दी थ्री कपल

१ 
“है, बिकु । हामीले एक अर्कोलाई समय नदिएको । आज जाउ न ।” समिरा बिकुको छेऊमा गइन् । 
“सरी समिरा । मेरो अफिसको काम सक्नु छ । मलाई आज जाने समय नै छैन ।”

बिकु खाटमा थिए र मोबाइल हेर्दै थिए । समिरा बिकुलाई हेर्दै थिइन् र उनी रिसाइन् । मोबाइल खोसेर भुँइमा पालि दिइन् । पालि सकेपछि उनीले भनिन्,“म हाम्रो विवाह बचाउन कोसिस गर्दै छु  तर तिमी किन वास्ता गर्दैनौ ? तिमी आजकाल मलाई वास्ता गर्दैनौ । म तिम्रो लागि परिवर्तन भए तर तिमी भने अर्को संसारमा छौ ।”

बिकु खाटबाट उठे । उठेपछि भने,“तिमी मात्र होइन, म पनि कोसिस गर्दै छु । म कसको लागि यति धेरै मिहिनेत गर्दै छु ? म मिहिनेत गरेर पैसा कमाइ राहेको छु । हाम्रो भविष्यको लागि त गर्दै छु र तिमी चाँहि मलाई मात्र दोष दिन्छौ । तिमी के भन्न खोज्दै छौ ?म पनि कोसिस गर्दै छु हाम्रो विवाह बचाउन । ”

“त्यसो भए,तिमी किन मसँग समय बिताउन मन पराउदैनौ ? हामीले विवाह गरेको दुई वर्षभन्दा धेर भएको छ तर हाम्रो माया हराएको छ तर तिमी समय नै दिदैनौ ।”

“हे, भगवान् । तिमीलाई के चाहियो ? म कोसिस गर्दै त छु । यस विषयमा अब झगडा नगरेको राम्रो ।” अनि बिकु सुत्छन् । अर्कोतिर, समिरा उनलाई हेर्छिन् । दुवै जना एउटै खाटमा सुते पनि दुवै जना त्यति कुरा गर्दैन थिए । 

समिरा यो रात सुत्न सकेकी थिइनन् । बिकुमा धेरै परिवर्तन आइसकेको थियो । उनले समिरा र घरलाई थोरै मात्र प्राथमिता दिन थालेका थिए । विवाह अगाडि समिरालाई धेरै माया गर्थे । बिकुको लागि समिराले जागिर छोडिन् तर बिकुले समिरालाई इज्जत गर्न छोडेका थिए । 

केही वर्ष अगाडिको कुरा ....
                        अगस्तको महिना थियो । सन् २०१४ को कुरा समिरा डिल्लीबजारमा थिइन् । ग्लोबल पिस फाउण्डेशनद्धारा आयोजित लिडरसिप कार्यक्रममा थिइन् । समय भएको थियो १०ः०० । समिरा यता उता हेर्दै थिइन् । तालिम १०ः०० बजे सुरु हुने थियो । अनि आफ्नो झोलाबाट अङ्ग्रेजी किताब निकालिन् । सहभागिताहरु भए तापनि उनीलाई बोल्न इच्छा भएन ।

आधा घण्छापछि, रविन उप्रेती, तालिमको ट्रेनर आए । उनीले हामीलाई स्वागत गरे । रविनले आफ्नो परिचय दिइसकेपछि, सहभागिताले आफ्नो परिचय दिए । त्यहि क्रममा समिराको आँखा बिकुमा पुग्यो । उनी अग्ला थिए र त्यसको साथ साथै उनीलाई लाग्थ्यो कि उनी जिम जान्छन् । बिकुले रातो सर्ट र कालो प्यान्ट लगाएका थिए । समिराले बिकुलाई देख्ने बित्तिकै मन पराइन् । 

तीन दिनको तालिममा, समिरा बिकुको आवाजमा हराइन् । बिकुको आवाजमा जादु थियो कि जो कोहीले मन पराउन सक्थे । सुरुमा सोचिन् कि उनी भ्रममा छिन् । तालिम सकेपछि, दुवै जनाको समपर्क हुन थाल्यो । समय बित्दै गयो, समिराले बिकुलाई बिर्सेन सकेकी थिइनन् । उनीले फेसबुकमा बिकुलाई खोजिन् । साथीको लागि अनुरोध गर्न खोजिन् तर सकिनन् । 

एक महिनापछिको कुरा हो । । समिरा फेसबुक हेर्दै थिइन् । त्यही क्रममा उनीको फेसबुकमा नोटिफिकेसन आयो र हेरिन् । बिकुको रहेछ । उनी खुशी भइन् । दुवै जना कनेट भए । म्यासेज पनि थियो । समिराले म्यासेज पढ्न थालिन् । 

“हेलो । के छ खबर ? आशा छ तपाईलाई पनि सँच्चै छ ।”

समिराले तुरुन्तै जवाफ दिइन्, “हेलो । म ठीक छु । तपाईको ?”

यो म्यासेज पछि दुवै जनाको फेसबुकमा कुराकानी हुन थाल्यो । समिराले बिकुलाई मन पराउन थालिन् । सोचिन् कि बिकुले मन पराउछन् कि मन पराउदैनन् भनेर । 

केही महिनापछिको कुरा हो । फेसबुकमा बिकुले म्यासेज पठाएका रहेछन् । समिरा खुशी भइन् र पढ्न थालिन् । 
“हेलो । के छ खबर ? यो शनिबार हामी भृकुटी मण्डपमा ११ः०० बजे भेट्न सक्छौ ?” 

समिरा खुशी भइन् र बिकु अनलाइन छन् कि छैन भनि हेरिन् । उनी अपलाइन रहेछन् । समिराले हुन्छ भनि म्यासेज पढाइन् । उनी यो रात राम्ररी सुत्न सकिनन् । उंमग थियो र खुशी थिइन् । 

समिरा र बिकु भृकुटी मण्डमा थिए । दुवै जना भृकुटी मण्डप क्याफेमा थिए । समिराले निलो रङ्गको टी—सर्ट र कालो प्यान्ट लगाएकी थिइन् । मेक अप त्यति गरेकी थिइनन् । अर्कोतिर, बिकुले पनि निलो रङ्गको टी—सर्ट र कालो प्यान्ट लगाएका थिए । दुवै जना मुस्कुराए किनकि दुवै जनाको लुगाको रङ्ग मिलेको थियो । 

दुवै जनाले कालो चिया र मःम अर्डर गरे । अर्डर गरिसकेपछि बिकुले भने,“खासमा मैले तिमीलाई केही भन्नू थियो ।” उनी नर्भस हुँदै भने । 

“हुन्छ ।”

“जब म तिमीसँग कुरा गर्छु, मलाई राम्रो लाग्छ । लाग्छ कि तिमी नै मेरो संसार हौ । त्यसैले मैले हाम्रो सम्बन्ध अगाडि बढाउन चाहन्छु ।”

समिरा मूर्तिझै भइन् । उनीको दिमाग खालि भएको थियो । दुवै जनाले एक अर्कोलाई हेर्छन् । त्यहि क्रममा बिकुले भने,“आई एम सरी । यदी तिम्रो मन दुखाए भने । खासमा म तिमीलाई मन पराउछु । त्यसैले हाम्रो सम्बन्ध अगाडि बढाउन चाहन्छु ।”

बिकुको कुरा सुनेर समिराले भनिन्,“म पनि तिमीलाई मन पराउछु र म तिम्रो प्रतिक्षा गरेको थिए ।”

दुवै जना मुस्कुराए । समिराभन्दा बिकु खुशी थिए । दिनभर दुवै जना सँगै थिए । यस भेटपछि दुवै जनाको भेट हुन थाल्यो ।   

चार महिनाको कुरा हो । समिराले एक एनजिओमा काम पाइन् । सिभिल इञ्जिनियर विभागमा परियोजना सहयोगीको रुपमा काम गर्न थालिन् । जागिर पाए तापनि बिकु र समिराले भेट्ने समय पाइरहेका थिए । 

दुई वर्षको सम्बन्धपछि दुवै जनाले विवाह गरे । विवाह गरेको एक वर्षसम्म दुवै जना खुशी थिए तर बिस्तारै दुवै जनाको विवाहमा तनाव सुरु भएको थियो । बिकु चाहन्थे कि बच्चा होस् तर समिराले समय दिन चाहन्थिन् । हर रोज दुवै जनाको यस विषयमा झगडा हुन्थ्यो । त्यसको साथ साथै बिकुलाई समिराले जागिर गरेको मन परेको थिएन । बिकुको खुशीको लागि जागिर त छाडिन् तर पनि दुवै जनाको झगडा कम भएको थिएन । दुवै जनाको बोल चाल धेरै कम भएको थियो । दुवै एकै घरमा भए तापनि दुवै जना अपरिचित भएका थिए । 

अहिलेको समय....
                  समिरा घरमा प्राय एक्लै हुन्थिन् । उनीलाई घर बस्दा वाक्क भएकी थिइन् । त्यसैले बिकु अफिसको लागि निस्कने बित्तिकै उनी एवन लाइब्रेरी, थापाथली जान थालिन् । एक वर्ष भइसकेको थियो उनी किताबबाट टाढा भएकी थिइन् । किताबहरु देख्दा धेरै खुशी भइकी थिइन् । उनी किताबहरु हराउन थालिन् । त्यही क्रममा उनीले झुम्पा लाहिरीको ‘द नेमसेक’ निकालेर पढ्न थालिन् । उनीले पहिले पढे तापनि फेरि पढ्दै थिइन् । अरु किताबहरु पनि लिएर कुर्सीमा बसिन् । उनी ती किताबहरुमा हराइन् । त्यही क्रममा एक जनाले आएर हाई भने । 

समिराले नहेरि “हार्ई” भनिन् । त्यस व्यक्तिले समिरालई निहालेर हेरिरहे । केही समयपछि उनले भने, “मलाई पनि ‘द नेमसेक’ धेरै राम्रो लागेको थियो ।”

“मलाई पनि राम्रो लागेको थियो ।” उनीले किताबमा ध्यान दिँदै थिइन् । समितालाइृ अप्ठ्यारो लागेको थियो कि त्यस व्यक्तिले किन समिरालाई निहालेर हेरिरहेका छन् । किताबतिर ध्यान गएन । त्यसैले उनी लाइब्रेरीबाट निस्किन् । 

समिरा हरेक रोज लाइब्रेरी जान्थिन् र हरेक रोज त्यस व्यक्तिसँग भेट भइरहथ्यो । सुरुमा त समिरालाई त्यस त्यक्तिले हेरेको मन परेको थिएन तर समय बित्दै गएपछि समिरालाई त्यस व्यक्ति मन पर्दै गयो ।

एक महिनापछिको कुरा हो । उनी किताब पढ्दै थिइन् । ती व्यक्ति समिराको छेऊमा आए र भने, “हाई ।”
“हाई ।” समिराले भनिन् ।

“हाम्रो भेट धेरै चोटि भएको छ । भगवान्ले हाम्रो भेट होस् जस्तो गरेको छ ।” 

समिरा मुस्कुराइन् । समिरा मुस्कुराएका देखेर भने,“तपाईलाई पनि मुस्कुराउन आउँदो रहेछ ।”

यस संवादपछि दुई जनाको कुराकानी गर्न थाले । उनको नाम सदिप ओझा रहेछ । उनी म्यान पावर कम्पनीमा काम गर्दा रहेछन् । दुवै जनाको धेरै भेटघाट हुन थाल्यो । सदिपदाई भेटेपछि समिरा धेरै खुशी हुन थालेकी थिइन् । 
एक दिन दुवै जना रोमान्स गर्दै थिए । त्यही क्रममा सदिपलाई समिराले भनिन्,“तिमीले मलाई धेरै खुशी दिएका छौ । मलाई मेरो श्रीमान्ले माया गर्न छाडेका छन् । बिकुबाट मायाको आश हराएको छ । मायाको साथ साथै तिम्रो र मेरो धेरै कुराहरु मिल्छ ।”

एक अर्कोलाई हेरेर मुस्कुराए र आफ्नै संसारमा हराउछन् । समिराले सदिपलाई मन पराउन थालिन् । सदिपसँग विवाह गर्न चाहन्थिन् तर बिकुले डिभोर्स दिन्छन् कि दिदैनन् भन्ने छ । परिवारको प्रतिक्रिया आउँछ भन्ने डर थियो । 

“तपाईले सम्पर्क गर्न खोज्नु भएको नम्बर स्विच अफ गरिएको छ ।” बिकुले समिरालाई फोन गर्न धेरै प्रयास गरे तर समिराको मोबाइलको स्विच अफ थियो । समिरा घर नआएको तीन दिन भएको थियो । बिकु चिन्तित थिए । 

हरेक रोज समिरा र उनको झगडा हुन्थ्यो । उनकै गल्ती सोचे । समिरालाई समय दिन सकेका थिएनन् । उनी चिन्तित थिए र समिराको साथीलाई फोन गर्न थाले र कसैलाई पनि समिराको बारेमा केही थाहा थिएन । उनी समिराको घर पनि गए तर समिराको बुवा आमाालई समिराको बारेमा केही थाहा थिएन । 

डेढ हप्तापछि बिकु पुलिस स्टेशन जान्छन् र इन्स्पेक्टर सुमितलाई सबै कुरा व्यक्त गर्छन् । सबै कुरा सुनिसकेपछि इन्स्पेक्टर सुमितले भन्छन्,“समिराको कसैसँग अफेयर चलेको त थिएन ?”

बिकुको अनुहारको भाव अर्के भएर आउँछ र भन्छन्,“यो तपाई के भन्दै हुनुहुन्छ ? समिराले मलाई माया गर्छिन् । म स्वीकार छु सक मैले उनीलाई समय दिन सकेको थिइन तर उनीले मलाई माया गर्छिन् ।”

“हामी यो केसमा अनुसन्धान गछौ । केही जानकारीको लागि हामी तपाईलाई खबर गछौ ।” इन्स्पेक्टर सुमितले भने र बिकु इन्स्पेक्टर सुमितलाई धन्यवाद दिँदै स्टेशनबाट निस्कछन् ।

विकी र मोनिताको विवाह गरेको तीन वर्ष भइसकेको थियो । विकी क्षेष्ठ एक व्यापारी हुन् । उनीको लुगा र रक्सीको पसल छ जुन दरबार मार्गमा छ । मोनितनलाई जे कुराले पनि पुगेको छ । प्राय उनी आफ्नो साथीहरुसाग धुम्ने गर्थिन् । विकी आफ्नो काममा व्यस्त हुन्थे र मोनितालाई समय दिन फुर्सद हुँदैन थियो तर एक अर्कोलाई माया गर्थे । मोनिताको ४०% सेयर पसलहरुमा थियो र कहिले काँही पसलमा पनि जान्थिन् । 

विवाह गर्दा मोनिता २१ वर्षकी थिइन् र विकी २६ वर्ष ।   दुवै जनाको मागि विवाह थियो तर हेर्दा प्रेम विवाह जस्तो देखिन्थ्यो । सबै जनाले त्यस्तै भन्थे र मागि विवाह हो भनि विश्वास गर्दैन थिए । 

धेरै दिन भइसकेको थियो कि दुई जनाले एक अर्कोलाई समय नदिएको । शनिबारको दिन थियो र घडीको सुइराले साँझको ६ः०० देखायो । । त्यसैले विकीले आफ्नो श्रीमती र साथीको लागि पार्टी दिने गरेका थिए तर यस पालि धेरै समयपछि दिएका थिए । 

मोनिता सोफामा वाईन लिएर बसेकी थिइन् । उनीले कालो लुगा लगाएकी थिइन् र कपाल छोडेकी थिइन् । सबैको नजर मोनिताकोमा थियो । त्यही क्रममा एक व्यक्ति उनीको नजिक आए । उनी अग्ला थिए र हिरो जस्ता थिए । उनले सुट लगाएका थिए । उनको बाँया हातमा व्हिस्की थियो । 

मोनिताको नजिक आएर भने,“हेलो । म विशाल शर्मा । म विकी सरको सहायक हूँ ।”

मोनिताले विशाललाई हेरिन् । विशाललाई त कहिले देखेकी थिइनन् । सोचिन् कि विशाल नयाँ स्टाफ हुन् । पछि विशाललाई वास्ता गरिनन् । अनि सोफाबाट उठिन् र आफ्नो श्रीमान् भएतिर गइन् । विकीले त्यही क्रममा नयाँ स्टाफहरुको परिचय गराए । 

शनिबारको दिन थियो । दिउँसोको १ः०० बजेको थियो । हरेक शनिबार विकी गल्फ खेल्न मन पराउथे तर धेरै समयदेखि खेल्ने अवसर पाएका थिएनन् । धेरै समयपछि खेल्न पाएकोमा धेरै खु्शी भएका थिए । 

त्रिभुवन एयरपोर्टको  छेऊमा भएको गल्फमा गल्फ खेल्न भनि आफ्ना साथी बोलाएका थिए । विशाल पनि थिए । विशालले मोनितालाई हेर्दै थिए । मोनिता विकीलाई साथ दिँदै थिइन् । केही समयपछि विशाल मोनिताको छेऊमा जान्छन् र भने, “हे ।” 

“हाई ।” मोनिता जर्बरजस्ती हाँसिन् । मोनिताले विशाललाई वास्ता गरेकी थिइनन् र विशाले थाहा पाइसकेका थिए तर पनि बोल्न प्रयास गर्दै थिए । 

“खासमा तिमी मान्छे राम्री छौ । विकी र तिम्रो विवाह कसरी भयो ? लाग्छ कि विकीले तिमीलाई माया गदैनन् । यो विवाहमा माया नै छैन । तपाईलाई मायाको खाँचो छ । तपाईसँग त पैसा छ तर माया छैन । विकी हेर्दा ठिकै छन् ।”

“हँ ?” मोनिता अचम्म पर्दै हेरिन् र भनिन्,“तिमीलाई के मतलब ? तिमीले भन्न खोजेको के ? विकी नराम्रो ? माया छैन कसले भन्यो ? यो तिम्रो भ्रम हो । तिमीले के आफूलाई राम्रो सोच्छौ ? तिमीले आफ्नो अनुहार ऐनामा हेरेका छौ ? आफूलाई के के न हिरो सोचेका छौ ?”

वातावरणमा मौनता छाएको थियो । दुवै जनाले एक अर्काेलाई हेर्छन् । जब गल्फको बल मोनिताको खुट्टामा पर्छ, तब उनी होस्मा आउँछिन् । विशालले बल टिप्छन् र विकी भएको ठाउँमा फाल्छन् । विशाल निस्कछन् त्यस ठाउँबाट र पछाडि फर्केछन् । मोनिताले पनि उनीलाई हेर्छिन् । 

मोनितालाई विशालको कुरा ठीक लाग्यो । विकीलाई हेर्छिन् । विकी जरुर घनी छन् तर मोनितालाई   कहिले माया गरेनन् । काममा मात्र व्यस्त हुन्छन् र कहिले पनि मोनितालाई समय दिएनन् । मोनिताको इच्छा त पूरा गरे तर माया गरेनन् । जुन कुरालाई विकी माया भन्थे, त्यो सिर्फ केयर मात्र थियो । अरु केही थिएन । 

१०
“तिमीलाई के भयो ?” विशालले भने । 

“विशाल मलाई चिन्ता लागेको छ ।”मोनिताले भनिन् । 

“तिमीलाई के को चिन्ता छ, भन त ।”

“यदी विकीले हाम्रो सम्बन्धको बारे थाहा पाए भने ।” 

“थाहा पाए भने उनीलाई सबै कुरा भन । तिमी उनीसँग खुश छैनौ पनि । तिमीलाई माया र साथको जरुरत छ जुन तिमीलाई विकीले दिएका छैनन् ।”

“तिमीले भनेको कुरा सही हो तर विकीले हाम्रो सम्बन्ध थाहा पाएपछि मलाई डिभोर्स देलान्  ?”

“तिमी किन चिन्ता लिन्छौ ? सबै ठीक हुन्छ । म छँदै छु त ?”

मोनिता मुस्कुराइन् । उनीहरु होस्टल समितमा थिए । दुवै जना लुकी छुपी भेट्न थालेको दुई महिनाभन्दा धेर भइसकेको थियो । सुरुका दिनहरुमा विशााल मन पर्दैन थियो तर विशालका कुराहरु सुन्दै गएपछि उनी मन पर्दै गएका थिए । विशाल मोनिताको छेऊमा हुँदा धेरै खुशी हुन्छिन् । मनदेखि खुशी हुन्छिन् । विशालसँग भेट भएपछि मोनिता मायाको संसारमा हराउन थालेकी थिइन् । सानो कुरामा पनि खुशी हुन थालेकी थिइन् । त्यसको साथ साथै एक्लै मुस्कुराउन थालेकी थिइन् । 

११
बेलुकाको ८ः०० बजेको थियो । द हिमालय पाटनको रुम सर्भिसिङले रुम नम्बर ३६५ मा ढकढकाउछन् । रुम तेस्रो तल्लामा थियो । उनले निरन्तर ढोका ढकढकाउ छन् तर कसैले पनि कोठा दोलेनन् । नखोलपछि उनले होटेलमा मालिकलाई बोलाए । होटेलका मालिकलेअर्को साँँच्चोले ढोका खोले । 

कर्मचारीहरु रुममा छिरे तर कसैलाई पनि देखेनन् । बेडरुम लथालिङ्ग थियो । त्यही क्रममा राम क्षेष्ठ, रुम सभिसिर काथरुममा छिरे । अनि उनी कराउछन् । उनी कराएको सुनेर मालिक र अरु कर्मचारीहरु बाथरुम छिरे । 

उनीहरुले लास देख्छन् । लास मोनिताको थियो । मोनिता र विशाल प्राय द हिमालय पाटन र होटेल समितमा जाने गर्थे । 

गौरभ शाक्य, होटेलका मालिक त्रसित भएका थिए । उनले पुलिसलाई फोन गर्छन् । डेढ घण्टापछि पुलिस होटेलमा आइपुग्छन् । इन्स्पेक्टर सुमितले लासलाई हेर्छन् र हेरिसकेपछि  इन्स्पेक्टरले गौरभ शाक्यलाई भने, “सुरुमा लास कसले देख्यो ?”

अनि रामलाई देखाउछन् । राम नर्भस हुन्छन् । इन्स्पेक्टर सुमित रामको नजिक जान्छन् । नजिक गएपछि भन्छन्,“वितरणमा भन्नुहोस्, तपाईले के देख्नु भयो ?”

रामले सबै कुरा वितरणमा भन्छन् । रामको कुरा सुनेपछि इन्स्पेक्टरले भने,“तपाईले अरु कसैलाई देख्नुभयो वा कसैलाई देख्नुभयो ?”

“अहँ । मैलृ कसैलाई पनि देखिन ।” अनि इन्स्पेक्टर सुमितले फेरि रुममा गए र अनुसन्धान गरे तर केही भेट्न सकेनन् । लासलाई पोस्टमार्टमको लागि पठाइयो र दुई दिनपछि पोस्टमार्टमको रिपोर्ट आयो । इन्स्पेक्टर सुमित रिपोर्ट हेरेर छक्क परे । रिपोर्टले उनी हृदयघात भएको देखायो । उनलाई यो हप्ता हो जस्तो लाथयो तर उनले प्रमाण भेट्न सकेका थिएनन् । त्यही क्रममा मोनिताको बारे केही थाहा छैन । उनले क्यामेरा पनि हेरे तर क्यामेरा उनले केही भेटेनन् । अनुसन्धान कम भएका कारण अन्तमा आएर यो केस बन्द हुन्छ । 

१२
“तपाईले सम्पर्क गर्न खोज्नु भएको नम्बर स्विच अफ गरिएको छ ।” विकीले धेरै चोटि मोनिताको मोबाइलमा प्रयास गरे तर स्विच अफ थियो । मोनितालाई धेरै खोजे तर भेट्न सकेनन् । साथीहरुलाई पनि खोजे तर उनीहरुको जवाफ नकरात्मक थियो । पुलिस स्टेशन जान मन थिएन । आफ्नो इज्जतको बारेमा सोचे । 

डेढ महिनासम्म घर नफर्किएपछि अन्तमा पुलिस स्टेशन गए । पुलिस स्टेशनमा आफ्नो कुरा सब व्यक्त गरे एफआईआर भइसकेपछि विकी आफ्नो घरतिर जान्छन् । 

तीन दिनपछिको कुरा हो । विकीको मोबाइलमा घण्टी बज्यो । 

“हेलो ।” विकीले भने ।

“हेलो । तपाई विकी बोल्दै हुनुहुन्छ ?”इन्स्पेक्टर सुमितले भने ।

“हो, म विकी बोल्दै छु । हजुर को बोल्नु भएको हो ?”

“म इन्स्पेक्टर सुमित बोल्दै छु । मलाई मोनिताको कुरा गर्नु छ ।” 

“मोनिताको बारे ?”

“हो, मोनिताको बारे । तपाई पुलिस स्टेशन आउन सक्नु हुन्छ ?”  

“हुन्छ ।” विकी हतारिदै पुलिस स्टेशन पुगे । 

पुलिस स्टेशन पुगेपछि उनीले भने,“म विकी ।” 

इन्स्पेक्टर सुमितले उनलाई बस्न अनुरोध गरे । 

“मोनिताको बारे के भन्नु थियो ?”

“तपाईले पत्रिका हेर्नु भएन ?” 

“अहँ ।” अचम्म हुँदै भने । 

इन्स्पेक्टरले टेबुलमा भएको पत्रिका देखाए । मोनिताको लाससँगै विवरण पनि थियो । यो जानकारी कसरी थाहा पाएनन् । उनको आँखा आँसुले भरियो । पत्रिका हेरिसकेपछि उनले भने,“यो कहिले भयो र कहाँ ?” 

इन्स्पेक्टर सुमितले विकीलाई सबै कुरा व्यक्त गर्छन् । सबै कुरा सुनिसकेपछि विकीले भने,“उनीलाई हृदयघात हुन सक्दैन । के म लास उनलाई हेर्न सक्छु ?”

“पोस्टमार्टमको रिपोर्टमा त्यही छ । तपाईलाई को प्रति शङ्का छ ? शङ्का भने भन्नुहोस् । तपाईले चाहे यो केस रि—ओपन हुन सक्छ । अर्को कुरा, मोनिताको परिचान नभएका कारण हामीले लासलाई जलाउने उचित सोचेर जलाइदियौ ।” 

“मैले अन्तिम पल्ट हेर्ने पाइन । जिन्दगीभर त्यस कुराले सताइरहन्छ । म उनी बिना कसरी बाँच्नु ?” विकी रुँद्यै थिए । 
“तपाईलाई कसरी प्रति शङ्का छ ?” 

“छैन सर । हामी एक अर्कोलाई धेरै माया गथ्यौ ।”

“तपाईले पहिले किन मोनिताको बारेमा खबर गर्नु भएन ?” 

“सोचे कि उनी घर फर्कि हाल्छिन् ।”

“पहिला पनि त्यस्तै थियो हो ?”

“हो । उनीलाई धुम्न धेरै मन पर्छ ।”

केही प्रश्नहरुको जवाफ दिएर उनी पुलिस स्टेशनबाट निस्किए । जानकारी पूरा नभएको कारण केस बन्द नै थियो । 

१३ 
रिजाना मोडेलिन गर्थिन् तर विवाहपछि त्यसलाई अगाडि बढाउन सकिनन् । उनको लागि मोडेलिनको लागि विवाह बाधा भनेको थियो । उनीले इन्स्टाग्राम खोलिन् र आफ्ना फोटोहरु हेर्ने थालिन् । उनकी इन्स्टाग्राममा ६०,००० ले पछाएका थिए । कमेन्टहरु पनि थिए तर उनीलाई चित्त बुझेको थिएन । उनीलाई धेरैभन्दा धेरै व्यक्तिले पछाओस् जस्तो भएको थियो । उनीको पतिलाई यस बारे केही थाहा छैन । 

जब उनको इन्स्टाग्राममा थोरै व्यक्तिहरुले पछाएका छन् र बढेका छैनन् भन्ने भयो, उनीलेआफ्नो मिल्ने साथीलाई फोन गरिन् जसको नाम सोनिया शर्मा थियो ।

“हेलो ।” रिजानाले भनिन् ।  

“हेलो, रिजाना । के छ तिम्रो खबर ?” सोनियाले भनिन् । 

“हेर न, मेरो इन्स्टाग्राममा थोरै व्यक्तिहरुले  पछाएका छन् । त्यसभन्दा पनि मेरा पतिले मेरो कुरा बुझ्दैनन् । म मोडेलिन गर्न चाहन्छु तर उनीले मलाई रोकेका छन् । मलाई उनले मोडेलिन गर्न दिएका छैनन् ।” 

“तिमी सही समयलाई कुर ।”
 
“म कति कुर्नु ? लाग्छ कुरेरै समय जाने भयो । न त मेरा पतिले मेरा कुरा बुझ्छन् न त मेरा फोटोहरुमा कमेन्ट र लाइक धेरै आउँछ । मलाई वाक्क दिक्क लागेको छ ।” 

“तिमी नआत्तिकन बस । सबै ठिक हुन्छ । समय अवश्य आउँछ ।”

रिजाना सहमत हुन्छिन् र फोन राखिन् । 
१४
केही हप्तापछिको कुरा.....
                       रिजाना इन्स्टाग्राम हेर्दै थिइन् । त्यही क्रममा उनीले म्यासेज पाइन् । म्यासेज खोलिन् । कसले पठाएको रहेछ भनि हेरिन् । करुण बज्राचार्यको रहेछ तर करुणलाई त चिन्दिनन् । करणलाई नचिने पनि म्यासेज पढ्न थालिन् । 

“हेलो । म करुण बज्राचार्य हुँ । म फोटोग्राफर हुँ । मैले तपाईको इन्स्टाग्राम हेर्दै थिए । तपाईका फोटाहरु राम्रा लागे । हेर्दा लाग्छ कि तपाई मोडेल जस्तो । लाग्छ कि तपाईले पहिला मोडेलिन गर्नु भएको थियो ।”

उनी म्यासेज पढेर मुस्कुराइन् । कसैले त उनीको फोटाहरुलाई प्राथमिता लिएर जस्तो लाग्यो । खुशी हुँदै रिजानाले मोनितालाई फोन गरिन् र सबै कुरा व्यक्त गरिन् । रिजानाको कुरा सुनेपछि सोनियाले भनिन्,“छिटै निर्णय नगर । करुण भन्ने व्यक्तिले नक्कली इन्स्टाग्राम खोलेका हुन सक्छ र तिमीलाई पसाउन सछन् । राम्रोसँग सोच विचार गर ।”

रिजानाले केही भन्न रुचाइनन् र फोन राखिन् । खासमा करुणलाई जवाफ लेख्न चाहन्थिन् तर सकिनन् । अर्को दिन, रिजाना इन्स्टाग्राममा थिइन् । करुणले म्यासेज पठाए र रिजानाले पढिन् ।

“हाई । आई एम सरी हिजोको म्यासेजको लागि । तपाईलाई अचम्म लाग्यो होला कि अपरिचितले तपाईलाई म्यासेज पठायो भनेर । खासमा म नयाँ अनुहारको खोजीमा छु र खोज्ने क्रममा तपाईको फोटो इन्स्टाग्राममा देखे । मेरो पोजेक्टको लागि काम गर्नु हुन्छ ? यदी गर्नु हुन्छ भने, भोलि केयाल टावरममा २ः०० बजे भेटौन । तपाईको जवाफ लागि कुरेर बसेको छु ।”

उनीलाई के जवाफ दिनु भयो । उनको दिमागले नाइ भनेको थियो भने मनले सकारात्मक जवाफ दिएको थियो । केही पलको लागि दोदारमा थिइन् तर अन्तिममा आएर सकारात्मक जवाफ दिइन् । 

१५
रिजाना करुणलाई कुरिरहेकी थिइन् । उनी केयाल टावरको अगाडि कुरेर बसेकी थिइन् । उनीले समय हेरिन् २ः३० बजिसकेको थियो । उनीले यता उता हेर्दै थिइन् । उनीले करुणको नम्बर नमागेकोमा पछुताइन् । त्यही क्रममा उनीले सोचिन् कि सायद करुण भित्र गए कि । उनीले करुणको फोटो हेरेकी थिइन् । भित्र गएर हेर्दा पनि करुणलाई देखेनन् । नदेखेपछि त्यस ठाउँबाट निस्किन् । 

घर गएपछि इन्स्टाग्राम खोलिन् र नयाँ म्यासेज आएको रहेछ र खोलिन् । म्यासेज करुणको रहेछ ।
 
“रिजानाजी, मलाई माफ गरिदिनु होला । आज म तपाईलाई भेट्न सक्दिन किनकि मेरो महत्वपूर्ण काम भएका कारण म आउन सकिन । मलाई थाहा छ कि यो म्यासेज पढ्नु अगाडि नै तपाई केयाल टावर पुग्नु भएको हुने छ । मैले जानकारी दिन सकिन त्यसको लागि माफी माग्छु । गल्ती मेरै हो । न त मैले मेरो नम्बर तपाईलाई दिए न त मैले तपाईको मागे । आशा छ तपाईले मलाई माफ गर्नु हुने छ । हामी एक÷दुई हप्तापछि जरुर भेट्ने छौ ।”

रिजानालाई रिस उठेको थियो । उनीलाई करुणभन्दा आफैदेखि रिस उठेको थियो । उनीले करुणलाई कहिले देखेकी थिइनन् तर किन भेट्न गइन् ? अपरिचितले बोलाउदैमा जानु जरुरी थिएन र छिटै विश्वास गर्नु हँुदैन थियो तर किन गइन् र विश्वास गरिन् ? उनी आफैदेखि रिस उठेका थियो । 

१६
चार दिनपछि उनीले इन्स्टाग्राम खोलिन् । दुईवटा म्यासेजहरु थिए जुन करुणको रहेछ । उनीसँगको रिस मरिसकेको थिएन तर पनि म्याजेसहरु पढ्न थाले ।

“मलाई थाहा कि तपाई अझै मसँग रिसाउनु भएको छ । आशा छ, तपाईको रिस छिट्टै मर्ने छ ।”

अर्को म्यासेज थियो कि ः
“मेरो मोबाइल नम्बर ९८६०१४३२६६ हो फुर्सद भएको बेला कल गर्नु होला ।”

उनीले म्यासेज त पढिन् तर जवाफ दिन जसरी सोचिनन् । दिनभर मोडेलिनको साथ साथै करुणको बारेमा सोचिन् । करुणलाई फोन नगरे उनको आफ्नो सपना पूरा हँुदैन । फोन गरुँ फेरि धोका दिन्छन् भने भयो । उनी दोदारमा भए पनि फोन गर्ने निर्णय गरिन् । यसपल्ट उनीले आफ्नो मिल्ने साथीलाई फोन गरेर बताउन जरुरी ठानिन् । बताएमा करुणसँग भेट्न दिइनन् भने ।

१७
दुई हप्तापछिको कुरा हो । बिहीबारको दिन थियो । करुण र रिजाना जि—क्याफेमा थिए । आज करुणले रिजानालाई भेट्को लागि भनि छुट्टि लिएमा थिए । 

“तपाई मसँग अहिेसम्म रिसाउनु भएको छ ?”

“सुरुका दिनहरुमा रिस उठेको थियो तर पछि रिस मयो । अनि काम चाँहि कहिले सुरु गछौ ?” चिसो कफी पिउँदै भनिन् । 

वातावरणमा मौनता छाएको थियो । करुण मौन थिए । रिजानाले उनलाई हेर्दै थिइन् । मौनता तोड्दै रिजानाले भनिन्, “तपाई कता हराउनु भएको हो ? तपाई किन मौन हुनु हुन्छ ? तपाईले मलाई काम दिन मन छैन भने, नदिनु ।”

“त्यस्तो होइन । म काममा व्यस्त भएका कारण गलेको छु । धेरै कामहरु छन् । कामको दबाब छ । तपाईको काम तीन हप्तापछि मात्र सुरु हुन्छ ।

“तीन हप्तापछि मात्र ?”अचम्म हुँदै भनिन् । 

“हो, तीन हप्तापछि मात्र ।”

रिजानालाई हतार भएको थियो काम गर्नलाई । चिन्त नबुझे पनि हुन्छ भनिन् । 

१८
तीन हप्तापछिको कुरा हो । करुणले रिजानालाई फोन गर्छन् र रिजानाले एकै घण्टीमा उठाउ छिन् । 

“हेलो ।” रिजानाले भनिन् । 

“हेलो । सुनु होस् न, तपाई मलाई भोलि भेट्न सक्नु हुन्छ मेरो अफिसमा ?”

“हुन्छ तर कति बेला आउनु ?”

“११ बजे ।”

“ओके ।” अनि रिजानाले फोन राख्छिन् । 

रिजाना धेरै खुशी भइन् । उनीको सपना पूरा हुँदै थियो । खुशीले उनी यो संसारमा छैनन् भन्ने भयो । दिनभर मोडेलिनको बारे सोचेर बसिन्  र दराजमा भएका लुगाहरु हेर्न थालिन् । 

अर्को दिन, उनी अफिसमा पुगिन् । समयभन्दा अगाडि नै उनी करुणको अफिस पुगिन् । समयभन्दा अगाडि नै उनी करुणको अफिस पुगिन् । उनीले आफूलाई मन पर्ने रङ्ग निलो लगाएकी थिइन् । धेरै समयपछि उनीले आफूलाई समय दिएकी थिइन् । 

१०ः४० बजेको थियो र रिजाना यता उता हेदैृ थिइन् । आफ्नो घडी  हेर्दै थिइन् । करुण कति बेला आउँछन् भन्ने भयो र रिजानालई काम गर्न हतार भइसकेको थियो । ४५ मिनेटपछि करुण आफ्नो काबिनबाट निस्के र रिजानाको नजिक गएर भने,“हाई । सरी, मैले तपाईलाई कुराए । आउनुहोस्, मेरो रुममा आउनुहोस् । ”

करुणको पछि गइन् । कुर्सीमा बस्न अनुरोध गरे र भने,“मैले तपाईको तस्बिरहरु मेरो बोसलाई देखाए र उनलाई मन पराएका छन् । भोलिदेखि नै काम सुरु गछौ । हामी आज पेपरमा साइन गछौ । तपाईले हामीसँग एक वर्षसम्म काम गर्नु पर्छ । त्यस पछि हामी हेछौ । काम राम्रो लागे, तपाईलाई फेरि राख्छौ ।”

उनी धेरै खुशी भइन् र पेपरमा के लेखिएको छ त्यो नपढिकन साइन गरिन् । साइन गरिसकेपछि, आफ्नो घरतिर लागिन् । यस पटक उनीले आफ्नो खुशी सेयर गर्न सोनियालाई उचित सोचिनन् ।  

१९
“यो के हो, रिजाना ?” आर्यनले भने र रिजानाको अगाडि नारी पत्रिका पाल्छन् । नारी पत्रिकाको कर्भरमा रिजानाको फोटो छापिएको थियो जुन कुरा आर्यनलाई मन परेको थिएन । 

“मोडेलिन गर्दा के नराम्रो हुने हो र ? तिमी मेरो कुरा बुझ्दैनौ ?”

“म तिम्रो कुरा केही बुझ्न चाहन्न । म तिम्रो श्रीमान् हुँ । म छँदै छु नि तिम्रो लागि कमाउने । तिमीले किन कमाउनु पयो ? तिमीलाई मैले सबै इच्छा पूरा गर्दै कै छु । ”

“मेरो पनि आत्म सम्मान छ । मलाई पनि कमाउन मन लाग्छ ।”

दुवै जनाले एक अर्कोलाई हेर्छन् । आर्यनलाई रिस उठेको थियो । त्यही क्रममा आर्यनले भने,“मैले कति चोटि भनिसकेकी तिमी मोडेलिन नगर तर तिमी मैले भनेको किन मादैनौ । यदी तिमी मोडेलिन गर्ने भने, यो घर छोडेर जाऊ ।”

रिजाना केही नबोलिकन आफ्नो कोठामा गइन् । रातभर दुवै जना एक अर्कोलाई हेर्न रुचाएनन् । यो क्रम धेरै दिनहरुसम्म चल्योे । दुवै जना आफ्नो जिद्दमा अडिएका थिए । 

२०
आार्यनले ढोकाको घण्टी बजाउछन् तर धेरै समयसम्म रिजानाले ढोका खोलिनन् । नखोलेपछि आफूसँग भएको चाबीले ढोका खोल्छन् । भित्र छिरेपछि उनले रिजानालाई खोज्छन् तर उनीलाई देख्दैनन् । नदेखेपछि फोन गर्छन् तर फोन उठ्दैन । फोन स्विच अफ थियो । सोचे हिजोको झगडाले गर्दा बुवा आमाको घर त गइनन् र आफ्नो सासू आमाले उठाइन् र आर्यनले भने, “ नमस्ते, ममी ।”

“नमस्ते , ज्वाँइ तपाईको के छ खबर ? धेरै दिनपछि फोन गर्नुभयो ?”

“म ठीक छु । ममी, रिजाना त्यहाँ आएकी छिन् ?”

“अहँ । यहाँ त आएकी छैन । के भयो ज्वाँइ ?”

“केही होइन । उनी यस बेलासम्म घर आएकी छैन । त्यसैले मैले तपाई फोन गरेको ।” अनि आर्यनले फोन राख्छन् । 

आर्यनले रिजानालाई सम्पर्क गर्न खोज्दै थिए तर उनी असफल भए । रिजानाको साथी कसैलाई चिन्दैन थिए । उनले अफिसबाट छुट्टी लिएका थिए र नारी पत्रिकाको अफिसमा पुगे । 

“नमस्ते । म तपाईलाई सहयोग गर्न सक्छु ?” 

“नमस्ते । म आर्यन हूँ, रिजानाको पति । खासमा रिजाना घर हिजोदेखि आएकी छैनन् । कहाँ गएकी छिन् ?”

“रिजाना म्याडम करुण सरसँग फोटो सूटको लागि विभिन्न ठाउँमा जानुभएको छ । उहाँहरु दस दिनपछि मात्र आउनु हुन्छ ।”

“अहिले कुन ठाउँमा हुनु हुन्छ ?”

“सायद पोखरा ।”

“मलाई करुण सरको नम्बर दिन मिल्छ ?”

“हुन्छ ।” उनीले करुणको कार्ड दिइन् । 

आर्यनले धन्यवाद भन्दै त्यस अफिस छोड्छन् । छोडिसकेपछि करुणको नम्बर डायल गरे तर मोबाइल अफ रहेछ । उनी अचम्म परे । दुवै जनाको मोबाइल अफ थियो । मनमा शङ्का हुन थाल्यो । 

२१
एघार दिनपछि करुण र रिजाना पोखराबाट फर्केछन् । रिजानाको लागि ती दस दिनहरु आफ्नो जिन्दगीका रमाइला पलहरु थिए । त्यसभन्दा पनि रिजानाले करुणलाई मन पराउन थालेकी थिइन् । 

साँझको बेला थियो । उनी आर्यनको घरको सट्टा उनी ललितपूरको अपार्टमेन्टमा गइन् । अर्कोतिर आर्यन चिन्तित थिए । कुरा गर्न मन छ तर सकेका थिएन् र रिजानाको मोबाइल पनि अफ थियो । 

अर्को दिन, आर्यन आफ्नो अफिसमा थिए । त्यही क्रममा उनको साथी उनको नजिक आए र भने,“तिमीलाई यो खाम आएको छ ।” 

“खाम ?”आर्यन अचम्म परे । उनले आफ्नो साथीलाई धन्यवाद दिँदै खाम खोले । डिभोर्स पेपर रहेछ । रिजानाले साइन गरेकी थिइन् । मिति हेरे । दस दिन अगाडिको रहेछ । मोडेलिन गर्न रहेछ भन्ने बुझे । तुरुन्तै रिजानाको नम्बर डायल गरे । मोबाइल अझै अफ रहेछ ।
 
जब रिजानाले घर छोडिन् तब उनले नयाँ सुरुवात गर्न चाहन्थे । रिजानालाई एक चोटि सम्झाउन चाहन्थे तर त्यो अवसर गुमाए जस्तो भयो । उनको परिवारलाई मोडेलिन मन नपनेको भएकाले उनको चाहना पनि त्यही थियो । आफ्नो परिवार खुशी भएको चाहन्थे र रिजानालाई त्यही कुरा बुझाउन खोज्दै थिए ।  

२२
”आहा ।” रिजानादे करुणलाई खुशी हुँदै भनिन् । उनीको तस्बिरहरु विभिन्न मुडका थिए । जब तस्बिरहरु देख्छिन्, उनीको भुँइमा खुट्टा थिएन । धेरै समयपछि त्यति खुशी भएकी थिइन् । खुशीको मुडमा करुणलाई अँगालो हालिन् । 

त्यस तस्बिरहरुपछि उनी मोडेलिनमा सफल हुँदै गइन् । उनी छाएकी थिइन् । सफल त भइनर त्यसको साथ साथै उनी करुणको नजिक हुन्थिन्, उति नै माया बढ्दै गएको थियो । हरपल करुणको साथ बसिरहोस् जस्तो हुन्थ्यो । सफलता र मायाको क्रममा उनीले आफ्नो श्रीमान्सँग डिभोर्सको कुरा गर्न बिर्सेकी थिइन् । 

अर्कोतिर, सोनियालाई चिन्त दुखेको थियो । हरेक कुरा सेयर गर्थिन् रिजाना तर तस्बिरहरु किन सेयर गरिन् । सानो कुराहरु भन्ने व्यक्ति तर आज यस्तो ठूलो कुरा किन भनिनन् । सोनियाको साथ साथै आर्यनको परिवारलाई रिजानाले मोडेलिन गरेको मन पराएका थिएनन् । आर्यनको मनमा धेरै पीडाहरु थिए । सोचेकी यो कसको दोष हो ? आर्यनले रिजानालाई नबुझ्नु दोष कि रिजानाले आर्यनलाई नबुझ्नु ? 

२३
करुण र रिजाना ललितपूरको अपार्टमेन्टमा थिए । उनीहरु आफ्नै संसारमा हराएका थिए । करुणले जति रिजानालाई टच गर्छन् त्यति नै रिजाना आनन्दित महशुस गर्थिन् । उनको स्पर्शले नै रिजानाको मन उत्साहित हुन्थ्यो । 

केही समयपछि, रिजानाले भनिन्,“म तिमीसँग हुँदा धेरै खुशी हुन्छु । तिमी हरपल मेरो साथ होस् जस्तो लाग्छ । तिमीले मलाई धेरै खुशी दिएका छौ । म तिमीसँग हुन चाहन्छु ।”

“हामी बिहे गरौ तर तिमीले आफ्नो पतिलाई डिभोर्स दिनुपर्छ ।”

“ओ गड ।”

“के भयो ?”

“मैले डिभोर्स पेपरमा साइन गरेर आर्यनलाई पठाएको थिए । आफ्नो कारणले बिर्सिए ।”

“भोलि भेट्न जाऊ ।”

उनीले मान्छिन् र आफ्नै संसारमा हराउछन् । 

२४
शनिबारको दिनथियो । घडीले १०ः३१ बजे देखाएको थियो । आर्यन किचेनमा थिए । त्यही क्रममा उनले घण्टीको आवाज सुन्छन् र ढोका खोल्छन् । उसले रिजानालाई देख्छन् ।

”रिजाना ? आऊ । भित्रै आऊ ।”

रिजाना भित्र छिरिन् र सोफामा बसिन् । आर्यन पनि  पनि सोफामा बस्छन् । दुवै जनाले एक अर्कोलार्ई हेर्छन् र दुवै जना मौन थिए । 

केही समयपछि मौनता तोड्दै रिजानाले भनिन्,“तिमीले डिभोर्समा साइन गरौ ?”

“हामीसँगै बस्दा हुँदैन ?”

“हुँदैन । हामीसँगै कस्न सक्दैनौ । तिम्रो सोचाइ धेरै साँगूरो छ । तिमीले आफू बाहेकअरु कसैलाई बुझ्दैनौ । तिमीले मलाई बुझेनौ । तिम्रो लागि मैले धेरै कुराहरु त्यागेको छु तर तिमीले मलाई बुझेनौ । तिमीले पहिले भनेका थियौ कि मैले मोडेलिन गरे भने, तिमीले मलाई डिभोर्स दिन्छौ । त्यसैले मैले मोडेलिन छाने ।”

“हामी कुरा गरेर कुरा मिलाउन । तिमी मोडेलिन छोड्न सक्दैनो ? मैले त तिम्रो सबै ईच्छाहरु पूरा गर्दैको छु । मेरो मायामा के कमी भयो ?”

“हो, तिम्रो मायामा कमी छ । यदी कमी नभएको भए, तिमीले मलाई बुझ्ने थियौ र मलाई माडेलिन गर्न दिन्थ्यौ । म तिमीसँग धेरै कुरा गर्नु छैन । त्यसैले डिभोर्स पेपरमा साइन गर । तिमीलाई छोडेपछि जिन्दगी बुझ्न थालेको छु र म धेरै खुशी छु ।”

आर्यनले केही भन्न खोज्दै थिए तर रिजानाले रोकिन् र भनिन्,“डिभोर्स पेपरमा साइन गर । तिमी आफ्नो जिवन बाँच र मलाई पनि बाँच्न देऊ ।”

आर्यनले केही नबोलिकन आफ्नो कोठामा जान्छन् र डिभोर्स पेपरमा साइन गर्छन् र रिजानालाई दिन्छन् । रिजाना खुशी हुँदै आर्यनको घरबाट निस्किन् । आर्यन चाँहि दुखी भएका थिए र उनको आँखा आँसुले भरिएको थियो । उनको सोचेका थिए कि रिजानालाई सम्झाउने छन् र घरमा खुशीसँग बस्ने छन् । सोचे रिजानाले मोडेलिन छोड्ने छिन् तर आर्यनलाई छोडिन् । रिजानालाई माया गर्थे । 

२५
होटेल भिउ, पोखरा, 
                 मनोज अधिकारीले रुम नम्बर ४९६ मा ढकढकाउछन् । एक घण्टासम्म ढोका ढकढकाउछन् तर कसैले पनि ढोका खोलेनन् । केही जवाफ नआएपछि, रिसेप्शनिष्टको ठाउँमा गए र भने,“के तपाई मलाई रुम नम्बर ४९६ को मास्टर कि दिन सक्नु हुन्छ ?”

“हुन्छ ।”

मास्टर कि लिइसकेपछि रुम नम्बर ४९६ को ढोका खोल्छन् । उनले कसैलाई देखिनन् र बाथरुममा हेरे पनि । उनले एक युवतीको लास देख्छन् । लास रिजानाको थियो । मनोज हतारिदै होटेलको मालिक राजु शर्मालाई फोन गर्छन् र सबै कुरा व्यक्त गर्छन् । फोन गर्ने बित्तिकै होटेल पुग्छन् । राजुले लास देख्ने बित्तिकै पुलिसलाई फोेन गर्छन् । 

आधा घण्टापछि, पुलिस आइपुग्छन् । यो केस पनि इन्स्पेक्टर सुमितलाई दिइएको थियो । इन्स्पेक्टर सुमित राजुको छेऊमा आए र भने,“तपाईले यो लास कति बेला देख्नु भयो ?”

“एक घण्टा अगाडि ।”

“तपाईलाई थाहा छ यो लास कसको हो ?”

“मलाई थाहा छैन यो हो भनेर ।”

“लास कसले पहिला देखेको हो ?”

“मनोज ।”

इन्स्पेक्टर सुमित मनोजको नजिक गए भने,“तपाईले के देख्नुभयो ?”

मनोज नर्भस भए र आफूले देखेको भने । त्यसै क्रममा पुलिसले रुममा केही प्रमाण भेटाएनन् । फुटप्रिन्ट पनि भेटेका थिएनन् । क्यामेरा फुटेजमा पनि केही भेटिएन । रिजाना रुममा एक्लै थिइन् । पोस्टमार्टमको रिपार्टमा हृदयघातको कारण मृत्यु पुष्टि भएको थियो । अरु केही प्रमाण दिएन । अन्यमा केस बन्द भयो ।
 
रिजानाको बारेमा बुझ्न वा सोध्न कोही आएकन थिएनन् । पत्रिकामा छापिदा पनि कसैले वास्ता गरेका थिएनन् । आर्यनले रिजानाले घर छोडेदेखि वास्ता गरेका थिएनन् । फोन गर्न मन भए पनि सकेका थिएनन् । 

२६
“इन्स्पेक्टर सुमित, तपाईलाई थाहा छँद्यै छ कि तीन जना युवतीको हत्या भएको छ । हेर्दा खेरी यो हृदयघात जस्तो देखिन्छ तर यो मर्डर हो । तपाईको टिमले कोसिस गर्दा गर्दै ती केसहरु बन्द भयो । त्यसैले म यो केसहरु इन्स्पेक्टर आदित्यलाई दिँदै छु । तपाईले यी केसहरु जानकारीहरु इन्स्पेक्टर आदित्यलाई दिनुहोस् र मदत पनि गर्नुहोस् ।” डीएसपी उमेश शाक्यले भने । 

“ओके सर ।”इन्स्पेक्टर सुमितले भने र आफ्नो काबिनमा जान्छन् । उनलाई मन मनमै रिसाएका थिए । उनलाई यो केस आफै समाधान गर्नु थियो । सरको अगाडि केही भन्न सकेका थिएनन् । 

केही समयपछि मनमा रिस राख्दै इन्स्पेक्टर सुमित इन्स्पेक्टर आदित्यको काबिनम जान्छन् । कोठा ढकढकाउछन् र आदित्यले भित्र बोलाउछन् । अनि उनी कुर्सीमा बस्छन् । 

“तपाईलाई थाहा छ कि तपाईले हेर्दै गरेको केस अब म हेर्दै छु ।” 

“म तपाईलाई सबै जानकारी दिने छु र मदत पनि गर्ने छु ।” 

इन्स्पेक्टर सुमितले सबै जानकारी दिन्छन् र सबै फाइल लिन्छन् । इन्स्पेक्टर सुमितलाई धन्यवाद व्यक्त गर्छन् र इन्स्पेक्टर सुमित त्यस काबिनबाट निस्कछन् । 

इन्स्पेक्टर आदित्यलाई धेरै भन्दा धेरै काम राम्रो गर्नेमा राखिन्छ । उनले आफूले सबै केस सामाधान गरेका छन् । त्यसैले यो केस पनि उालाई दिइएको हो र यो उनको अन्तिम केस हो । उनले पुलिसमा २० वर्षभन्दा धेर काम गरे र अहिले अवकाश हुँदै थिए यो केसपछि । 

२७
तीन वटा केस इन्स्पेक्टर आदित्यले अध्ययन गर्दै थिए । तीन वटा केसमा धेरै समान थियो । तीन जना हृदयघातको कारणले मरेका थिए । तीन जनानै बाथटबमा मृत्यु भएको थियो । अर्को कुरा क्यामोराले शंकास्पद क्याप्चर गरेको थिएन । तीनै जना एक्लै र खुशी नै थिए । पुलिसले केही प्रमाण भेटाउन सकेका थिएनन् । 

अर्को दिन, इन्स्पेक्टर आदित्य तीन जनाको परिवारलाई भेट्न जान्छन् । तीनै जनाको श्रीमन्सँग झगडा परेको रहेछ । सबै जनाको पारिवारिक झगडा थियो र अफेयरको बारे केही थाहा नभएको । उनी कलेजको साथ साथै घटना स्थिलमा पनि गएको थिए तर उनले पनि केही पत्ता लगाउन सकेका थिएनन् । 

“मलाई यो के भइरहेको छ ? मैले केही पत्ता लगाउन सकेको छैन । अब म के गँरु ?” उनी टेन्सनमा थिए । आजसम्म एउटा केस हारेका थिएनन् । उनलाई डर थियो कि यो केस हार छन् कि भनेर । आफ्नो इज्जतको सवाल थियो । 

२८
“आदित्य, दुई महिना भइसक्यो तपाईले ती केसहरु क्र्याक गर्न सक्नु भएन । तपाईले सबै केसहरु एक हप्तामा क्र्याक गर्नु हुन्थ्यो । अहिले के भयो तपाईलाई ?” डीएसपी उमेश शाक्यले भन्नुभयो ।
  
इन्स्पेक्टर आदित्य आफूदेखि नै रिस उठेको थियो । उनीसँग केही जवाफ थिएन तर जवाफ दिन जरुरी थियो । 

“सर, मलाई केही समय दिनुहोस् । म यो केस क्र्याक गर्छु ।” 

“तपाईलाई कति समय चाहियो ?” 

“साढे दुई हप्ता ।” 

“क्र्याक गरिसक्नु हुन्छ ?”

“मलाई भरोसा गर्नुहोस् । यो केस क्र्याक गर्छु ।” 

डीएसपी उमेश शाक्यले आदित्यलाई हेरे । उनलाई इन्स्पेक्टर आदित्यको प्रतिष्ठाबारे चिन्तित थिए । त्यही क्रममा डीएसपीले भने,“आदित्य, म तपाईलाई भरोसा गर्छु, मलाई थाहा छ कि तपाईले यो केस क्र्याक गर्नु हुन्छ । यदी मलाई तपाई प्रति भरोसा नभएको भए, म यो केसहरु दिने थिइन । तपाईले सबै केस क्र्याक गर्नु हुन्थ्यो तर यस पालि धेरै समय लगाउनुभयो। त्यसैले मलाई तपाईको चिन्ता लागेको र के भयो भन्ने भयो ।”

”सर, म यो केस क्र्याक गर्छु नै ।” अनि उनी उठे । डीएसपीलाई सलाम गरेर आफ्नो काबिनमा जान्छन् । 

२९
इनस्पेक्टर आदित्य घरमा थिए । केसहरुको सुरागहरु भित्तामा टाँसेका थिए । सबै सुरागहरुलाई ध्यान दिएर हेर्दै थिए । सुरागहरुको सम्बन्ध खोज्दै थिए तर असफल भए । सबै सम्बन्धित व्यक्तिहरुसँग कुरा पनि गरिसकेका थिए तर कसेलाई शङ्का गर्ने त्यस्तो केही भेटेका थिएनन् ।

अर्को दिन, बिकुलाई फोन गरे र बिकुले तुरुन्तै फोन उठाए र भने,“हेलो ।”

“हेलो । यो नम्बर बिकुको होइन ?”

“हो तर तपाई को बोल्नु भएको हो ?”

“इन्स्पेक्टर आदित्य बोल्दै छु ।”

“तपाईले मेरो श्रीमतीको हत्यारालाई समात्नु भयो ?
“अहिलेसम्म पत्ता लागेको छैन । आज तपाई मलाई भेट्न सक्नु हुन्छ ?”

“हुन्छ ।”

बिकु पुलिस स्टेशनपुग्छन् । इन्स्पेक्टर आदित्यलाई भेट छन् ।

“तपाईको वैवाहिक जिवन कस्तो थियो ?”

“हामी प्राय झगडा गथ्यौ ।”

“कस्तो झगडा ?”

“म उसलाई समय दिन सकिन भइ गुनासो गर्थिन् । यही विषयमा झगडा दिन दिनै हुन्थ्यो ।”

“समिरामा केही परिवर्तन देख्नु भएको थियो ?”

“त्यस्तो केही त थिएन तर उनी ए वान लाइब्रेरी जान थालेकी थिइन् ।”

“तपाईले कसरी थाहा पाउनु भयो ?”

“मैले लाइब्रेरीको कार्ड देखेको थिए ।”

इन्स्पेक्टर आदित्यले बिकुलाई धन्यवाद व्यक्त गरे र बिकुले स्टेशन छोड्छन् । उनले गुगलमा एवान लाइब्रेरीको बारे खोज्छन् । ५ः०० बजेसम्म खुल्ने रहेछ । आफ्नो घडी हेरे । ३ः५० बजेको रहेछ । उनी तुरुन्तै एवान लाइब्रेरीको लागि जान्छन् । 

उनी रिसेप्शनिस्टको छेऊमा जान्छन् र भन्छन्,“हेलो । म इन्स्पेक्टर आदित्य हूँ । मलाई तपाईको सहयोग चाहेको छ ।”

“हुन्छ । मैले तपाईलाई के सहयोग गर्नु पयो ?”

इन्स्पेक्टर आदित्यले समिराको तस्बिर देखाउछन् र सोध्छन्, “उनी यहाँ आएकी थिइन् ?”

“उनी यहाँ आएकी थिइन् । उनीलाई के भयो ?”

“उनीको मृत्यु भएको छ ।”

“कहिले ?” उनी अचम्म परिन् ।

“केही हप्ता अगाडि । उनीको जानकारी दिन सक्नु हुन्छ ?”

उनले कम्प्युटरमा हेर्छिन् तर केही भटिनन् । फाइल पनि खोलिन् । त्यसमा पनि भेटिनन् । त्यही क्रममा उनीले मायालाई फोन गरिन् ।

“हेलो माया ।”

“के भयो ?”

“मलाई एउटा जानकारी चाहेको थियो ।”

“भन न ।”

उनीले सबै कुरा व्यक्त गरिन् र मायाले भनिन्, “सरी, कविता । मैले तिमीलाई भन्न बिर्से कि कम्प्युटर बिग्रेको थियो र डाटाहरु हराए । सरी ।”

कविता केही नभनिकन फोन राखिन् र इन्स्पेक्टर आदित्यलाई सबै कुरा व्यत्त गरिन् । इन्स्पेक्टर आदित्यलाई रिस उठेको थियो र आफ्नो रिसलाई काबुमा राख्दै भने,“तपाईसँग यसको कपी छ ?”

“सरी सर । छैन ।”

इन्स्पेक्टर लाइब्रेरीबाट निस्कछन् । यो कस्तो केसहरु हुन् जस्तो भएको थियो । केही प्रमाणहरु भेटेका थिएनन् । उनलाई रिस उठेको थियो । 

३०
अर्को दिन, विकी र आर्यनलाई पुलिस स्टेशन बोलाइएको थियो । दुवै जनालाई बिकुलाई जे प्रश्न सोधिएको थियो त्यति प्रश्न सोधियो । दुवै जनालाई छुटा छुटै बोलाइएको थियो । इन्स्पेक्टर आदित्यले दुवै जनालार्ई निहालेर हेरे । दुवै जना नर्भस थिएनन् । उनीहरुलाई हेर्दा र उनीहरुको जवाफ दिदा लाग्थ्यो कि उनीहरुलाई शङ्का गर्ने ठाउँ थिएन ।
सोही दिन उनी नारी पत्रिका जान्छन् । उनले रिसेप्शनिस्टलाई भने,“हेलो, म इन्स्पेक्टर आदित्य ।”

उनले बोल्ने मौका नदिइकन रिजानको फोटो देखाए र करुणको पनि । करुणको फोटो देखाएर भने,“म उनलाई भेट्न चाहन्छु ।”

“करुण सरले यो अफिस छोडेको दुई हप्ता भयो ।”

“उहाँँको ठेगाना दिनुहोस् ।”

“सरी सर । उनले छात्रवृति पाएर अमेरिका गइसके ।”

“उहाँको विवरण दिन मिल्छ ?”

“हुन्छ ।”

उनीले कम्प्युटरमा डाटा हेरिन् तर करुणको विवरण थिएन । पछि रिसेप्शनिस्टले आफ्नो साथीलाई फोन गरेर डाटाको बारे सोच्छिन् र कम्प्युटर बिग्रको कारण डाटा थिएन । रेकर्ड फाइलमा पनि थिएन । रिसेप्शनिस्टले इन्स्पेक्टर आदित्यलाई सबै कुरा व्यक्त गरिन् । उनी अफिसबाट निस्कन्छन् । 

अन्तिम उपाय भनेको फोटो बनाउने । इन्स्पेक्टर आदित्यले स्केच बनाउने व्यक्तिलाई बोलाए । उनले नारी पत्रिकामा काम गर्ने कर्मचारीलाई बोलाए । जब स्केच बनाइयो, उनी अचम्म परेका थिए र उनले कहाँ देखेको जस्तो अनुभव भयो तर कहाँ देखे, याद छैन ।

स्केचहेरेपछि आपाराधिक रेकर्ड हेरे तर रेकर्डमा केही भेटेनन् । उनलाई दिक्क भएका थिए । केही गर्दा पनि केही प्रमाण भेट्न सकेनन् र केस बन्द गर्ने निर्णय गरे । यो उनको अन्तिम केस थियो कुन उनले सामधान गर्न सकेनन् । 

३१
दुई हप्तापछिको कुरा हो । इन्स्पेक्टर आदित्यले डीएसपी उमेशलाई भेट्छन् । केही पलको लागि मौन थिए । दुवै जना एक अर्कोलाई हेर्छन् र वातावरण टेन्सनले भरिएको थियो र दुवै जनाको अनुहार दुखी थियो । 

दस मिनेटपछि इन्स्पेक्टर आदित्यले भने,“मलाई माफ गर्नु होला मैलो यो केस समाधान गर्न सकिन । मलाई पछुतो लागेको छ कि मैले याी केसहरु सामधान गर्न सकिन । मैले केही प्रमाणहरु भेटिन । होटेलहरुमा फुटप्रिन्टहरु भेटिएन न त कसैले किलरलाई देखेका थिएनन् । फोरेंसिकले ती युवतीहरु हृदयघातको कारणले मृत्यु भएको देखिन्छ । त्यसको साथ साथै को हो किलर नै थाहा भएन । मर्डर हो कि प्राकृतिक मृत्यु हो त्यो नै स्पष्ट छैन ।”

वातावरणमा फेरि मौनता छाएको थियो । डीएसपी उमेशले आदित्यलाई निहालेर हेर्दै थिए र मौनता तोड्दै भने,“त्यसको भए, तपाई ती केसहरु बन्द गर्न चाहनु हुन्छ ?”

मन दह«ो बनाउदै इन्स्पेक्टर आदित्यले हो भने । उनलाई मन लागि बन्द गर्नु परेको थियो । सजिलै बन्द गर्न मन थिएन तर प्रमाण नभएको कारण बन्द गर्नु पयो । 

३२
बेलुकाको ९ः३० बजेको थियो । नितनि छतमा थिए । सोफिया उनीसँग थिइन् । दुवै जना आकाशको तारा हेर्दै थिए । त्यही क्रममा, सोफियाले भनिन्,“म धेरै खुशी छु र मेरो बदला तिमीले लियौ तर मलाई डर थियो कि तिमीलाई पुलिसले पक्रिन्छ कि भन्ने थियो तर तिमीले सबै मिलायौ ।”

“मैले कसरी बदला नलिनु ? उनीहरु अपराधि थिए । तिमी समिरा, मोनिता र रिजानाको मिल्ने साथी थियौ र उनीहरुले के गरे । उनीहरुले तिमीलाई धेरै चोटि पसाएका थिए । कलेज पढ्दा तिमीलाई लागू पदार्थमा पसाए तर पनि तिमीले उनीहरुलाई माफ गरिदेऊ । पछि समिराको जन्मदिनमा तिमीलाई बोलाइन् र तिमी गयौ पनि । तिमीले साथी सोचेर गएका थियौ तर तिमी फेरि नराम्रोसँग पसेकी थियौ । तिमीलाई रक्सी जर्बरजस्ती खुवाइयो र तिम्रो नराम्रो भिडियो बनाइयो र ईन्टरनेटमा राखियो । त्यो भिडियो तिम्रो परिवारले थाहा पाएपछि तिमीलाई घरबाट निकालियो । तिम्रो जाने ठाउँ थिएन । तिमीले पछि मलाई आएर व्यक्त गरौ । व्यक्तगरेको केही समयमा तिमीले यही घरमा आत्महत्या गरौ । जब तिमीले आत्महत्या गरौ, मैले आफ्नो साथीको साथ साथै माया गुमाए । मैले त्यस दिनदेखि नै बदला लिने निर्णय गरे ।”

आँखाबाट आँसु झयो । दुवै जना एउटै कलेजमा पढ्थे । नितिनले सोफियालाई धेरै माया गर्थे तर सोफियाले राम्रो साथीको नजरले मात्र हेर्थिन् । दुवै जनाले एक अर्कोलाई सबै कुराहरु सेयर गर्थे । सबै कुराहरु नितिनलाई थाहा हुन्थ्यो । जब सोफियाको मृत्यु भयो, बदला लिने निर्णय गरे । नितिनले समिरा, रिजाना र मोनितालाई पिछा गरे । त्यसको साथ साथै उनले मर्डर कसरी योजना गरे । फिल्महरु हेर्ने र कसरी योजना बनाए । ६ वर्ष लगाएर आफ्नो कार्य पूरा गरे । 

क्यामेरामा नदेखिनुको कारण पछाडिबाट जान्थे र क्यामेरालाई क्र्याक गरे र कम्प्युटर पनि क्र्याक गरेका थिए । उनलाई हृदयघातकसरी आउँछ सबै जानकारी लिएका थिए । फुटप्रिट नरहनुको कारण उनले सबै हटाएका थिए र अरु प्रमाण पनि हटाएका थिए । 

उनी हरेक दिन छतमा बस्थे र सोफियालाई कल्पना गर्थे र उनीसँग कुरा गर्थे । उनले सोफियालाई मनदेखि  माया गर्थे र अहिले मनदेखि खुशी छन् किनकि बदला पूरा भएको छ । 





Comments

Popular Posts