सोफियाको कहानी
१
अक्टुबर २०१७
१०ः०० बेलुका
पोखरा
सिमरन, अरमान, सुदिप, विवेक, बिनी र उदिहरुले घर हेर्दै थिए । जंगलको बीचमा थियो र घर बंगला जस्तो थियो । घरमा पातहरु नाचिरहेका थिए र विभिन्न आवाजहरु आइरहेका थिए जुन डर लाग्दा आवाजहरु थिए । ६ जना डराएका थिए ।
“यो घर त भूतहरुको फिल्ममा देखाउने जस्तो छ ।” विवेकले डराउदै भन्छन् ।
“हो तर हाम्रो लागि रमाइलो हुने छ ।” सुदिपले भने ।
“म यो घरमा बस्न सक्दिन ।” विवेक डराउदै फेरि भने ।
“यदी तिमी डराएका छौ भने तिमी किन किन हामीसँग आएको ?”उदिले भनिन् ।
“सबै जना मलाई उडाउछन्, त्यसैले म तिमीहरुसँग आएको ।”
सबै जना मज्जाले हाँसे । त्यही क्रममा, बिनीले भनिन्,“हामी सबै जना भित्र जाऔ र घर हेरौ ।” बिनीलाई हतार भएको थियो घर हेर्न ।
सबै जना घर भित्र छिर्छन् । सुरुको कोठा ठूलो थियो । हेर्दा बैठक कोठा जस्तो देखिन्छ । कुर्सीहरु र सोफाहरु थियो । त्यही क्रममा, बाँयातिर बिताब राख्ने थियो तर किताबहरुको सट्टा कपहरु र खेल्ने कुराहरु थियो । किताब राख्ने छेऊमा सो केस थियो । धुलो र फोहोरको कारण सोकेसमा के थियो थाहा नै भएन । दायाँतिर हेर्दा एउटा चित्र थियो जुन बुझ्न गाह्रो थियो । बिचमा सिडी थियो । सबै जना माथि जान्छन् र यता उता हेर्छन् ।
“यो घर कति ठूलो हो । को बस्छ यस्तो ठूलोे घरमा ?” बिनीले भनिन् ।
“म गले छु । आरम गर्न मन छ । भोलि घर हेर्दा हुँदैन ।” उदिले भनिन् र सबै सहमत भए । अनि बाँयातिर गए र छेऊमा भएको कोठातिर गए । ढोका खोल्न कोसिस गरे तर सकेनन् । अर्कोतिर गरे तर फेरि असफल भए । अन्तमा १० औ कोठा खुल्यो । सजिलै खुल्योे । सबै जना अचम्म परे । अनि भित्र छिरे । अरमानले टर्ज बाले र कोठाको बत्ति बाले । कोठा फोहोर थियो । सामानहरु ठीक ठाउँमा थिएन ।
“कस्तो फोहोर कोठा ।” सिमरनले भनिन् ।
“अँ, हो ।” बिनीले सहमत भइन् । कोठा निकै ठूलो थियो । अचम्म केमा थियो भने किताबहरुमा । धेरै किताबहरु थिए जुन पूरानादेखि नयाँँसम्म थिए ।
“हामी यस्तो फोहोर कोठामा सुत्न सक्छौ ?” सिमरनले भनिन् ।
“जहाँ हामी सुत्छौ, त्यही सफा गरौ ।” अरमानले भने ।
सबैले सोफाहरु र भुँइ सफा गर र सबै सुते । अरमान र सुदिप बच्चादेखि कै साथी हुन् । सिमरन, विवेक, बिनी र उदि मास्टस् डिग्रीदेखिका साथी हुन् । उनीहरु पढेको कलेजमै अरमान र सुदिप पढेका हुन् । कलेजबाट नै सबै जना मिल्ने साथी भएका हुन् । अरमान र सिमरन सम्बन्धमा छन् भने बिनी र सुदिप पनि सम्बन्धमा छन् । त्यसको साथ साथै उदि र विवेक सम्बन्धमा छन् । त्यसको साथ साथै उदि र विवेक सम्बन्धमा थिए तर केही महिना अगाडि ब्रेक अप भएको हो । उदिको पूरा नाम उर्मिला हो तर सबैले उदि भनेर बोलाउछन् ।
२
अर्को दिन । सबै जना ढिला उठे । समय भएको थियो बिहानको ९ः४५ । सबै जना बिस्तारै उठ्ने क्रममा थिए । उठिसकेपछि सबै जना कोठाहरु सफा गर्दै थिए । दुई घण्टा लगाएर सफा गरेका थिए । सबै सफा गरेपछि सबै जना फ्रेस हुन्छन् । सबै जना खाने क्रममा थिए । सबै जनाले केही न केही बोकेर ल्याएका थिए । खाइसकेपछि सिमरनले भनिन्,“बाहिर निस्किनुपर्छ ।”
सबै जना सहमत भए र बाहिर निस्किए । जङ्गलको वरिपरि धुमे । सबैले फोटो खिचे । विवेक चाँहि डराएका थिए । यता उता हेर्दै थिए । उनलाई जङ्गलदेखि नै डराएका थिए । केही क्षणपछि विवेकले भने,“मलाई जङ्गल हेर्न पुग्यो । अब फर्कियौ होला ।” उनले डराउदै भने ।
सबै जना हाँसे र सुदिपले भने, “हामी त आज यही जङ्गलमा बस्ने हो ।” सबै जना होमा हो मिलाए । विवेकले सबै जनालाई हेरे । सबै जना गम्भीर भएको देखेर झन् डराए र अनुहार रातो र पिरो भयो । सबैले विवेकलाई हेरे । केही क्षणपछि सबै जना हाँसे ।
दुई घण्टापछि सबै जना घर पुग्छन् र केही क्षण आराम गर्छन् । आराम गर्ने क्रममा सिमरनले भनिन्,“हामीले हिजो राम्ररी घर हेरेका थिएनौ । आज हेर्ने हो ?”
सबै जना मान्छन् तर विवेक मानेका थिएनन् । उनलाई डर लागेको थियो । डराए तापनि उनी मौन थिए । सबै जनालाई थाहा थियो कि विवेक डराएका थिए भनेर र उनले देखाएका थिएनन् भनेर ।
मौनता तोड्दै विवेकले भने,“आज गलिएको छ । भोलि हेरौन । नभए नहेर्दा पनि फरक पर्दैन ।” विवेक नर्भस हुँदै भने ।
“यदी तिमीलाई आउन मन छैन भने, हामीलाई त्यति फरक पर्दैन । हामी त हेर्न जान्छौ ।” सुदिपले भने र सबै जना मुस्कुराए । अनि सबै जना सोफाबाट उठे र विवेक पनि सबै जनासँग जान्छन् ।
सबै कोठा हेर्न खोज्छन् तर अघिल्लो दिन जस्तो असफल हुन्छन् । उनीहरुलाई यस घरमा आएदेखि यी सबै कोठाहरुमा के छ भने परेको छ । कोठाहरु खोल्न नसकेपछि सबै जना तल जान्छन् । तल गएपछि बुक केसमा आँखा जान्छ । बुक केसमा पूराना कपहरुको साथ साथै अरु पनि पूराना झाडाहरु थिए ।
“कस्तो पूराना सामानहरु है ।” सिमरनले भनिन् । सबै जना सहमत भए । सबै जनाले भित्तामा भएको चित्रहरु हेर्न थाले । त्यही क्रममा, सबै जनाको चित्र एक युवतीमा पुग्छ । चित्रमा भएकी युवती निकै राम्ररी थिइन् । सबै जना हेरेको हेरै भए । रातो लिपस्टिक लगाएकी थिइन् र त्यसको साथ साथै झुस्का लगाएकी थिइन् । घाँटीमा हार लगाएकी थिइन् जुन पूरानो देखिन्थ्यो । चित्रमा मिति थियो जुन सन् १९९० को थियो ।
“मैले यो युवतीलाई कहि देखेको छु तर कहाँ देखे ?” सिमरले भनिन् ।
“मलाई पनि त्यस्तै लाग्छ सिमरन तर कहाँ देखे ?” उदिले भनिन् ।
“तिमीहरुले प्रदर्शनीमा देखेको हुनुपर्छ । सिमरन त प्रदर्शनीमा गइरहछिन् । तिमीले त्यही देख्यौ होला ।” अरमानले भने ।
हुन त सिमरनले टाउको हल्लाइन् तर मनमा धेरै प्रश्नहरु थिए । उनीले चित्रलाई ध्यान दिएर हेर्दैे थिइन् र चित्रको मिति नै गलत छ जस्तो लाग्यो । अरमानले सिमरनलाई निहालेर हेर्दै थिए र भने,“तिमी चित्रमा ध्यान नदेऊ । यो सिर्फ चित्र हो र बनाउने व्यक्तिले के सूरमा बनाए र कसलाई देखेर बनाए हामीलाई कहाँ थाहा हुन्छ ।” सिमरनले टाउको मात्र हल्लाइन् तर चित्र दिमागमा बसिरहेको थियो ।
३
अर्को दिन, सबैजना कोठामा थिए । सबै जना गफ गर्दै हाँसि रहेका थिए तर सिमरन बुक केसमा गइन् । किताबहरु पूरानादेखि नयाँसम्म थिए । जब उनी किताबहरु हेर्दै थिइन्, उनी अचम्म परेकी थिइन् । कुनै किताबहरुमा धुलो लागेको थियो भने कुनैमा थिएन । नयाँ किताबहरु खोलिएका थिएनन् । उनीको दिमागमा प्रश्नहरुले डेरा जमाउन थाल्यो र उनीलाई लाग्यो कि कोही यहाँ बस्छ ।
उनी किताबहरुको दूनियाँमा हराएकी थिइन् भने अरमान उनीको नजिक आए र भने,“हे, तिमीलाई के भयो ? तिमी हरायौ त ?”
“म हराएको छैन । पढ्नको लागि म किताबहरु हेदैै थिए ।”
“हामी यहाँ पढ्न आएका होइनौ । रमाइलो गर्न आएका हौ ।” सिमरनको हातमा भएको किताब बुक केसमा राखे । उनी आफ्नो साथीहरुसँग थिइन् तर ध्यान चाँहि किताबहरुमा थियो । किताबहरु प्रायः उदासी र धोके बासको बारेमा थियो । केही न केही अर्थ थियो ।
दुई दिनपछिको कुरा हो । सिमरन घरममा एक्लै थिइन् । घर हेर्नको लागि उनीको लागि मौका थियो । आफू बसेको कोठा हेर्न थालिन् । दायाँको साइथकमा बुक केस थियो । बुक केसभन्दा पनि सो केसमा ध्यान थियो । खोल्न खोजिन् तर सकिनन् । साँचो खाजिन् तर कहि भेटिनन् । अन्तमा उनीले बुक केसमा हेरिन् र साँचो भेटिन् । साँचोले धेरै चोटि खोल्ने प्रयास गरिन् तर असफल भइन् । अन्तमा एउटा साँचो थियो र खोल्न सफल भइन् । खोल्न धेरै समय लागेको थियो । खोल्दा उनीले डायरी भेटिन् । सो केसमा डायरीहरु ? उनी अचम्म परिन् । डायरीहरु निकालिन् । धुलोले भरिएको थियो । डायरीहरु सफा गर्ने क्रममा उनीले कोही आएको जस्तो भयो । जुत्ताको आवाज आयो । उनीले तुरुन्तै सो केस बन्द गरिन् । बन्द गरेपछि खाटमा गएर सुतेको जस्तो गरिन् ।
त्यही क्रममा, अरमान यता उता हेर्छन् । अरमान कोठामा पुग्छन् र खाटमा सिमरनलाई सुतेको देख्छन् । उनको नजिक जान्छन् ।
“हे, सिमरन । बिहानको ११ः०० बजिसक्यो ।”
“हँ ।” उनीले आँखा खोले झै गरिन् ।
“के भयो अरमान ?” उनीले फेरि भनिन् ।
“तिमीलाई आज के भयो ? बािहर पनि आएनौ न त खान नै खान आयौ । के भयो तिमीलाई ? सँच्चो छैन तिमीलाई ?”
“मलाई ठीक छ । मलाई सुत्न मन भएर । गले जस्तो भएर बाहिर नगएको ।”
“तिमी अब उठ । फ्रेस हुनु र सँगै खाउला ।”
“हुन्छ ।” सिमरनले भनिन् र अरमान कोठाबाट निस्किन्छन् । अरमान निस्किने बित्तिकै सिमरनले डायरीहरु आफ्नो सूटकेशमा राखिन् । केही समयपछि तल भरिन् ।
“तिमीलाई आज के भयो ?” बिनीले भनिन् ।
“केही भएको छैन । मलाई सुत्न मन भएर । गले जस्तो भएर बाहिर नगएको ।”
सबै जना गफ गर्न थाले भने सिमरन खान थालिन् र आफ्नै संसारमा हराइन् ।
४
बेलुकाको ८ः०० बजेको थियो । सबै जना गफ गर्दै थिए र मस्त थिए भने सिमरन कोठामा डायरी पढ्दै थिइन् । सन् २००८को रेकर्ड थियो ।
प्रिय परनिता,
आज कलेजको पहिलो दिन थियो । मैले पत्रकारिता पढाउने कलेजमा भर्ना भए । कलेज बानेश्वरमा थियो । म हतारिदै कलेज पुगे । कक्षा ७ः०० बजे सुरु हुन्थ्यो । अनि म ६ः५० बजे पुगे । कक्षा छिर्ने बित्तिकै मैले एक जना पढ्दै गरेको देखे । दुब्ला थिए । भर्खर दाह्री काटेका देखिन्थे । हेर्दा गोरा थिए । उनीलाई देख्ने बित्तिकै के भयो मलाई नै थाहा छैन । केही समयपछि हाम्रो परिचयभ यो । उनको नाम थियो अरमान क्षेष्ठ । उनलाई देखेपछि मलाई नै थाहा छैन के भयो ।
अहिलेको लागि शुभ रात्रि !
सिमरन अचम्म परेकी थिइन् अरमानको नाम देखेर । यदी अरमानको पहिले नै अफयेर थियो भने किन नभनेको । सिमरनले आफ्नो अतित सबै भनेकी थिइन् । त्यसको साथ साथै डायरीमा भएको साईन देखेर अचम्म परेकी थिइन् । साईन बेग्लै थियो । कसैले पनि साईन बुझ्दैन थिए । सिमरनलाई यो डायरी लेख्ने व्यीक्तसँग भेट्न मन लागेको थियो । उनीले साईन हेर्दै थिइन् भने उनीले जुत्ताको आवाज सुनिन् र डायरी लुकाइन् । अनि खाटमा बसेर किताब पढ्न थालिन् । सबै साथीहरु कोठामा आए ।
“हरे, यो केटीलाई हेर । यो केटीले अरमानको सट्टा किताबलाई विवाह गर्छिन् । के सारो किताबको किरा भएकी ?” हातमा भएको किताब बिनीले खोसिन् ।
सबै जना मज्जाले हाँसे । सिमरन र अरमान पनि हाँसे । त्यही क्रममा, सिमरनले भनिन्,“हो, म किताबसँग विवाह गर्छु । अरमान वोरिङ्ग छन् । रोमान्टि नै छैनन् ।” सिमरनले अरमानलाई हेर्छिन् ।
“त्यसो भए मलाई किन मन पराए कि त ?” अरमान रिसाउदै भन्छन् ।
“तिमी नै मेरो पछि लागेका थियौ ।” सिमरन मुस्कुराइन् भने अरमान रिसाए । रिसाएको देखेर सिमरन खाटबाट उठिन् । अरमानको नजिक गइन् र सरी भनिन् र दुवै जनाले एक अर्कोलाई हग गरे । सिमरनको दिमागमा धेरै प्रश्नहरु थिए र सही समय कुर्ने निर्णय गरिन् ।
५
रातिको १२ः३० बजे । सबै जना सुतिरहेका थिए । त्यही क्रममा सबै जनाले आवाज सुन्छन् । अचम्मको आवाज थियो । सुरुमा बिनीले सुनेकी थिइन् । जब उनी आवाज सुनेर उठिन् तब आवाज बन्द भयो र उनी सुतिन् । केही क्षणपछि फेरि आवाज आयो । पहिलाको भन्दा आवाज ठूलो थियो । बिनी र उदि उठे ।
“तिमीले आवाज सु¥यौ ?” उदिले भनिन् ।
“मैले अघि पनि सुनेको थिए तर सोचे मेरो भ्रम होला । यो आवाज अघिको भन्दा ठूलो आयो ।”
“हो र ?” उदि डराउदै भनिन् । उदिको साथ साथै बिनी पनि डराएकी थिइन् । सिमरन दुवै जनाको आवाज सुनेर उठिन् र भनिन्,“तिमीहरुलाई के भयो ? किन खासखुस गरेको ?”
त्यही क्रममा सबै जना उठे र सुदिपले भने,“किन खासखुस गरेको ? के भयो ? यति राति किन खासखुस गरेको ?”
बिनी र उदिले सबै कुरा व्यक्त गरे । सुरुमा कसैले पत्ताएनन् । सबैले बिनी र उदिलाई हेरे ।
“हामी चाँहि किन नसुनेको ?” सुदिपले भने ।
“हामीलाई नै थाहा छैन । हामी आफै अचम्म परेका हौ ।” उदिले भनिन् ।
“डर लाग्दो आवाज थियो ।” बिनीले भनिन् ।
वातावरणमा शून्यता छा¥यो । बिनी र उदि चाँहि डराएका थिए । अरमानले दुवै जनालाई निहालेर हेर्दै थिए र अरमानले भने, “तिमीहरु नआत्तिकन सुत । यदी हामीले पनि आवाज सु¥यौ भने, हामी सबै जना मिलेर केही गर्नु पर्छ ।”
सबै जना सहमत भए र सुने ।
६
बेलुकाको ८ः३० बजेको थियो । सिमरनले किताबको भित्र डायरी राखेर पढ्न थालिन् ।
प्रिय परनिता,
सुरुमा सोचे कि मेरो माया अरमान पनि भ्रम मात्र हो तर होइन रहेछ । हुन त म दुई वर्षदेखि सम्बन्धमा छु तर म यो सम्बन्धदेखि आजित भएको छु । उनले मलारयउ माया गर्दैनन् र अर्कोलाई गर्छन् तर मसँग ब्रेकअप गर्न चाहन्दैनन् । म वाक्क दिक्क भएको छु र उनलाई वास्ता गर्न छोडेको छु । हरपल मेरो र मेरो प्रेमीसँग झगडा हुन्छ तर समाधान हुँदैन ।
जब म अरमानसँग बोल्छु र उनी मसँग बोल्छन्, म उनीलाई सुनिरहन मन लाग्छ । जब उनी मुस्कुराउ छन्, मेरो मन पुरुग हुन्छ । उनले जसरी साथीको रुपमा फेयर गर्छन्, मन अर्को हुन्छ । उनीसँग हुँदा म आफ्नो दुःख बिर्सिन्छु ।
समय बित्दै गयो, म उनलाई मन पराउन थाले । म उनीसँग रमाउन थालेको छु । एक दिन उनलाई मेरो मनको कुरा बुझ्ने छन् ।
अहिलेको लागि शुभ रात्रि !
सिमरन डायरी पढ्दै जान्छिन् अरमान माथि शङ्का हुँदै जान्छ । एक मनले सोचिन् कि अरमानले मन पराएको सङ्केत अहिलेसम्म डायरीमा उल्लेख छैन । शङ्का कुन आधारमा गर्ने ? सत्य के हो ? उनीलाई डर लाग्न थाल्यो । अरमानबाट दूर हुने डर हुन थाल्यो ।
सोही दिन, रातको ११ः०० बजे । सबै जना गफ गर्दै थिए र हाँसिरहेका थिए भने सिमरन अरमानलाई निहालेर हेर्दै थिइन् । सोध्न मन थियो तर सकिनन् । सोचिन् कि आफ्नो मनको शङ्का मात्र हो । अरमानले कसैलाई धोका दिन सक्दैनन् भन्ने भयो र मौन भइन् ।
रातको १२ः३० बजे । सबै जना सुतेका थिए । कोही बोलेको आवाज आयो । बिनीले आवाज सुनिन् र डराइन् । बार बार आवाज सुनिरहिन् । किन उनीले मात्र सुत्दै छिन् ?
केही क्षणपछि सबैलाई उठाइन् र सबै कुरा व्यक्त गरिन् । अनि सबै जना घर बाहिर निस्के ।
“यहाँ त कोही छैन त ?” सुदिपले भने ।
“तर मैले आवाज धेरै चोटि सुने । म प्रति विश्वास गर ।” बिनी भावुक हुँदै भनिन् ।
“हामी तिमी प्रति विश्वास गछौ तर हामीले केही सुनेका वा देखेका छैनौ । तिमीलाई मात्र किन सुनाइन्छ ?”
“मलाई नै थाहा छैन ।”
“हामी भित्र जाऊ ।” विवेकले भने ।
सबै जना भित्र जान्छन् र सिमरनले पछाडि फर्केर हेर्छिन् । त्यहाँ पाइलाहरु देख्छिन् तर कसैलाई भन्न सकिनन् किनकि कसैले विश्वास गर्ने छैनन् उनी प्रति ।
७
“यो घर डर लाग्दो छ । सायद यो घरमा भूत छ । त्यसैले बिनी र उदिले आवाज सुनेका हुन् । यो ठाउँबाट निस्कियौ ।” विवेकले भने ।
त्यही क्रममा, सुदिपले भने,“तिमी सधै डराउछौ । डरपोक । हामी त एक महिना अझै बस्छौ । तिमीलाई जानु छ भने तिमी जाऊ ।” सबै जना हाँसे ।
“हामी केही गरौ न ।” बिनीले भनिन् ।
“टूथ र डेयर गेम खेल्नौ न ।” सिमरनले भनिन् । उनीलाई अरमानसँग प्रश्न गर्न मन थियो । सबै जना सहमत भए र भुँइमा बसे । बिनीले बोतल धुमाइन् र बोतल धुमि सक्दा बोतलले उदिलाई देखाउछ ।
“म ?” उदिले अनुहार बनाउछिन् ।
“टूथ कि डेयर ?”बिनीले भनिन् ।
“टूथ ।”
“तिमी अहिलेसम्म विवेकलाई मन पराउछौ ?” बिनीले भनिन् ।
केही पल मौन भइन् र विवेकलाई हेरिन् । विवेकले पनि हेरे । उदिले बिनीलाई हेरेर भनिन्,“म विवेकलाई मन पराउदिन । विवेक डरपोक छ । आफूलाई त सम्माल्न सक्दैन र आफूलाई बचाउन सक्दैन त अरुलाई के बचाउछ ? त्यसैले मैले उसलाई छोडिदिएको हूँ ।”
सबै जना मुस्कुराए भने विवेक मौन भए र गम्भीर भए । केही भन्न सकेनन् । त्यसपछि उदिले बोतल धुमाइन् र बोतल विवेकतिर देखायो ।
“टूथ वा डेयर ?” उदिले भनिन् ।
विवेक नर्भस भए र भने,“टूथ ।”
“तिम्रो गर्लप्रेन्ड छ ?” बिनीले भनिन् ।
“छैन ।”
“त्यसो भए किन गर्लप्रेन्ड छ भनेको त ?”
“त्यसै ।”
विवेकले बोतल धुमाए र बोतल सिमरनतिर देखाउन । सिमरनले यो राम्रो अवसर सोचिन् ।
“टूथ वा डेयर ?” विवेकले भने ।
“टूथ ।”
“अरमान अगाडि तिम्रो कोहीसँग सम्बन्ध थियो ?”
“थिएन तर अरमानको थियो ।”
“ह््वाट् ?” सबै जनाले भने र अचम्म परेका थिए ।
“सिमरन, तिमी यो के भन्दै छौ ?” अरमान अचम्म पर्दै भने ।
“तिमी कुन कलेज पढेका हौ ?”
अरमान मौन भए भने सिमरनले सुदिपलाई हेर्दै भनिन्,“सुदिप, तिमी र सुदिप बच्चादेखिका साथी हौ । स्नातक डिग्री कहाँ पढेका हौ र कोहीसँग अफयेर थियो ?”
सुदिप पनि मौन भए । अरमान र सुदिप एक अर्कोलाई हेर्छन् । हुन त दुवै जना नर्भस थिएनन् तर दुवै जनाले केही लुकाएका थियो जस्तो लाग्छ ।
”उनको कोहीसँग अफयेर थिएन । हामी हिमालयन ह्वाईट हाउस कलेजमा पढेका हौ । यो त तिमीलाई थाहा भएकै कुरा हो । तिमीले किन यी प्रश्नहरु गर्दै छौ ?”
“मलाई किन लाग्छ कि उनले मलाई ठगेका छन् । लाग्छ उनको अफयेर थियो ?”
“अफयेर थियो तर हाम्रो कुरा नमिलेर छुटियौ । मलाई भन्न जरुरी सोचिन । तिमी आएपछि ममा धेरै परिवर्तन आएको छ । म तिमीसँग छुटिनु छैन । त्यसैले मैले आफ्नो अतितको बारेमा भनिन ।” अरमान गम्भीर भएर भने ।
सिमरन गम्भीर थिइन् । सबै जना एक अर्कोलाई हेर्दै थिए । अब के गर्ने भयो । सबै जना अप्ठ्यारो लागेको थियो । त्यही क्रममा, अरमान सिमरनको छेऊमा गए ।
“मलाई माफ गर । मलाई तिम्रो चिन्त दुखाउने कुनै ईरादा थिएन ।”
उनी मौन थिइन् । अरमानलाई हेर्ने रहर गरिनन् । उनीलाई लाग्यो कि अरमान झूट बोल्दै छन् भनेर ।
८
दुवै जना बोलेका थिएनन् । अरमान बोल्न खोज्थे तर सिमरनले वास्ता गरेकी थिइनन् र अरमानले समय दिने निर्णय गरे ।
सबै जना आ—आफ्नो काममा व्यस्त भए भने सिमरन चाँहि डायरी लुकाएर पढ्दै थिइन् ।
प्रिय परनिता,
आज प्रेम दिवस हो । म आज निकै खुशी छु । अरमानले मलाई आज प्रेम प्रस्ताव राखे । यदी उनीले आज प्रेम प्रस्ताव नराखेको भए, म उनलाई प्रेम प्रस्ताव राख्ने थिए । मैले उनलाई सताउन मन थियो तर सकिन । त्यसैले उनले प्रेम प्रस्ताव राख्ने बित्तिकै मैले उनको प्रेम प्रस्ताव स्वीकारे । अनि दिनभर उनीसँग समय बिताए । आज बेग्लै अनुभव भयो । अरमान पहिला साथी थिए र अहिले प्रेमी भएका छन् । म धेरै खुशी छु र मसँग आफ्नो खुशी बयान गर्नेको लागि शब्द छैन । आज मलाई निद्रा लाग्ने छैन ।
अहिलेको लागि शुभ रात्रि !
सिमरन अरु पानाहरु पनि पढ्दै थिइन् । डायरी पढ्दै क्रममा सिर्फ अरमानको नाम मात्र थियो । डायरी लेख्ने व्यक्तिको चाँहि नाम थिएन । जति डायरी पढ्दै जान्छिन् त्यति नै अरमानको अतितको बारेमा जान्न मन थियो ।
९
बिहानको ७ः०० बजेको थियो । सुदिप उठे र किचेन जान्छन् । फ्रिज खोल्छन् र पानी पिउछन् । पिइसकेपछि माथि जाने क्रममा उनी ठोकिन्छन् र हेर्छन् । अचम्म र भावुक हुन्छन् । अनि कराउछन् । कराएको सुनेपछि सबै जना तल भर्छन् ।
“सुदिप, तिमीलाइृ के भयो ?”
सुदिप आतिदै लाशतिर देखाउछन् । सबै जना लाश देखेर छक्क पर्छन् किनकि लाश अरु कसैको नभएर विवेकको थियो । सबै जना आतिन थाले । अनि विवेकको लाश भएको ठाउँमा जान्छन् ।
“विवेक, विवेक ।” सिमरनले भन्छिन् । अरमानले बोतल ल्याएर सुदिपलाई दिन्छन् । सबै जना आतिएका थिए र बोल्न सकेका थिएनन् । सुदिप अरमानको नजिक गए र हग गरे र भने,“यो कसरी भयो ? विवेकलाई कसले मायो ?”
“हामीलाई पनि थाहा छैन ।” अरमानले भने ।
त्यही क्रममा, सिमरनले भनिन्,“विवेकको यो हालत कसले गरो होला ? विवेकको कोसँग दुश्मनी छ ?”
सबै जना एक अर्कोलाई हेर्छन् । त्यही क्रममा,अरमानले भने,“विवेकको लाशलाई गाडि देऊ ।”
“पुलिसलाई बोलाऊ ।” सिमरनले भनिन् ।
“होइन । हामी पुलिसलाई नबोलाउ किनकि पुलिसले हामीलाई नै शङ्का गर्छ । फिटरप्रिन्ड हाम्रै छ विवेकको लाशमा । हामी निर्दोष छौ त्यो हामीलाई मात्र थाहा छ । पुलिसलाई थाहा छैन कि हामी निर्दोष हो भनेर । त्यस माथि हामीसँग प्रमाण छैन ।”
सबै जना सहमत हुन्छन् र लाश गाडछन् । गाडिसकेपछि, सबै जना सुत्न जान्छन् तर निद्रा कसैलाई परेको थिएन । त्यही क्रममा सिमरन डायरी लुकाएर पढ्न थालिन् ।
प्रिय परनिता,
मेरो जिन्दगीमा के भइरहेको छ मलाई नै थाहा छैन । मेरो खुशी किन दुःखमा परिवर्तन हुन्छ ? मैले आफ्नो जिन्दगीमा नसोचेको कुरा किन भइरहेको छ ?
पहिला मेरो प्रेमीसँग ब्रेकअप भयो । पहिलाको प्रेमीसँग खुशी थिइन । जब मैले अरमानलाई भेटे, मेरो जिन्दगी परिवर्तन भएको थियो । म सानो कुरामा पनि रमाउन थालेको थिए । म खुशी हुन थालेको थिए । म अरमानको संसारमा हराउन थालेको थिए । जति उनीसँग हुन्थे, म आफै रमाउथे । मन रमाउथ्यो । सुरुमा सोचे कि मैले मात्र अरमानलाई मन पराउछु । सोचे कि एक तर्फी मात्र माया होला तर जब उनले मलाई प्रेम दिवसको दिन प्रेम प्रस्ताव राखे, मेरो खुशीको सिमा थिएन र मैले उनको प्रेमलाई स्वीकारे र म मायाको संसारमा हराए ।
केही महिनापछि अरमानमा परिवर्तन आउन थालेको थियो । एक दिन उनले फोन गरेर घरमा बोलाए । उनको जन्मदिन भनेर बोलाए । कलेजको सबै साथीहरु आउने कुरा व्यक्त गरे । सुरुम नआउने कुरा व्यक्त गरे तर उनले धेरै चोटि सम्झाए र अन्त्यमा म माने ।
म उनको घर साँझको ७ः०० बजे पुगेको थिए । अरमान र सुदिपले मलाई स्वागत गरे । म भित्र छिर्दा कलेजका साथीहरु कसैलाई देखिन । उनले ७ः३० मा आउने कुरा गरे । साँझको ८ः३० बजेसम्म कोही आएनन् । म अचम्म परे । बिस्तारै सुदिप र अरमान मेरो नजिक आए । उनीहरुले मलाई अचम्म तरिकाले हेरे र मुस्कुराए पनि । म असहज भए । म केही बोल्न खोज्दै थिए तर मेरो नजिक आए र मलाई जर्बरजस्ती गरे । आफूलाई बचाउन सकिन ।
त्यस रातले मेरो जिन्दगी परिवर्तन गरिदियो । म धेरै रात सुत्न सकिन । त्यसको साथ साथै म बाहिर निस्किन छोडेकाके थिए । ममा आएको परिवर्तन देखेर आमाले मलाई धेरै चोटि सोध्नुभयो र म मौन नै रहन्थे । न त म झूट बोल्न सक्थे न त साँच्चो नै । मेरो र अरमानको भेट हुन छोडेको थियो । अरमानलाई बिर्सेन खोज्थे तर हररोज कमजोर पर्थे ।
पढ्दा पढ्दै सिमरनको आँखा रसाए । मानिसहरु किन जनावर हुन्छन् ? अरमान प्रति गिन लागेर आयो र सुदिप प्रति पनि । अरमानलाई कस्तो माया गर्थिन् तर अरमानले आफ्नै मायाको हत्या गरे । सिमरनको मनमा चिसो प¥यो र पछुताइन् । डायरी पढिसकेपछि अरमान प्रति विश्वास हुन छाडेको थियो । डायरी लेख्नेको बारे अझै जान्न मन थियो । त्यसपछि के भयो ? त्यसपछि डायरीमा केही उल्लेख थिएन । रातभर सुत्न सकिनन् । अरमानसँग कुरा गर्न मन थियो र भोलि कुरा गर्ने निर्णय गरिन् ।
१०
बिहानको ६ः०० बजेको थियो । अरमान बाथरुमबाट निस्के । त्यही क्रममा, उनले लाशसँग टकराए । जब उनले हेरे तब उनी छक्क परे । लाश अरु कसैको नभएर उनको मिल्ने साथी सुदिपको थियो । अनि उनी कराए । उनी कराएको सुनेर सबै जना तल झरे ।
“किन कराएको अरमान ?” सिमरनले भनिन् ।
लाशतिर देखाउछन् । सबै जना छक्क पर्छन् । पहिला विवेकको हत्या भयो र अहिले सुदिप । त्यही क्रममा, बिनीले भनिन्,“यो के हुँदै छ ?” उनी भावुक हुँदै भनिन् । सुदिपको छेऊमा बसिन् । आँसुले भरिएको थियो । सिमरन, उदि र अरमान बिनीलाई सम्झाउदै थिए । सिमरन अरमानलाई निहालेर हेर्दै थिए । अरमान तनावमा थिए । लाग्छ कि उनले केही लुकाइरहेका छन् । सिमरनले इशारा पाइसकेकी थिइन् कि यो किन भइरहेको छ ।
११
सुदिपको मृत्यु भएको दुई दिनपछिको कुरा हो । चार जना बैठक कोठामा बसेका थिए । सबै जना मौन थिए । बिनी विशेष गरी मौन भएकी थिइन् । सुदिपको यादमा डुबेकी थिइन् । सुदिपको यादमा डुबेकी थिइन् । भावुक भएकी थिइन् । त्यही क्रममा, अरमान उठे । अरमान उठेको देखेर सिमरनले भनिन,“तिमी कता ?”
“सुत्न ।” पछाडि फर्केछन् ।
“केही क्षण बस न । तिम्रो लागि केही छ ।”
“यस बेला ?”
“हो ।” सिमरन उठिन् । रातिको ११ः३० बजेको थियो । सबै जनालाई निद«ा लागिसकेको थियो । केही बेरपछि अरमान रिसाउदै भने,“के हो तिमीले भन्न खोजेको ?”
“तिमीलाई एक जनासँग भेटाउनु छ ।”
“कोसँग ?”
“सोफिया ।”
जब सोफिया आउँछिन्, अरमान छक्क परे र रातो न पिरो भने । उनलाई के भनू भएको थियो ।
“उनी को हुन् ?” बिनीले भनिन् ।
“तिम्रो अनुहार किन परिवर्तन भयो ?” अरमानलाई सिमरनले हेर्दै भनिन् ।
अरमान मौन भएका थिए र यता उता हेर्दै थिए ।
“अरमान र सोफियाको के सम्बन्ध छ ?” बिनीले भनिन् ।
“म भनू कि तिमी भन्छौ, अरमान ?”
“के कुरा हो ?”उदिले भनिन् । सिमरनले सबै कुरा व्यक्त गरिन् । सबै जना छक्क परे । उदि अचम्म परेकी थिइन् किनकि विवेकलाई सबै कुरा थाहा भएर पनि मौन थिए ।
“त्यस घटनापछि सोफियाले आत्महत्या गर्न प्रयास गरिन् तर सकिनन् । अदालत गरिन् तर तिम्रो कारणले केस हारिन् । केस हारेपछि आत्महत्या गर्ने कोसिस गरिन् तर सकिनन् । पछि तिमीसँग बदला लिने निर्णय गरिन् ।
उनीले तिमीलाई पिछा गर्दै थिइन् र यहाँसम्म आइपुगिन् । भूत बनेर विवेकलाई तरसाइन् र मारिदिन् । सुदिपलाई पनि विवेकलाई जसरी मारिन् त्यसरी नै सुदिपलाई मारिन् । अब तिम्रो पालो ।”
“सोफिया, म तिम्रो पछि लागेको थिइन । तिमी नै मेरो पछि लागेकी थियौ । मैले तिमीलाई मन पराउदिन थिए । सुदिप तिमीसँग एक रातको लागि बस्न चाहन्थ्यो । त्यसैले आफ्नो साथीको लागि मैले तिमीसँग प्रेमको नाटक गरेको थिए । मलाई केही नगर । सुदिपलाई तिमीले मारिसक्यौ । मलाई माफ गर । सुदिपको कारण मैले त्यस्तो गरे ।”
“तिमीलाई म माफ गर्न सक्दिन । तिमीले मेरो खुशीको गला खोटिसक्यौ । मेरो गल्ती यो के कि मैले तिमीलाई माया र भरोसा गरे । धेरै महिनासम्म विश्वास गर्न सकिन कि तिमी अपराधी हुन सक्छौ ।”
अरमान भाग्न कोसिस गर्दै थिए तर सोफिया र सिमरनले अरमानको खुट्टामा हाने र उनी लडे । बिनी र उदि सोफियाको साथमा थिए । सोफियाको कहानी सुनेपछि अरमान प्रति घृणा जागेर आएको थियो । सोफियाले पछाडिबाट अरमानलाई बोतलले हिर्काइन् र मारि दिइन् । सबै जना मिलेर प्रमाण मेटाइ दिए ।
१२
अर्को दिन । सबै जना लुगा मिलाउदै थिए । त्यही क्रममा सोफिया नजिक आईन् र भनिन्,“सिमरन, तिमीलाई धन्यवाद भन्न चाहन्छु ।”
“आफ्नो साथीको लागि त्यति गर्न पनि सक्दिन र ?”
“तिमीहरुले एक अर्कोलाइ पहिलेदखि नै चिन्दथ्यौ र ?” बिनीले भनिन् ।
“हामी बाल्यकालदेखिका साथी हौ । हामीलाई एक अर्कोलाई सबै कुरा थाहा हुन्थ्यो तर त्यस घटनापछि उनी मसँग बोल्न छाडेकी थिइन् । धेरै चोटि सोध्दा मौन रहिन् । केही त लुकाएकी छिन् भन्ने थियो । त्यसैले म सोफियालाई पिछा गर्थे । उनी यस ठाउँमा पहिले पनि आएकी थिइन् । अनि मैले सबैलाई यस ठाउँमा ल्याउने प्लान बनाए । सोफियाको डायरीहरु यही भेटे र अरमानको बारेमा थाहा पाए । यही आएर सोफियासँग पनि भेट भयो र उनीले सबै कुरा व्यक्त गरिन् । सुरुमा मैले सोफियाको कुराहरु पत्ताइन तर उनीले मलाई डिएनए देखाएपछि पत्ताए ।”
वातावरणमा शून्यता छायो । सिमरन भावुक भइन् । अरमानले सिमरनको साथ साथै सोफियालाई धोका दिएका थिए । सिमर र सोफियाले अरमानलाई धेरै माया गरेका थिए तर मायाको बदलामा धोका पाए ।
“अब हामी काठमाडौ फर्कियौ ।” सबै जना आ—आफ्नो झोला बोकेर यस ठाउँबाट निस्किछन् ।
Comments
Post a Comment