एक मित्रको जरुन्त

म आजकाल एक्लै छु भन्ने लागि रहन्छ । यो भीडमा म एक्लै छु जस्तो लाग्छ । मेरो कोही छैन जस्तो लाग्छ । धेरै मित्र हुँदा हुँँदै म एक्लै छु जस्तो लाग्छ । 

सबै जनाको कोही न कोही साथीहरु छन् तर मेरो कोही छैन जस्तो आभास हुन्छ । दुःख सुख व्यक्त गर्ने कोही छैन । म सबै जना हेर्ने गर्छु, सबै जना खुशी छन् । हुन सबै मित्रहरु मसँग बोल्छन् । सुख व्यक्त गर्ने साथी सोच्दैनन् । खै, ममा केही छैन भन्ने अनुभव हुन्छ । त्यसैले म आफ्नो संसारमा हराउछु । थाहा छैन, म एक्लै छु भन्ने ? म खुशी हुन खोज्दै छु तर म हुन सकेको छैन । 

जिन्दगीमा एक मित्रको जरुन्त हुँदो रहेछ । हरेक पलको लागि एक मित्रको आवश्यक पर्दो रहेछ । मनमा धेरै कुराहरु छन् जुन व्यक्त गर्नु छ तर कसलाई ? म हरेक पल एक मित्रको खोजिमा छु ,  जो मेरो सुख र दुःखमा साथ होस् र ऊ मेरो हरेक पल मेरो साथ होस् ।  

Comments

Popular Posts