तनाव

मानिसहरुलाई धेरै तनाव हुन्छ । कोही मानिसहरु सानो कुरामा तनाव लिन्छन् भने कोही मानिसहरु ठूलो कुरामा तनाव लिन्छन् । कोही मानिसहरु चाँहि केही कुरामा पनि तनाव नै लिदैनन् । तनाव लिन जरुरत नै सोच्दैनन् । उनीहरुले तनाव नलिएको देखेर कसरी बसेको जस्तो लाग्छ । कसरी ह्याडल गरेको जस्तो लाग्छ । आफूलाई तनाव हुँदा कस्तो हुन्छ । के गर्ने, कसो गर्ने हुन्छ । 

कहिले काँही यस्तो तनाव आउँछ कि तनाव लिन्न भन्दा पनि लिनु पर्छ । कहिले काँही यस्तो तनाव आउँछ कि कसैलाई पनि भन्न मिल्दैन । मनमा पनि राख्न पनि मिल्दैन । कसरी भन्नु, भनेपछि कस्तो प्रतिक्रिया आउँछ, अरु व्यक्तिले कुन रुपमा लिन्छ, अर्को व्यक्तिले बुझ्छ कि बुझ्दैन भन्ने हुन्छ । 

तनाव कसैले देखाउछन् भने कसैले देखाउदैनन् । तनाव सेयर गरो भने मन हलुका हुन्छ भनेर सेयर गर्छन् भने कसैले व्यक्त गर्न मन पराउदैनन् । सोच्छन् कि अरुलाई किन दुःख दिने । आफूमै लुकाएर राखेका हुन्छन् । 

मेरो जिन्दगीमा पनि धेरै तनावहरु थिए । सानो हुँदा  देखाउथे । सानो कुरामा पनि तनाव लिन्थे र कति अवस्थामा ह्याडल गर्न सक्दिन थिए तर समय बित्दै जाँदा साना तनावहरुलाई वास्ता गर्न छोडे । ठूलो तनाव भएमा आफै ह्याडल गर्न थालेको छु । 


Comments

Popular Posts