मिडियाको भूमिका र यसको प्रभाव

मिडियाको भूमिका र यसको प्रभाव मानिसहरुमा धेरै हुन्छ । मानिसहरुको जिवनमा मिडियाको भूमिका हुन्छ । मिडियाको भन्दा फेसबुक र टिकटकको मानिसहरुमा धेरै प्रभाव छ । राम्रो र नराम्रो दुई पक्ष छ । राम्रो के छ भने आफ्नो प्रतिभा देखाउने एउटा माध्यम बनेको छ । धेरै व्यक्तिहरुले यदी टिकटकको कारण मौकाहरु पाएका छन् । नराम्रो पक्ष भनेको भाइरल हुने क्रममा नराम्रा भिडियो राख्छन् र अरु व्यक्तिहरु खुट्टा तान्न छन् । त्यसको साथ साथै अरुको टिकटकमा नराम्रो कमेन्ट गछौ भाइरल हुनको लागि । लाइक र कमेन्टहरुको पछि लाग्छौ । 

पहिला सूचनाहरु पाउन कुर्नु पथ्यो । अर्को दिन पत्रिका किन्नुपथ्र्यो । टि.भीमा समाचार वा मनोरञ्जनको लागि कुर्नुपथ्यो तर अहिले कुर्नु पर्दैन । युटटुबबाट हेर्न मिल्छ वा अरु माध्यमबाट हेर्न मिल्छ । अहिले फिल्महरु र सिरियलले मानिसहरुको लुगा लगाइमा धेरै प्रभाव पारेको छ । त्यहि अनुसार लगाउन खोज्छन् खास गरि महिलाहरु । सिरियलमा महिलाहरुले लगाएको लुगा । गहनाले महिलाहरुको लुगा लगाएको शैलीमा फरक पर्छ । जस्तै ः कहानी घर घर कि, कसौटी जिन्दगी कि, क्योंकि सास भी कभी बहू थी, पवित्र रिश्ता आदिले महिलाहरुलाई केन्द्रको पात्र बनाउनुको साथ साथै पहिरन र गहनामा धेरै केन्द्रीत गरेको थियो । 

त्यसको साथ साथै सिरियल, चलचित्र वा अरु भिडियोका शब्दहरुले व्यक्तिहरुमा प्रभाव पार्छ । खास गरि बालबालिकामा प्र्रभाव पार्छ । टि.भीमा जे देख्छन् उनीहरुले छिट्टै  सिक्छन् । युटटुबमा राखिने नराम्रा भिडियोहरुले पनि असर गर्छ । 

च्लचित्रहरुमा देखाइने केही सिनहरुले मानिसहरुमा तनाव दिने गर्छ । एक्सन फिल्मको असर युवा वर्गमा नराम्रो असर पार्छ । त्यसको साथ साथै शारीरिक सम्बन्धको सिन, महिला हिंसा आदिले प्रभाव पार्छ । तर राम्रा फिल्महरु पनि छन् जसले समाजमा सन्देशहरु दिएका छन्  र राम्रा प्रभाव छोडेको छ । नेपाली चलचित्रहरुमा दक्षिणा, लाहूरे, जात्रा, पशुपति आदि राम्रा चलचित्रमा पर्छ । हिन्दी फिल्महरुमा नायक, सोदेश, तारे जमिन पर आदि राम्रा चलचित्रहरुमा पर्छन् । 


Comments

Popular Posts