लकडाउन र अडियो नोबल

 कोभिड–१९ को पहिलो लकडाउनको समय थियो । यही समय त हो मैले अडियो नोवल सुन्न थालेको । पहिला त मैले अच्चुत घिमिरेको मात्र सुन्थे तर मैले लकडाउनमा मैले अरुको पनि सुन्न थाले । सुरुमा त मैले साईग्रेषको सुन्न थाले । उहाँको मैले सुनेको ‘मेरो अधुरो प्रेम’ थियो । म यो अडियो उपन्यास सुनेपछि म निकै भावुक भएको थिए र आफ्नो प्रेम कहानी सम्झिन थाले र आफ्नो अधुरो प्रेम कहानी लेख्न थाले । अनि साईगेषको अरु अडियोहरु पनि सुन्दै थए र जति जति सुन्दै गए, उहाँको आवाजको र कथाहरुको फ्यान भए । त्यसको साथ साथै मैले बिनिशा सापकोटा पनि सुन्न थाले । उहाँको सुरुम सुनेको ‘त्यो रात’ थियो । मलाई निकै राम्रो लागेको थियो उहाँको आवाज । आवाजले मलाई निकै छोएको थियो । अनि मैले उहाँलाई आफूले लेखेको कथाहरु पठाउन थाले र उहाँले मैले पठाएको कथाहरु पढ्नु भयो । मन निकै शान्त भएको थियो । मिठो स्वरमा आफूले लेखेको कथाहरु सुन्न पाउदा म निकै खुशी भएको थिए । मैले लेखेको कथाहरु ‘जवाफको खोजी’ र ‘मेरो अधुरो प्रेम’ थियो । साईगे्रष पोखरेल र बिनिशा सापकोटाजीहरुको म प्राय सबै सुन्ने गर्छु । त्यसको साथ साथै म निलेश मिश्राको सुन्न थाले । उहाँ भारतीय नागरिक हुनु हुन्छ । उहाँको आवाज निकै बेग्लै छ । बिस्तारै कथा वर्णन गर्ने । उहाँले लिने अन्तर्वार्ता पनि लिने गर्नु हुन्छ । मलाई निकै मन पर्छ । उहाँको पनि प्राय सबै कथाहरु सुन्ने गर्छु । 





लकडाउनको कारणले अहिलेसम्म अडियो नोबल सुनिरहेको छु । नेपालको मात्र होइन म अरु देशको पनि सुन्न थालेको छु । बानी भइसकेको छ । उहाँहरुको वाचन सुनेपछि मलाई कथाहरु फेरि लेख्न थालेको छु तर कम लेख्छु र राम्रो पनि । लेख्दा पनि आफ्नै कहानी लेख्न थालेको छु । आफ्नै भोगाई लेख्न थालेको छु । सायद आफ्नो कहानी अरुसँग मेल खाएको छ जस्तो लाग्छ । 

Comments

Popular Posts