मेरो जिन्दगी

जिन्दगी पनि अचम्म लाग्छ । मलाई जिन्दगी कहिले काही अनौठो लाग्छ । आफूलाई जे चाहियो त्यो नपाइने र जुन कुरा हामीलाई चाहिदैन त्यो हामीले पाउछौ । यो कस्तो अचम्म । सबभन्दा अचम्म हामीले जसलाई आफ्नो सोच्छौ, त्यो व्यक्ति आफ्नो कहिले आफ्नो हुँदैन र जसालई आफ्नो सोच्दैनौ, त्यो व्यक्ति आफ्नो हुन पुग्छ । आफूले चाहेको कुरा हामीले पाए, यो संसार कति रमाइलो हुन्थ्यो । खुशीले भरिथ्यो र दुखले भरिदैन थियो । त्यसको साथ साथै सबभन्दा अचम्म भने, हामीले जसलाई आफ्नो सोच्छौ, त्यो व्यक्ति आफ्नो कहिले आफ्नो हुँदैन र जसलाई आफ्नो सोच्दैनौ, त्यो व्यक्ति आफ्नो हुन पुग्छ ।

मेरो जिन्दगीमा पनि त्यस्तै नै भए जस्तो लाग्छ । म कसैलाई आफ्नो सोच्छु तर उनले मलाई आफ्नो सोच्दैनन् । म उनलाई आफ्नो असल मित्र सोचेको छु तर उनले मलाई आफ्नो सोच्दैनन् । थाहा छ, मलाई उनले मलाई किन अनौठो सोच्छन् र मलाई आफ्नो सोच्दैनन् । उनलाई म अनौठो लाग्नुको कारण म धेरै जिस्कन्थे । उनले मलाई धेरै चोटि सामान्य हुन आग्रह गरे तर म हुन सकिन । 

म उनलाई आफूभन्दा धेरै मागा गर्थे र अहिले पनि गर्छु किनकि म उसलाई आफ्नै ठान्छु । म चाहन्थे कि ऊ मेरो हरपल मेरो साथ रहोस् । मेरो दुःख सुखमा सथा दियोस् तर मेरै कारणले ऊ मबाट दूर गए । त्यस समय उनले मलाई मनदेखि आफ्नो सोचेका थिएनन् । 

म उनलाई सोध्न मन थियो कि तिमी मेरो बारेमा के सोच्छौ ? म के नराम्रो छु । किन तिमी मलाई साच्चिकै अनौठो र असामान्य लाग्छ ? भन्न मन लाग्छ कि म जे छु, ठीक छु  र परिवर्तन हुन सक्दिन । म यो पनि भन्न चाहन्छु कि तिमी मलाई मनदेखि अपनाउ, तिमीले मलाई सामान्य र राम्रो लाग्ने छ । 

जब ऊ मसँग बोल्दैन थिए, मेरो चित्त दुख्थ्यो । मलाई उनको मुस्कानको जरुरत थियो र उनको खुशी चाहिएको थियो । जब उनले मलाई दुःख र सुखका कुरा गर्दैन थिए, तब मलाई उनले आफ्नो जस्तो गर्दैन जस्तो भयो । म उनको दुश्मन जस्तो लाग्थ्यो । 

म सुनसान रातमा सोच्छु कि म साँच्चै नै असामान्य र अनौठौ छु ? मलाई नै थाहा छैन रम के गरुँ ? म उनको खुशीको लागि सामान्य हुन सक्दिन किनकि यो मेरो जिन्दगी हो । तर के गर्नु ? जसलाई आफ्नो सोच्छि उसको लागि परिवर्तन हुनु पर्दो रहेछ । यो जिन्दगी कस्तो अनौठो रहेछ । 

Comments

Popular Posts