नुजिना -१

रातिको ९ः०० बजेको थियो । शुक्रबारको दिन थियो । म बाहिर नगएको धेरै समय भएको थियो । आफ्नो कामको व्यस्तताको कारणले म बाहिर गएको थिइन । त्यही क्रममा मेरो साथीले मलाई ठमेल लिएर गयो । सुरुमा त मलाई थाहा थिएन कि मेरो मित्र अविरलले मलाई कहाँ लग्दै छन् भनेर तर मलाई वेश्या स्थानमा लिएर गयो । मलाई अप्ठ्यारो लाग्यो र भने,“अविरल, तैले मलाई यो ठाउँमा ल्याएको ? मलाई के सोचेको ?”

“तँ चुप लाग्न, संयोग । यो ठाउँ रमाइलो ठाउँ हो के । तँ काम मात्र गर्छस् तर दुनिया कति रमाइलो छ भन्ने तँलाई के थाहा ? भित्र आइज । यस बाहे म कसैलाई भन्दिन ।” उसले मलाई जर्बरजस्ती तानेर भित्र लग्यो ।

भित्र गयौ । ‘दिलबर दिलबर’ गीत बज्दै थियौ । म यता उता हेर्दै थिए । मानिसहरुको भीड नै थियो । कोही मानिसहरु सोफा बसेर नाच हेर्दै रमाएका थिए त कोही बारमा बसेर पिउँदै रमाएका थिए र पैसा पनि पाल्दै थिए । लाईट पनि अजिब लाग्यो । म यता उता हेर्दै थिए । अविरल बारमा गएर पिउन थालेको थियो । त्यही क्रममा एक जना युवतीकोमा आँखा पुग्यो । उनी नाच्दै थिइन् । उनको अनुहारमै चमक थियो जसले मलाई तानिएको थियो । म हेरेको हेरै भए । उनी त्यति राम्ररी त होइन तर उनीमा केही न केही त थियो जसले मलाई पहिलो नजरमै तायो । म उनीलाई हेरेको हेरै भए । उनी नाचेको हेरि रहे । 

एक घण्टापछिको कुरा हो । अविरल मेरो छेऊमा आयो र भयो,“अब जाऊ ।”

“कहाँ ?” 

मेरो भित्र अचम्म परे र मलाई हेरे । अनि भने,“तँलाई के भयो ? तँलाई त यहाँ आउन मन थिएन र अहिले कहाँ जाने भन्छस् ? केही त मन प¥यो होला नि ?” उनले मलाई जिस्काउदै भने । 

म उनलाई हेरे र भने,“त्यस्तो होइन । जाऊ घर ।”

अनि हामी आ—आफ्नो घर गयौ । यस दिनपछि म हरेक हप्ता जान थालेको थिए । मलाई उनको बारेमा जान्नु थियो र पहिलो नजरमै माया बसेको थियो । यो भ्रम थियो या सत्य मलाई जान्नु थियो । त्यसैले हरेक हप्ता ठमेल जान थाले र अविरललाई भन्न मन गरिन ।

एक महिनापछिको कुरा हो । म ठमेलमा थिए । कुर्सीमा बसेर उनीको नृत्य हेरिहरेको थिए । त्यही क्रममा सजना मेरो नजिक आइन् । मैले उनीलाई यही आएर चिनेको थिए । उनीले म यहाँ आएदेखि ध्यान दिएर हेर्दै थिइन् र उनीले थाहा पाइसकेकी थिइन् म किन यो ठाउँ आएको भनेर । उनीले नै मैले मन पराएको मान्छेको नाम भनेकी थिइन्—नुजिना ।

सजना मेरो नजिक आएर भनिन्,“आज तपाई उनीसँग किन गर्नु हुन्न ?उनीको काम सक्यो । उनी कोठामा छिन् ।”
अनि म उनी भएको ठाउँमा गए । मैले ढकढकाए । उनको कोठा आधा खुल्ला थियो । मलाई नहेरिकन उनले भित्र आउन अनुरोध गरिन् र म भित्र छिरे । मलाई देखेर उनी अचम्म परेकी थिइन् र पछाडि फर्किन् । उठिन् र भनिन्,“तपाई यहाँ ?”

“म सोफाम बस्न सक्छु ?”

“हुन्छ ।”

सानो सोफा थियो र उनी यहाँ चाँहि कुर्सीमा बसिन् । उनी नर्भस् भइन् । यता उता हेर्दै थिइन् । म उनीलाई निहालेर हेरिरहेको थिए । उनीलाई मलाई हेर्ने सकेकी थिइनन् । 

वतावरणको मौनता तोड्दै मैले भने,“नुजिनाजी, तपाई मसँग बाहिर जान सक्नु हुन्छ ?”

“तपाईलाई मेरो नाम कसरी थाहा भयो ?”

“आफूलाई मन परेको मान्छेको नाम थाहा भइहाल्छ नि ।”

वातावरणमा फेरि शून्यता छाएको थियो । उनीलाई के भन्नू भएको थियो  र यता उता हेर्दै थिइन् । त्यही क्रममा मैले भने,“तपाईले मलाई मेरो प्रश्नको जवाफ दिनु भएन त ?”

“कस्तो प्रश्न ?”

“कि तपाई मसँग बाहिर जान चाहनु हुन्छ ?”

“तपाई अपरिचित व्यक्तिसँग म किन बाहिर जाने ?”

“यो संसारभन्दा पनि अर्को संसार छ जुन म तपाईलाई देखाउन चाहन्छु । मैले तपाईको मालिकसँग कुरा गरिसकेको छु । उहाँले अनुमति लिइसकेको छु । तपाईलाई म भोलि साझँको ६ बजे लिन आउँछु ।” म यति भनेर त्यहाँबाट निस्के । उनीले म गएको हेरिरहिन् । 

हामी दुवै जना क्याफेमा थियौ । उनीलाई अप्ठ्यारो लागेको थियो । अप्ठ्यारो लागे पनि मसँग आएकी थिइन् । उनीलाई हेरेर म मुस्कुराए । अनि केही अर्डर गयौ । अर्डर गरिसकेपछि मैले भने,“म खासमा तपाईलाई केही भन्न चाहन्छु ।”

“के कुरा हो ?” उनी मलाई नहेरिकन भन्छिन् ।

“म तपााईसँग विवाह गर्न चाहन्छु ।”

“हँ ?”

“हो । म तपाईसँग विवाह गर्न चाहन्छु ।”

“तपाईलाई मेरो बारेमा केही थाहा छैन । तपाईलाई मेरो अतितको बारेमा केही थाहा छैन । तपाईलाई मेरो पेशा बो मात्र थाहा छ । तपाईको परिवारले मलाई स्वीकानु हुँदैन ।”

“मलाई तपाईको अतित जान्नु छैन । मलाई सिर्फ तपाई चाहेको छ । मलाई तपाईको मात्र सरोकार छ, तपाईको पेशासँग मलाई मतलब छैन । तपाई मसँग विवाह गर्नु हुन्छ कि हुन्न, त्यति मात्र भन्नुहोस् ।”

वातावरणमा शून्यताले भरिएको थियो । हामी एक अर्कोलाई हेरौ । उनीलाई के भनू भएको थियो । केही पल हाम्रा आँखा जुधे । ती आँखाहरुले केही भन्न खोजिरहेका थिए ।

केही समयपछि मैले भने,“यदी तपाईलाई समय चाहिन्छ भने, समय लिए हुन्छ । म तपाईको जवाफलाई कुर्ने छु ।”
उनीले टाउको हल्लाएर हुन्छ भनिन् र त्यही क्रममा हामीले अर्डर गरेको खाना आयो र खाइसकेपछि हामी क्पायेबाट निस्कियौ । उनीलाई ठमेल छोडेर म आफ्नो घरतिर लागे । 

“उनले मलाई आज विवाहको लािग प्रस्ताव राखे ।” नुजिनाले सजनालाई भनिन् । 

“तिमीले के जवाफ दियौ त ?” सजनाले भनिन् ।

“मैले जवाफ दिएको छैन ।”

“किन ? म भएको भने स्वीकाथे । संयोग कति राम्रा छन् । फिल्मका हिरो जस्ता छन् । म आफ्नो काम छोडेर उनीसँग राम्रो जिवन बिताउथे । तिमी उनलाई स्वीकार र जिन्दगी राम्रोसँग बिताऊ ।”

“खासमा म पनि उनलाई मन पराउछु तर यो समाजले हामीलाई स्वीकादैन । त्यसैले म उसलाई अपनाउन सक्दिन । यो समाजले उनलाई नराम्रो सोच्ने छ ।” उनको अनुहारको भाव बदलिन्छ । 

सजना उनको नजिक गएर भन्छिन्,“बाँच्न पाउने अधिककार सबैलाई छ । समाजले सुरुमा त कुरा काट्छन् नै तर पछि बिर्सेदै जान्छन् । संयोगको मायाले तिमीले सबै कुरा बिर्सिने छौ । तिमी त धेरै भाग्यमानी कि तिमीलाई माया गर्ने त्यति पायौ । सबैले त्यस्तो भाग्य पाउदैनन् । उनको प्रस्तावलाई स्वीकार ।”

नुजिनाले यस विषयमा गम्भीर भएर सोच्न थालिन् । यस समय दिमागले भन्दा मनले सोच्नु जरुरी थियो । मनले स्वीकारको थियो तर डर थियो उनलाई । उनीको कारणले संयोगको इज्जतमा दाग नलागोस् जस्तो भएको थियो ।

 एक हप्तापछिको कुरा हो । म ठमेल गए । बेलुकाको कुरा हो । म उनीलाई हेर्दै थिए । उनीले कतिबेला आफ्नो काम सक्छिन् जस्तो भएको थियो । एक घण्टापछि उनी आफ्नो काम सकिन् र आफ्नो कोठामा गइन् । म पनि पीछा गर्दै उनको कोठामा गए । मैले ढोका ढकढकाए र उनले ढोका खोलिन् । मलाई हेरेर अचम्म परिन् र मलाई भित्र बोलाइन् । म सोफमा बसे र उनी कुर्सीमा ।

मैले बस्ने बित्तिकै भने,“अनि प्रयोजलको बारेमा के सोच्यौ ?”

वातावरणमा शून्यता छायो । हामीले एक अर्कोलाई हेयौ । उनीले मलाई हेरिरहिन् । म उनीको जवाफ कुरेर बसेको थिए । उनी मौन थिइन् । उनी मौन भएको देखेर मैले भने,“यति तिमी मौन रहेन भने, म यहाँबाट निस्के ।” म उठे र जब म ढोकाको छेऊमा पुगे, उनीले भनिन्,“म तपाईसँग विवाह गर्न तयार छु ।”

म पछाडि फर्किए र खुशी भए । म खुशी हुँदै भने,“म आज धेरै खुशी छु । तिमीले मलाई संसारको खुशी दिएकी छौ ।” अनि हामीले एक अर्कोलाई हग गरौ । 

हाम्रो भेटघाट भएको एक महिनापछिको कुरा हो । हामीले विवाह गर्ने निर्णय गरौ । असार २द्द गतेको दिन थियो । विवाहमा म, नुजिना र पण्डिजी मात्र थियौ । विवाहको साइत बिहानको ९ः०० बजेको थियो । हामी दुई जना तयार भयौ । नुजिना मभन्दा धेरै खुशी थिइन् । 

९ः०० बज्यो । हाम्रो विवाह पशुपतिमा गरौ । हामीले छिटो विवाह गरेर मैले मेरो दूरको घरमा लिएर गए । घर देखेर उनी धेरै खुशी भएकी थिइन् । 

एक हप्ता उनीसँग समय बिताएर आफ्नो कामको शिलशिलामा म लन्डन गए । उनी घरमा बसिररहिन् । उनी दुःखी थिइन् । छिटै आउने वाचा गरे र लन्डनको लागि गए । 

“म आज धेरै खुशी छु र तिमी यहाँ आउन धेरै समय लगायौ ।” सोफियाले भनिन् । 

“म तिम्रो कारणले नआएको । तिमी मसँग रिसाएकी थियौ । मसँग तिमी धेरै महिनासम्म बोलेकी  थिएनौ त्यसैले म नेपाल गएको थिए ।” मैले भने ।

“एउटा सानो झगडामा नेपाल गइहाल्नु पर्ने थिएन । श्रीमान् श्रीमतीको झगडा त भइहाल्छ नि । तिमीलाई नेपाल किन गइहाल्नु पथ्यो ?”

“तिमी पनि । मैले समय दिइन भने, तिमी रिसाउनु पथ्यो र ?”

अनि हामी दुवै जना मुस्कुरायौ । सोफियालाई मेरो बारेमा केही थाहा थिएन । म प्लेबय हूँ भन्ने न त उनीलाई थाहा थियो न त अरुलाई नै । नुजिनालाई त मैले प्रयोग गरेको थिए । उनीलाई मेरो बारेमा केही थाहा थिएन । उनलाई म विवाहित हुँ भन्ने थाहा थिएन र मेरो दुई वटा छोरी छन् भन्ने थाहा थिएन । मैले आफ्नो मनोरञ्जनको लागि मात्र नुजिनासँग थिए ।

सोफयाको नजरमा म राम्रो श्रीमान् र असल पिता । मेरो दिलको ठेगान थिएन । अरु जस्तै मैले नुजिनालाई फोन गर्न छोडेको थिए । फोन आउँदा पनि उठाउन छोडेको थिए र सिम परिवर्तन गरेको थिए । म आफ्नो संसारमा खुशी थिए । 

Comments

Popular Posts