लकडाउन र अडियो नोबल – २

 सन् २०२० मार्च २४ तारिकमा नेपाल सरकारले लकडाउनको घोषणा गरेको थियो । देशभर मात्र नभएर विश्वभर कोभिडले सताएको थियो । कोभिड–१९ नयाँ रोग थियो । मान्छेबाट सर्ने रोग थियो । मानिसहरुलाई डर थियो । मरिन्छ कि बाँचिन्छ नै थाहा थिएन । के गर्ने र कसो गर्ने थियो । त्यस बेला खो पनि थिएन । दूरी कायम राख्ने र स्वस्थ खाने बाहेक अरु उपाय थिएन ।

लकडाउन त भयो । घरमा के गर्ने भयो । खायो र बस्यो । अरु केही काम पनि थिएन । त्यही क्रममा, मैले विभिन्न नोबल सुन्न थाले । त्यही क्रममा, साईग्रेष पोखरेलको ‘मेरो अधुरो प्रेम’ सुने । कति मिठो स्वर । सुनि रहन मन लाग्ने । ‘मेरा अधुरो प्रेम’ सुन्दै जाँदा म निकै भावुक भएको थिए । मेरो मन छोएको थियो । त्यस पश्चात उहाँको ‘नौलो सुरुवात’ सुने । त्यसको साथ साथै उहाँको अरु अडियो नोबल सुन्न थाले । 



खासमा उहाँको ‘मेरो अधुरो प्रेम’ सुनेपछि मलाई आफ्नै प्रेम कहानी लेख्न मन लाग्यो र लेखे पनि । आफ्नै प्रेम कहानी लेख्दा म आफै भावुक भएको थिए । लेख्दै जाँदा सोचे कि मेरो जिन्दगीमा प्रेम नै लेखिएको रहेन रहेछ । मेरो प्रेम अधुरै प्रेम रह्यो । जो व्यक्तिहरुलाई मैले मनदेखि माया गरे, मलाई अन्त्यमा आएर छोडेर गए । मनमा धेरै तनाव हुँदो रहेछ । याद आइरहने । अतितको पाना पटाउनै गर्दा आफूलाई नरमाइलो लागेर आयो । पछि सोचे जिन्दगी त्यस्तै रहेछ भनेर । 



मैले लेखेको कथा ‘मेरो अधुरो प्रेम’ अडियोमा आयो । सुन्नेहरुले राम्रो प्रतिक्रिया आयो । एक प्रकारको खुशी भए । आफूले लेखे मध्ये आफूलाई मन परेको कथा हो । सायद आफ्नै कथा भएर होला । आफूलाई निकै मन परेको थियो । पछि ‘मेरो अधुरो प्रेमको’ अर्को भाग लेख्न मेरा नजिक साथीहरुले अनुरोध गरेका थिए तर मेरो दिमागमा त्यस्तो सोच आएन । समय बित्दै गयो र मलाई यसको अर्को भाग लेख्न मन लाग्यो र लेख्ने तयारीमा छु । 

म अहिलेसम्म अडियो नोबल सुन्छु र कुनै अडियो नोबलले मेरो मन छुएका छन् र मलाई त्यस्तै कथा लेख्न प्रेरित गर्छ । त्यस्ता कथाहरु धेरै छन् र लेख्ने कोसिस गर्दै छु । वास्तवमा भन्ने हो भने, लकडाउनले अरुलाई के दियो थाहा छैन तर मलाई अडियो सुन्ने बानी विकास ग¥यो र लेख्न पनि प्रेरित ग¥यो । 

Comments

Popular Posts