NOTHING IS PERMANENT

जिन्दगीमा केही कुराको पनि  PERMANENT  हुँदैन । सबै कुरा परिवर्तन हुन्छ । समय अनुसार सबै कुराहरु परिवर्तन हुन्छ । आफू पनि परिवर्तन हुँदो रहेछ । एकै नासको हुँदैन रहेछ । जब समय बितदै गयो यो कुरा म बुझ्दै गए । भर्खरको उमेरमा हुँदा लाग्थ्यो कि केही कुराहरुको परिवर्तन हुँदैन । स्कूल रक कलेज पढ्दा लाग्थ्यो कि मेरा नजिकका साथीहरु मलाई छोडेर कही जाँदैन । त्यसको साथ साथै आफ्नो जिन्दगी पनि परिवर्तन आउँछ भनेर मलाई थाहा थिएन । समय बित्दै गयो र सन् २०१६ मा मैले जागिर पाए । म निकै खुशी थिए र त्यसको साथ साथै म दुःखी भएको थिए । त्यो वर्ष मेरा नजिकका साथीहरु बाहिर जाने क्रम बढ्यो । जब मेरा दुई जना नजिकका साथीहरु गए, म निकै रोएको थिए । गाह्रो भएको थियोे केही महिनासम्म समय बित्दै गयो र म सामान्य हुँदै गए । त्यस सम्म म बाहिर जाने योजनामा थिइन । यही नेपालमै रमाइरहेको थिए । नेपालमै केही गर्ने रहर थियो । नेपालमै राम्ररी काम गर्दै थिए । २०१६ देखि २०१८ सम्म काम गरे र मेरो कामको अवधि सक्कियो । अर्के जागिर खोज्ने क्रममा थिए । जागिर नपाउदा पनि रमाइरहेको थियो । खुशी नै थिए । सन् २०२१ मा मैले अन्त्यमा अर्के जागिर पाए । एजीओमा जागिर पाए र त्यो पनि आठ महिनाको लागि । राम्रो र काम गर्ने वातावरण थियो । काम गर्ने मौका पाएको थिए । जब सन् २०२२ मा मेरो जिन्दगीमा धेरै परिवर्तन आयो । मेरो नजिकका दुई जना मिल्ने साथीहरु बाहिर गए । मलाईगाह्रो भएको थियो । उनीहरुलाई म आफ्नो हरेक कुराहरु सेयर गर्थे । मेरो हरेक दुःख र सुखमा साथ दिएका थिए । उनीहरुको साथ मेरो निकै वर्षको थियो । एक जनासँग १२ वर्ष र अर्को साथीसँग ७ वर्ष । जब दुई जना बाहिर गए, मलाई पनि बाहिर जान मन भयो । म एक्लै महशुस गरे । 

बिस्तारै म बुझ्दै गए कि संसारमा केही   PERMANENT  हुँदैन रहेछ भनेर । आफ्नो परिवार, साथीभाइहरु केही  PERMANENT  हुँदैन रहेछ । त्यसको साथ साथै जति आश राख्यो त्यति नै मन उदास हुँदो रहेछ । आश अरुबाट रनोाख्यो भने कहिले मानिस खुशी हुँदैन । आश नराखे कै राम्रो । मैले पनि कही कतै आफ्ना साथीहरुबाट आश गरेको थिए र कहि कतै भावुक भएको थिए । त्यसको साथ साथै जागिरको पनि   हुँदैन । अरुबाट आश गरो भने आफूलाई तकलिन्फ हुँदो रहेछ र मानसिक तनाव बढ्दो रहेछ । सबै कुराहरु परिवर्तन हुन्छ र NOTHING IS PERMANENT  भन्ने बुझ्नु पर्छ । 

Comments

Popular Posts