कहने को हमसफर हैं

 मैले ‘कहने को हमसफर हैं’ सिरियल हेरे । हेरिसकेपछि म भावुक भएको थिए । कथा सम्बन्धको बारेमा थियो । पतिले अर्कोसँग विवाह गरेपछि जिवनमा कस्तो मोडमा आउँछ ? छोरीहरुको नजरमा बुवा कस्तो हुन्छन् ? त्यसको साथ साथै दोस्रो विवाहमा आएको समस्या बारेमा राम्रो प्रस्तुति गरिएको छ । म हेर्दा हेर्दै भावुक भए । त्यसको साथ साथै मेरो जिन्दगीमा धेरै कुराहरु आउन थाले । 





एउटा मान्छेको जिवनमा धेरैसँग सम्बन्ध जोडिछन् । बुवा, आमा, दाजु, भाइ, दिदी, बहिनी, श्रीमान्, श्रीमती आदि । यी सम्बन्धहरु विश्वासले टिकेको हुन्छ । एउटा सानो झूटले सम्बन्धमा कस्तोसँग असर हुन्छ त्यो पर्ने मान्छेलाई थाहा हुन्छ । सम्बन्धमा माया । विश्वासको धेरै जरुरत हुन्छ । त्यसको साथ साथै समयको जरुरत पर्छ । 

जति समय बित्त्तिदै जान्छ आफ्नो अतितको सम्बन्धले कहिले छोड्दैन । याद दिलाई दिन्छ । चाहे त्यो राम्रो होस् वा नहोस् । गल्ती मानिसबाटै हुन्छ तर कुनै गल्ती नबिर्सिन मिल्न न त माफी दिन मिल्छ । सम्बन्धमा त्यस्तै हुन्छ । न त बिर्सिन सक्छौ न त माफी नै । आफूले धेरै माया गरेको मान्छेले धोका दिँदा नरमाइलो लाग्छ । बिर्सेन सक्दैन । समय बित्दै जान्छ तर यादहरु रहिरहन्छ । समय पर्खिएर आए हुन्थ्यो जस्तो लाग्छ र गल्ती सुधार्न पाए हुन्थ्यो जस्तो लाग्छ । सम्बन्ध अचम्मको हुँदो रहेछ । माया भए रङ्गि हुन्छ, विश्वास र सममय भए मजदूत हुन्छ र नभए डुबिन्छ । लाग्छ यो जिन्दगी सम्बन्ध बनाउनको लागि हो । मान्छेहरुको जिन्दगी धेरै चोटि सम्बन्ध बनाउनमा बित्छ ।  

Comments

Popular Posts