जिन्दगी र ब्लग

जिन्दगीमा मैले के गरे भनि सोच्छु । सोच्दा खेरी मैले ब्लग बाहेक अरु केही गरेको रहेन छु । दस वषै भयो लेख्न थालेको र यी दस वर्षमा धेरै लेखे । धेरै त नभनू तर जति लेखे, त्यतिले पुगेको छैन । ५०० पोष्ट हुन बाँकी छ । मेरो ठाँउ अरु भएको भए, त्यो भन्दा धेरै लेख्थ्यो जस्तो लाग्छ । 

यो ब्लग बाहेक अरु के गरे जस्तो लाग्छ ? गर्न त धेरै मन छ तर गर्न सकेको छैन । उपन्यास लेख्न प्रयास गरेको थिए तर के भयो आफूलाई नै थाहा छैन । ९३ पेज पुगेर समाप्त भयो । अनि पेज नपुगरे निराश भए  । त्यही क्रममा, फिल्म वा वृत्तचित्र बनाउने रहर छ, अब हेर्छु के हुन्छ । सोचेको जस्तो हुन्छ वा हुँदैन आफूलाई थाहा छैन । 

बितेका पलहरु हेर्दा जति गर्नु पर्ने त्यति गर्न गएको छैन वा अवसर नपाएको अवस्था ।  कहिले के मिल्दैन र कहिले के । संसार त्यस्तै रहेछ । तर पनि गर्ने चाहेको भए हुन्थ्यो तर मैले अल्छी गरे र समयलाई सम्मान गर्न सकिन जस्तो लाग्छ । समय अब फर्केर आउँदैन तर कोसिस गरेको भए, केही न केही हुन्थ्यो जस्तो लाग्छ । कहिले काही समय फर्कियोस् जस्तो लाग्छ । समय यन्त्र भएको भए म फकिन्थे र धेरै काम गर्थे तर समय पर्खेर आउँदैन । त्यस्तै रहेछ जिन्दगी र चलन भनि बस्यो र चिन्त बुझायो ।  

Comments

Popular Posts