माया

माया त म तिमीलाई धेरै गर्छु । तिमीलाई हेर्दा म निकै खुशी हुन्छु । तिम्रो मुस्कान देखेपछि मेरो मुहारमा मुस्कान आउँछ । तिम्रो आँखाको कुरै छोड्यौ । तिम्रो आँखा निर्दोष बालक जस्ता छन् । ती आँखामा धेरै माया र सपना लुकेका छन् । तिम्रो आँखाले धेरै कुराहरु बताउछन् । तिमी बोल्दा तिम्रा कुराहरु सुनिरह्यौ जस्तो लाग्छ । त्यसको साथ साथै तिमीलाई हेरिरह्यौ जस्तो लाग्छ । तिमी मनदेखि राम्रो छौ र सरल पनि छौ । जिन्दगीमा तिमीले कहिले गुनासो गरेनौ । तिमी सानो कुरामा पनि रमाउथ्यौ र खुशी हुन्थ्यौ । तिम्रो यही बानी मलाई राम्रो लाग्छ तर मैले तिमीलाई आफ्नो मनको कुरा भन्न सकिन । सोचे कि तिमीले मलाई त्यो नजरले हेर्दैनौ । सिर्फ साथीको नजरले मात्र हेर्छौ । त्यसको साथ साथै तिमीले मेरो बारेमा के सोच्छौ मलाई थाहा छैन । तिमीले सोच्छौ होला कि म तिम्रो लायक छैन । मैले तिमीलाई आफ्ना मनका कुराहरु सेयर गर्न मन भए पनि म रोकिए । तिमीलाई मभन्दा धेरै माया गर्ने व्यक्तिहरु छन् जस्तो लाग्छ । सोचे कि मेरो माया व्यक्त गर्दिन । तिम्रो खुशी मेरो खुशी । तिम्रो खुशीको लागि म पछि हट्न तयार छु । मलाई थाहा छैन कि तिम्रो मनमा मेरो लागि बास बसाए कि बसाइन तर मेरो मनमा तिमी नै छौ । म जहाँ गए पनि तिम्रो आभास आइरहने छ र तिम्रो याद पनि । 

Comments

Popular Posts