मुड

कहिले काँही मलाई अनौठो लाग्छ । कहिले काँही कोहीसँग बोल्न मन लाग्दैन । मलाई कहिले काँही खुशी हुन मन लाग्दैन । 

कहिले काँही के हुन्छ मलाई थाहा हुँदैन । मनमा धेरै कुराहरु खेल्न थालेका हुन्छन् । म कहिले काँही आफैदेखि भाग्ने गर्छु । सायद आफ्नो कमजोरीदेखि भागिरहेको छु । 

सायद मलाई डर छ । मलाई केही गुमाउने डर छ तर के गुमाउदै छु । अरुको खुशीको लागि आफ्नै खुशीलाई बिर्से छु जस्तो लाग्छ ।  म कति खुशी हुन्थे तर आजकाल देवदास जस्तो भइरहेको छु । मलाई केको दुःख छ मलाई नै थाहा छैन । म खुशी हुन खोज्दै छु तर खुशी हुने क्रममा म कस्तै हराउने त होइन ? 

ममा आजकाल धेरै परिवर्तन हुँदै आएको छ । प्रत्येक सेकेन्ड मेरो मुड खराब हुन्छ । आफूलाई नै थाहा छैन किन यस्तो परिवर्तन आएको छ ? 

Comments

Popular Posts