मेसिन

अहिलेको समयमा काम गर्न सजिलो छ । काम अहिले किन सजिलो छ भने मेसिनले गरेर हो । कसैसँग कुरा गर्दा मोबाइल छ वा टेलिफोन । पहिलाको जमानाका न त फोन थियो न त मेसिन । चिठ्ठी थियो । चिठ्ठी पढ्न पनि धेरै समय कुर्नेु पर्ने र अक्षर चिन्नेले पढेर सुनाउनु पर्ने ।

मैले टेलिफोन देखेको १२ वर्षमा हो । त्यो पनि समय धेरै लागेको थियो । त्यस बेला लाइन ल्याउन धेरै दिनहरु कुर्ने पर्ने । टेलिफोन आउँदा धेरै खुशी भएका थियौ र आफ्नो मिल्ने साथीलाई फोन गरेको थियो । 

कम्प्युटर पनि ठूलो थियो र ईन्टरनेट थिएन । गेम पनि अरु बाट मागेर कम्प्युटरमा सा¥यो । अनि दिन भर खेल्यो । के के न गरे जस्तो हुन्थ्यो तर अहिले सामान्य लाग्छ । कम्प्युटरले गर्दा गेमको साथ साथै अरु कामहरु गर्न सजिलो भएको छ । जस्तै ः पढ्ने, अफिसको काम, अनलाइन फारम भर्ने आदि । 

अहिले धुने मेसिन भएर पनि धेरै सजिलो भएको छ । पहिला हातले धुन्ने अवस्था थियो । त्यसको साथ साथै बिजुलीको कारण किचेनमा काम गर्न सजिलो भएको छ । पहिला हेरि धेरै सजिलो भएको हो । त्यसको साथ साथै ईन्टरनेटको कारण घरमै बसेर काम गर्न सजिलो भएको हो । 


Comments

Popular Posts