छोरा र छोरीमा समानता हुनु जरुरी छ

छोरा र छोरी जन्मेदेखि नै फरक छुटाइन्छ । छोरा र छोरीहरु जन्मदा खेलाउने कुराहरु बेग्लै हुन्छ । छोराहरुलाई गाडी, बन्दुकहरु आदि दिइन्छ भने छोरीहरुलाई गुडियाहरु दिइन्छ । त्यसको साथ साथै जब छोरीहरु ठूलो हुँदै जान्छिन्, उनीहरुलाई लुगा कस्तो लगाउनु पर्ने भन्ने कुराको विषय हुन्छ र राम्ररी हुनु  पर्ने तर छोराहरुमा त्यस्तो हुँदैन । छोराहरुमा त्यस्तो राम्रो हुनु पर्छ भन्ने कम हुन्छ । 



 


त्यसको साथ साथै, छोरीहरुको लासग किचेनको महत्व सिकाइन्छ । हुन त अहिलेको समयमा छोराहरुले किचेनको काम गर्छन् तर बाध्यता छैन । अर्को तिर हेर्ने हो भने, छोरीहरुले बाहिर र भित्र दुईवटा नै सम्हालेका छन् । छोरीहरुलाई घरबाट निस्कदा घर छिट्टै घर फकियोस् भन्ने आश हुन्छ भने छोराहरुमा त्यो हुँदैन । त्यसको साथ साथै छोराहरुलाई रुन अनुमति छैन । उनीहरुले रोयो भने त्यसको नराम्रो  अर्थ निस्किन्छ । कस्तो छोरी मान्छे जस्तो रोएको भन्ने प्रतिक्रिया आउँछ । 





समाजले छोरा र छोरीहरुको लागि धेरै मापदण्ड राखिदिएको छ । कहिले काही लाग्छ कि यही समाजले गरेर छोरीहरु अझै अगाडि बढेका छैनन् । हुन त अहिले केही हदसम्म छोरीहरु अगाडि बढेका छन् तर जति अगाडि हुनु पर्ने त्यो छैन । अहिले पनि छोरीहरुलाई राम्ररी हुनु नै पर्छ । विवाहको लागि हेर्न गयो भने सुरुमै बाहिरको रुप हेरिन्छ र त्यही अनुहार निर्णय गरिन्छ । त्यस्तो मापदण्ड छोरामा त्यति हुँदैन । विवाह गरिसकेपछि कति छोराहरुले घरको काम गर्छन् ? यति घरको काम गरेमा परिवारहरुले नराम्रो सोच्ने गर्छन् । यति बाहिर काम गर्ने छिन् भने घर छिटो फकियोस् भन्ने आश हुन्छ ।



हुन त अहिले समाज परिवर्तन भइसकेको छ तर अझै हुन बाँकी छ । जति जति समय बित्दै जान्छ त्यति नै परिवर्तन हुने हो तर परिवर्तन हुनको लागि सोचमा परिवर्तन आउनु जरुरी छ । पहिलाको समाजमा भएको कमी कमजोरीलाई सुधारिदै जानु पर्छ । छोरा र छोरीहरु उतिकै हो भन्ने सोच राख्नु जरुरी छ । आफ्नो पालोमा जस्तो कस्तो थियो भन्नेमा होइन तर अब के गर्न सकिन्छ भन्ने सोच्नु जरुरी छ । आफ्नो समयमा अवसरहरु पाइएन भन्दैमा आउने पुस्तालाई त्यस्तो गर्नु जरुरी हुँदैन । आउने समयमा पुरुषहरुले पनि खाना पकाउनु जरुरी छ । आफ्नो घरको काम गर्नु जरुरी छ । यो काम छोरीको हो वा छोराको हो भन्ने परिभाषा र मापदण्ड हटाउनु जरुरी छ । 



Comments

Popular Posts