममा चेक गर्नुभयो तर बाथरुममा देख्नुभएन । यता उता हेर्नु भयो तर कतै देख्नुभएन । कोठाको झ्याल खुल्दै थियो । झ्यालबाट बाहिर हेरिन् । शङ्कापद केही देखिनन् । आमा नर्भस हुनुभयो । पछि खाटमा एउटा नोट थियो र पढ्न थाल्नु भयो ।

बुवा र आमा, 

           मलाई माफ गर्नुहोला । म घर छोडेर जाँदै छु । तपाईहरुले सोच्नु होलन कि म स्वार्थी भए । हो, म स्वार्थी भए किनकि म आफ्नो खुशी हेर्दै छु । तपाईहरु पनि आफ्नो स्वार्थ हेर्दै हुनु हुन्छ । तपाईहरु आफ्नो इज्जतको बारेमा सोच्दै हुनु हुन्छ । तपाईहरुले मेरो खुशीको बारे कहिले सोच्नु भएन । साँच्चो कुरा थाहा पाएपछि, तपाईलाई गाह्रो भएको थियो तर जे भए पनि म तपार्ईको छोरी हूँ । समाजले नस्वीकारे पनि तपाईहरुले स्वीकार्ने सक्नु हुन्थ्यो । मेरो परिचय तपाईको लागि सराप भएको छ । त्यसैले म घर छोडेर जाँदै छु । घर फर्किने आशा नगर्नु होला । म सोफिसँग खुशी छु ।

                                                                                                                                      अलिशा

आमाको आँखामा आँसुले भरिएको थियो । बुवालाई फोन गर्नु भयो र सबै कुरा व्यक्त गर्नुभयो । बुवा अचम्म पर्नु भयो र अफिसबाट तुरुन्तै निस्किनु भयो । घर आएपछि नोट पढ्नु भयो । पढिसकेपछि आमालाई भन्नुभयो,“हाम्रो छोरीलाई के भयो ? हाम्रो बारेमा सोचिनन् । हामीले अब यो समाजको अगाडि कसरी मुख देखाउने ? यस्तो छोरी हुनुभन्दा नभएकै जाति ।”

बुवा र आमा भावुक हुनुभयो भने दुवै अलिशा र सोफि प्लेन चलिसकेका थिए । 


Comments

Popular Posts