ब्लग र लेखाइ

 मलाई चिनेका र नजिकका व्यक्तिहरुले सोध्ने गर्छन् कि आजकाल मैले ब्लक किन छोडे भनेर । म आफै अचम्म पर्छु कि मैले किन लेख्न छोडे भनेर । हुन त मैले लेख्न छोडेको होइन । जति लेख्नु थियो लेखिसके अब के लेख्न बाँकी छ जस्तो लाग्छ । छोटो वा लामो कथाहरु लेखिसके । लेखहरु प्नि लेखे र त्यसको साथ साथै समिक्षाहरु पनि लेखे । अब के लेख्ने ? त्यसैले लेख्न कम गरे । लेख्न मन लागे लेख्छु तर कम भएको छ । 

हुन त म बच्चादेखि लेख्थे तर केही व्यक्तिहरुलाई मात्र थाहा थियो । जब ब्लग लेख्न थाले, धेरै लागि थाहा हुन थाल्यो र मेरो लेखाईमा सुधार हुँदै गयो । मेरो ब्लग पढ्ने व्यक्तिहरुले मेरो प्रशंसा गर्न थाले जसको कारढाले मेरो लेखाई राम्रो हुन थाल्यो । समय बित्दै गयो र मैले लेख कम गरे । कथाहरुको लासग केही आइथा वा सोच आउन छोड्यो । अब कति लेख्ने जस्तो भयो । सन् २०२१ देखि कम हुँदै गयो । लेख्न त लेख्छु तर कम । ब्लगमा ७० वटा भन्दा धेरै पोष्ट गर्थे तर आजकाल त्यति हुँदैन । सन् २०२२ सम्ममा मेरो ब्लगमा ७०० वटा भन्दा धेरै पोष्ट भइसक्थ्यो ततर लेख्न अल्छी गरे । 

अहिले आएर ब्लगमा अलिक जाँगर चलाएर लेख्न थालेको छु तर कहिलेसम्म हो थाहा छैन । अहिले ब्लग हेर्दा पहिलाका कुराहरु याद आउँछ । पहिला जाँगर चलाएर लेख्थे । अब के लेख्ने जस्तो हुन्थ्यो । लेख्न रमाउथे र अहिले पनि लेख्न रमाउछु तर पहिलाको जस्तो होइन । अहिले ब्लग हेर्दा मैले ब्लग सुरु गरे राम्रो गरे जस्तो लाग्छ । पाठकहरुले दिएको प्रतिक्रिया र तारिफले गरेर जति लेखे त्यो उहाँहरुकै कारणले हो । ब्लग त म बन्द गर्दिन तर कम चाँहि लेख्छु । ब्लगले मलाई केही न केही दिएको छ । आफ्नो भाषा सुधारेको छु, कथा कसरी लेख्ने, लेखहरु क्सरी लेख्ने, समिक्षाहरु कसरी लेख्ने आदि । 


Comments

Popular Posts