परिवर्तन

मानिसहरुको सोचाइ देखेर मलाई अचमम र छक्क पर्छु । अचम्मभन्दा पनि रिस उठ्छ । हामी मानिसहरुमा धेरै कुराहरुमा परिवर्तन आउनु पर्ने छ ।   

एउटा परिवर्तन त केटाहरु वा छोराहरुले घरको काम गर्नु हुँदेन भन्ने कुरामा परिवर्तन ल्याउनु पर्छ । हाम्रो समाजमा केटा मान्छेले खाना पकायो, भाँडा माजो भने वा लुगा धु¥यो भने कस्तो केटी मान्छेले गर्ने काम गरेको भनि कुरा काट्छन् । आफूले खाएको भाँडा माज्नु नहुने, आफूले लाएको लुगा धुनु नहुने आदि । अचम्म लाग्छ । बिग्राने नै हामी नारी नै हौ जस्तो लाग्छ । आफ्नो छारो र श्रीमान्लाई चाहिनेभन्दा धेरै माया गछौ । 

त्यसको साथ साथै छोरी मान्छेहरुले हाप प्यान्ट वा च्यातिएको प्यान्ट लगाएमा कति छिटो मूल्यांकन गछौ । उनीहरुले आफ्नो विचार व्यक्त गरेमा, सिधा कुरा गरेमा, खुलेर कुरा गरेमा नराम्रोमा अर्थ लाग्छ । राम्रो र कडा विचार भएको महिलाहरु पचाउदैनौ । हेपेको जस्तो लाग्छ । त्यसको साथ साथै यदी केटीले केटाको प्रेम प्रस्ताव अस्वीकार गरेमा घमन्डी सोच्ने गर्छन् । 

यो हाम्रो सोच हो । सकारात्मक सोच भएमा सकारात्मक सोच देखिन्छ र नकारात्मक हेरेमा नकारात्मक देखिन्छ । हाम्रो सोचमा परिवर्तन आउनु जरुरी छ । पहिलाको पुस्ताले जे गरे, त्यो सक्किगो तर आउने पुस्ताले यसलाई परिवर्तन गर्नु जरुरी छ ।  


Comments

Popular Posts