यादहरु

कार्तिक २०७३ सालको कुरा हो । म त्यस दिन धेरै दुखी थिए । म दुखी हुनुको कारण मेरो साथीको अमेरिकाको लागि भिसा लागेको थियो ।

म उनीलाई प्राय दिक्क लगाउथे । हामी रमाउथौ । उनी पनि मलाई वाक्क दिक्क लगाउथिन् । उनी मसँग धेरै मिल्थिन् । उनी मेरो मिल्ने साथी थिइन् । अहिले पनि कहिले काही कुरा हुन्छ ।  

जब उसको भिसा लागोभन्दा एक प्रकारले रुन मन लागेको थियो त्यस बेला । मन मनै रोएको थिए । एक्लो छु जस्तो भएको थियो त्यस बेला । यस्तो अनुभव कि म एक्लै हुँदै छु । ऊ बाहेक अरु मेरो कोही छैन जस्तो भएको थियो । उनी मात्र मेरो साथी हो जस्तो अनुभव भयो । 

मलाई थाहा छैन कि अमेरिका गएपछि उनीले मलाई कतिको सम्झिएकी छिन् तर म उनीलाई धेरै सम्झि छु । उनीसँग बिताएका पलहरु धेरै याद आउँछ । उनी गएको तीन वर्षभन्दा धेर भएको छ तर पनि उनीको याद आउँछ । उनीको हाँसो, उनीसँगको झगडा र उनीसँग नबोलेका दिनहरु याद आउँछ अहिलेसम्म । 

अचम्म लाग्छ । मानिसहरु आफूसँग टाढा भए पनि यादहरु सधै रहने । यदी यादहरुले कहिले रुवाउने र कहिले हसाउँछ । यदी यादहरुले मानिसहरुलाई नजिक बनाउँछ ।  यही यादहरुले मानिसहरुलाई दह«ो र कमजोर बनाउँछ ।
 

Comments

Popular Posts