सम्बन्धहरु

मानिसहरुको जिवनकालमा धेरै व्यक्तिहरुसँग भेट वा परिचय हुन्छ । भेट वा परिचय भएको व्यक्तिहरु मध्ये केही व्यक्तिहरुसँग मात्र राम्रो सम्बन्ध हुन्छ र कुनै व्यक्तिहरुलाई आफूभन्दा धेरै माया गरिन्छ र आफूभन्दा प्राथमिकता दिइन्छ । कुनै व्यक्तिहरुसँग राम्रो दोस्ती हुन्छ । कुनै व्यक्तिहरुसँग पढ्दा भेट हुन्छ, कुनै व्यक्तिहरुसँग तालिमहहरुसँग तालिममा भेट हुन्छ त कोही व्यक्तिहरुसँग अनलाइनमा । 

मेरो जिवनमा पनि धेरै व्यक्तिहरुसँग भेट भएको छ र कम व्यक्तिहरुसँग मेरो राम्रो सम्बन्ध र दोस्ती भएको छः त्यो पनि लामो समयसम्मको लागि । विद्यालयमा पढ्दाको साथीहरुसँग अहिलेसम्म कुरा हुन्छ तर कम । प्रायः सब बाहिर छन् । त्यसको साथ साथै कक्षा ११ र १२ को साथीहरुसँग चाँहि त्यति हुँदैन । स्नातक डिग्री पढ्दाको साथीहरु मध्ये तीन जनासँग मात्र कुरा हुन्छ । दुई जना त नेपाल बाहिर छन् र एक जना नेपालमै छन् । तीनै जनासँग कुरा हुन्छ र एक जना भेट भइरहन्छ । कलेजका कुरा गछौ, अतित, वर्तमान र भविष्यका कुराहरु हुन्छन् । रमाइलो लाग्छ । 

मास्टर डिग्री सन् २०११ मा भर्ना गरेको थिए र सबैजना साथीहरु मिल्छौ । पहिला निकै भेट हुन्थ्यो । अहिले पनि हुन्छ तर कम तर जब भेट हुन्छ धेरै रमाइलो गछौ । केही साथीहरुसँग अहिले पनि भेट हुन्छ र धेरै कुराहरु सेयर हुन्छ । आत्मीयता धेरै छ । मास्टर डिग्री पढ्दाको साथी सबै जना नेपालमै छन् र आ–आफ्ना काममा व्यस्त छन् र अनलाइनमा कुरा हुन्छ । 

सन् २०१० को कुरा हो । म एक तािलममा सहभागी भएको थिए । तालिममा एक व्यक्तिसँग भेट भयो । ती केटा साथी मेरा राम्रो साथी भए । सन् २०१० देखि सन् २०१५ सम्म अनलाइनमा कुरा हुन्थ्यो तर पछि कम हुन थालेको थियो तर सन् २०२० को कुरा हो । लकडाउनको समयमा हाम्रो अनलाइनमा कुरा हुन थाल्यो र पछि भेट्न पनि हुन थाल्यो । हामी धेरै मिल्छौ र धेरै कुराहरु सेयर गछौ । अहिले उनी छात्रवृति पाएर बेलायत गएका छन् तर पनि कुराहरु भइरहन्छ । 

सन् २०२१ को कुरा हो । मैले अडियो नोबल एक वाचिकलाई पढाएको थिए र उनीले वाचन पनि गरिन् । पछि हामी फेसबुकमा कुरा हुन थाल्यो र पछि भेट्यौ पनि । उहाँसँग कुरा गर्दै जाँदा र भेट्दै जाँदा हामी दुवै जना मिल्ने साथी भएका छौ । केही दुःख प¥यो वा सल्लाह चाहियो भने उहाँले धेरै सहयोग गर्नु हुन्छ । 

त्यसको साथ साथै म टिकटक भिडियो त्यति बनाउदिन तर अरुहरुको हेर्छु । त्यही क्रममा, मैले एक जनाको भिडियो देखे । सुरुमा त पूर्व राजकुमारी हिमानी शाह लाग्यो । कही कतै अनुहार आउँछ । पछि अरु भिडियोहरु हेर्न थाले । राम्रो अभिनय गर्ने । फिल्मको हिरोइन हुनु पर्ने । मलाई उनीको भिडियोहरु राम्रो लाग्ने र उनीलाई फलो गरे । इन्स्टाग्राममा साथी छौ । उनीसँग मेरो कुरा हुन्छ र कम । उनी टिकटक लाइभ आएको बेला म निकै खुशी लाग्छ । इन्स्टाग्राममा म्यासेजहरु पढाउछु तर उताबाट जवाफ कम आउँछ । हाम्रो भेट भएको छैन । मलाई भेट्न मन छ तर उनीलाई इच्छा छैन जस्तो लाग्छ । अहिले त आशा पनि छैन । वास्तवमा भन्ने हो भने उनीको माया लाग्छ । लाग्छ हामी बीच केही कुराहरु सामान्य छ । कोही व्यक्तिहरुलाई माया गर्न मन लाग्छ, प्राथमिकता दिन मन लाग्छ र उनी ती व्यक्तिहरुमा पर्छिन् । थाहा छ कि उनीले मलाई वास्ता गर्दिनन् र मसँग भेट्न रुचि छैन तर कुनै सम्बन्धको नाम हुँदैन । उनीले वास्ता नगरे पनि मेरो मायामा कमी हुने छैन । उनीको यादमै बस्ने छु । सधैको लागि । 


Comments

Popular Posts