मेरो प्रेम
जिन्दगीमा आफू सोचेको र चाहेको प्राय पाइन । यो कस्तो अचम्म ! आफूले चाहेको कुरा हामीले पाए यो संसार खुशीले भरिथ्यो । मानिसहरुलाई दुःख नै हुँदैन थियो ।
जिन्दगीमा व्यक्तिहरु आफ्नो माया पाए, कति खुशी हुन्थे । मेरो जिन्दगीमा मैले पनि प्रेम गरे तर असफल भए । मैले आफ्नै साथीसँग प्रेम गरे जुन असफल भए । असफलभन्दा नि मैले आफ्नो प्रेम व्यक्त गर्न सकिन । हामीसँगै एउटै कलेजमा पढ्यौ । हामी ५ वर्षसँग पढ्यौ । बिस्तारै मैले उसलाई मन पराउन थालेको थिए तर व्यक्त गर्न सकेको थिइन । समयको प्रतिक्षा गर्दा गर्दै उसको विवाह गरे । जब मैले उसको विवाहको तस्बिर देखे, म धेरै रोएको थिए ।
समय बित्दै गयो र मेरो जिन्दगीमा एक व्यक्तिको प्रवेश भयो । सुरुमा हामी दुई बीच त्यति कुरा भएको थिएन । मलाई पहिलो भेट अहिलेसम्म याद छ । हाम्रो धेट सन् २०१२ मा राष्ट्रिय गृह भवनमा भएको थियो । म त्यहाँ वृतचित्र हेर्न गएको थिए । त्यही हाम्रो भेट भएको थियो तर कस्तो अचम्म ! हामी एउटै कलेजमा भए तापनि एक अर्कोसँग कहिले भेट भएन । यसपछि हाम्रो भेट कम हुन्थ्यो तर बिस्तारै हाम्रो कुरा फेसबुक र वाइबरमा कुरा हुन थाल्यो । बिस्तारै हामी एक अर्कोलाई मन पराउन थाल्यौ ।
हाम्रो भेट कम हुन्थ्यो तर फेसबुकमा कुरा हुन्थ्यो । भेट धेरै कोसिस गरौ तर सकेनौ । समयले हामीलाई भेटाएको थिएन ।
कहिले काही मलाई आभास हुन्थ्यो कि हामी एक अर्कोको लागि बनेको हैन । कहिले काही आभास हुन्थ्यो कि उसले मलाई त्यति महत्व दिदैन ।म उनीसँग समय बिताउन चाहन्थे तर हाम्रो केही मिलेको थिएन जस्तो लाग्थ्यो । म उसलाई धेरै माया गर्थे तर उसले मलाई समय थिएनन् र हाम्रो सम्बन्ध १ वर्षपछि बेक्रअप भयो । यो एक दिन हुन्थ्यो नै ।
Comments
Post a Comment